दशैंका बेला आईफोन किन्ने? मूल्य थाहा पाउँनुहोस्

२१ असोज ८१, मंगलबार

२२ असोज , काठमाण्डौ ।

के तपाइँ दशैंका अवसरमा आइफोन किन्ने सोचमा हुनुहुन्छ । त्यसो हो भने आज हामीले तपाइँका लागि नेपालमा आइफोनको मूल्यबारे केही जानकारी लिएर आएका छौं । नेपाली बजारमा आइफोन १६ सिरिजका स्मार्टफोनको मूल्य १ लाख ५२ हजार ५ सय रुपैयाँदेखि ३ लाख ८ हजार रुपैयाँ तय गरिएको छ ।

नेपालका लागि एप्पलको आधिकारिक रिसेलर इभो स्टोरका अनुसार आइफोन १६(१२८जीबी)को मूल्य सबैभन्दा कम १ लाख ५२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै २५६ जीबीको १ लाख ७१ हजार र ५१२ जीबीको २ लाख ७ हजार ५ सय रुपैयाँ तय गरिएको छ ।

Advertisement

त्यसैगरी, इभो स्टोरले आइफोन १६ प्लस(१२८जीबी)को १ लाख ७१ हजार रुपैयाँ तोकेको छ । २५६ जीबीको १ लाख ८९ हजार र ५१२ जीबीको २ लाख२६ हजार रुपैयाँ मूल्य तोकिएको छ । यस्तै आइफोन १६ प्रो(१२८ जीबीको दाम १ लाख ९५ हजार तय भएको छ ।

२५६ जीबीको २ लाख १३ हजार ५ सय, ५१२ जीबीको २ लाख ५१ ह्जार ५ सय र १ टीबीको २ लाख ८९ हजार ५ सय रुपैयाँ मूल्य इभो स्टोरले तोकेको छ । आइफोन सिरिजको सबैभन्दा प्रिमियम आइफोन १६ प्रो म्याक्स(२५६जीबी)को मूल्य २ लाख ३२ हजार ५ सय रुपैयाँ तय गरिएको इभो स्टोरले जानकारी दिएको छ ।

Advertisement

यस्तै ५१२ जीबीको २ लाख ७० हजार ५ सय र १ टीबीको ३ लाख ८ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले मूल्य सार्वजनिक गरेपनि नेपाली बजारमा आधिकारिकरुपमा आइफोन १६ सिरिजका फोन किन्न भने अझै केही समय पर्खनुपर्ने हुन्छ ।

नेपालमा आइफोन १६ का कुनै पनि सिरिज खरिदमा थप १ वर्षको एक्सटेन्डेड वारेन्टी पनि पाइनेछ । एक–एक पटक स्क्रिन र पछाडीको ग्लास पनि रिप्लेस्मेन्ट हुने छ । टेक जायन्ट एप्पले भदौ २४ गते मध्यरातमा आइफोन १६ सिरिज लञ्च गरेको थियो ।

यसअघिका आइफोन सिरिजहरु भन्दा अझ बढी अपडेट गरेर आइफोन १६ सार्वजनिक गरिएको दाबी कम्पनीको छ । कम्पनीले आइफोनसहित एयरपड्स ४ र एप्पल वाच १० पनि सार्वजनिक गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top