सोमपालको कप्तानीमा नेपालले क्यानडाविरुद्धको सिरिज जित्यो

२१ असोज ८१, मंगलबार

२२ असोज , काठमाण्डौ।

एकदिवसीय विश्वकप लिग २ तथा टी २० त्रिदेशीय शृंखलामा अप्रत्यासित नतिजा ब्यहोरेको नेपालले क्यानडामा भ्रमणमा अभ्यास खेलको सिरिज भने कब्जा गरेको छ । लिग २ का लागि क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले क्यानडा एचपीविरूद्धको ३ म्याचको श्रृंखला जितेको छ।

क्यानडा एचपीविरूद्धको ३ म्याचको श्रृंखला नेपालले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा १० रनको जितसँगै श्रृंखला नेपालको पोल्टामा आएको हो । यस श्रृङखलामा नेपालले कप्तान रोहितकुमार पौडेलसहित केही मुख्य खेलाडीलाई विश्राम दिएको छ ।

Advertisement

पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा २० रनले विजयी बनेको थियो । तेस्रो खेल पनि जितेपछि नेपालले श्रृंखला २–१ ले जितेको हो । तेस्रो खेलमा नेपालले ४८.३ ओभरमा सबै विकेट गुमाएर १८७ रनको सामान्य योगफल बनाएको थियोे ।

नेपालका लागि कसशल धुर्तेलले अर्धशतक बनाए । श्रृखलामा नेपाली ब्याट्सम्यानको यो पहिलो अर्धशतक हो । कुशल ५२ रन बनाएर आउट भएका थिए । मध्यक्रममा आरिफ शेखले ४० रन बनाए भने खेलमा कप्तानी गरेका सोमपाल कामी २७ रन जोड्न सफल भए ।

Advertisement

दोस्रो इनिङमा करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि क्यानाडा एचपी १७७ रनमै अलआउट भयो । क्यानडाका लागि अलि नदिमले ५० रनको उत्कृष्ट पारी खेले पनि यो पर्याप्त भएन । यसअघि नेपालले लिग २ र टी २० सिरिज गुमाएको थियो ।

नेपाल समेत सम्मिलित त्रिकोणात्मक टि–२० आई सिरिजको उपाधि घरेलु टोली क्यानडाले जितेको छ । क्यानडा चार खेलमा ६ अंक जोड्दै रहँदै विजेता बनेको हो । उसले नेपाललाई पहिलो खेलमा १४ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो ।

पहिलो खेलमा भने ओमान ८ विकेटले विजयी भएको थियो । नेपाल चार खेलबाट चार अंक सहित दोस्रो स्थानमा रह्यो । टि–२० आई सिरिज अघि भएको लिग टु मा पनि क्यानडाले चार खेलमा शत प्रतिशत नतिजा निकालेको थियो ।

क्यानडा भ्रमणमा कुनै पनि खेलमा नेपालले क्यानडाको राष्ट्रिय टिमलाई भने पराजित गर्न सकेन् । अब नेपाल अमेरिका प्रस्थान गर्नेछ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि टी–२० सिरिज हुने भएको छ।

क्रिकेट युएसएका अनुसार नेपाल र अमेरिकाले टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा टी–२० सिरिज खेल्नेछन् । नेपाल र अमेरिकाबीच १७, १९ र २० अक्टोबर (कात्तिक १, ३ र ४ गते ) टी–२० सिरिज हुन लागेको हो।

त्यसपछि नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच ग्रान्ड प्रिएरीमै आइसिसी विश्वकप लिग–२ अन्तर्गतका खेल हुनेछन्। यसअघि लिग–२ का खेल ह्युस्टनमा हुने भनिए पनि खेल डालासको ग्रान्ड प्रिएरीमा हुन भएको हो।

लिग–२ म नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर (कात्तिक ११ र १७ गते) तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा (कात्तिक १३ र १९ गते) खेल्नेछ । घरेलु मैदानमा चार खेलमा विजयी भएसँगै यहि संस्करणदेखि लिग–२ मा बढुवा भएको क्यानडा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

लिग–२ का तीन सिरिजका १२ खेल खेलेको क्यानडाले ८ खेलमा जित निकालिसकेको छ। अंक तालिकाको शीर्ष टोली बन्दा उसले ८ खेल जित र ४ हार ब्यहोर्दै १६ अंक जोडेको छ। यता नामिबियामा भएको सिरिजका चारै खेल जितेको अमेरिका पनि अंक तालिकाको दोस्रो स्थानमा छ।

अमेरिकाले ८ खेलमा ६ जित निकाल्दै १२ अंक जोडेको छ। अमेरिकासँग समान अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। नामिबिया १२ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा छ।

उसले १२ मध्ये ५ खेलमा जित र ७ खेलमा हार ब्यहोरेको छ। यता स्कटल्यान्ड ७ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थानमा छ भने ओमान ८ खेलबाट ६ अंक बटुल्दै छैटौं स्थानमा छ। नेपाल अंक तालिकाको सातौं स्थानमा छ।

नेपालले ८ खेलमा १ खेल मात्र जित निकालेको छ। १ खेल वर्षाले अवरूद्ध हुँदा नेपालले एक अंक पाएको थियो। नेपालले ३ अंक मात्र जोड्न सकेको छ। नेपाल ६ खेलमा त पराजित भइसकेको छ ।

अंक तालिकाको पुछारमा रहेको युएईको ७ खेलबाट २ अंक छ । नेपालले विश्वकपमा छनोट हुन्का लागि अब अमेरिकामा पनि चमत्कारिक खेल खेल्नु पर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top