NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

स्पष्टीकरणको जवाफ कुलमानले सूचनाबाट दिए

बिहिबार अशोज २४ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
ओसामाका छोरालाई देशबाट निकाल्यो फ्रान्सले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ असोज ,काठमाण्डौ ।

 नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उपभोक्ता (उद्योग) हरूलाई यही ८ कात्तिकभित्र विद्युत् महशुल बुझाउन भन्दै सूचना प्रकाशित गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ दिनको समयदिएर १५ बुँदामा स्पष्टीकरण सोधेको एक दिन पछि नै प्राधिकरणले आज सूचना प्रकाशित ४९ उद्योगलाई बक्यौताको पत्र काटेको छ।

ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेलगत्तै प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो । प्रधिकरणले विभिन्न ४९ वटा उद्योगको नाममा प्राधिकरणलाई तिर्न बाँकी रकमसहित सूचना प्रकाशित गरेको हो ।

’डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनमार्फत विद्युत् उपभोग गरेबापत तिर्नुपर्ने २०७१ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता विद्युत् महशुल बुझाउनका लागि वितरण केन्द्रहरूबाट विभिन्न मितिमा पत्राचार भएकै छ,’ प्राधिकरणले प्रकाशित गरेको सूचनामा भनिएको छ, ’सो सम्बन्धमा तपसिलका उपभोक्ताहरूले उल्लिखित अवधिको बक्यौता विद्युत् महसुल मिति २०८१ साल कात्तिक ८ गतेभित्र बुझाउनुहुन जानकारी गराइन्छ ।’

डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महसुलको विषयमा प्राधिकरण र उद्योगीबीच लामो समयदेखि विवादित छ । यसअघि प्राधिकरणले बक्यौता नतिरेको भन्दै ६ उद्योगहरूको बिजुलीको लाइन काटेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लाइन जोड्न निर्देशन दिएसँगै लाइन जोडिएको थियो ।

त्यसबेलादेखि नै प्रधानमन्त्री र कुलमानबीचाको दुरी बढेको छ । त्यसबेला सरकारको निर्देशनअनुसार उद्योगीलाई बक्यौता बुझाउन केही समय दिएको प्राधिकरणले अब ८ कात्तिकभित्र उक्त बक्यौता तिर्न भन्दै सूचना प्रकाशित गरेको हो ।

यता, मंगलबार मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई मंगलबार १५ बुँदे स्पष्टीकरण सोधेका थिए । केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै प्राधिकरण र सरकारबीच टसल परिरहेको छ ।

सोही कारण सरकारले घिसिङलाई प्राधिकरणबाट हटाउने तयारी गरेको छ । प्रधानमन्त्रीको ब्याकअपमा उर्जामन्त्रीले दशैंको छेको पारेर कुलमानलाई स्पष्टीकरण सोधेका हुन । जसको एकदेखि ९ नम्बरसम्ममा कुलमानको पर्फर्मेन्सलाई लिएर प्रश्न गरिएको छ ।

प्राधिकरणको नाफा काल्पनिक देखाइएकोदेखि गुणस्तरीय बिजुली नदिएकोसम्मका कुरा ९ नम्मबरसम्मका स्पष्टीकरणमा उल्लेख छ । १० देखि १५ नम्मबरसम्मको स्पष्टीकरणमा, ट्रान्सफरमर, बिजुलीका तारलगायतका खरिद टेण्डरलाई लिएर प्रश्न उठाइएको छ ।

कुलमानको सचिवालयले भने मन्त्री खड्काले सोधेको स्पष्टीकरणलाई प्राधिकरणभित्र भएका कामका बारेमा जवाफ माग भएको भन्ने हिसाबले बुझ्नुपर्ने बताएको छ । मन्त्री खड्काको सचिवायलयले भने कुलमानको कार्यकालमा थुप्रै नीतिगतदेखि अन्य खालका विचलन देखिएकाले स्पष्टीकरण नै सोधिएको जनाएको छ ।

कुलमानले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउनुपर्ने अडान राख्दै आएका छन् । तर, सरकारले भने उनको यो शैलीलाई मन पराएको छैन । डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगीले तिर्न बाँकी बक्यौतालाई लिएर विवाद छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीस गिरीशचन्द्र लाल अध्यक्ष रहेको जाँचबुझ आयोगले २०७२ माघदेखि २०७५ बैशाखसम्मको महसुल कानून अनुसार लिन सुझाव दिएपछि सरकारले गत वैशाख २७ गते आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

त्यसअघि तत्कालिन उर्जासचिव दिनेश घिमिरेको संयोजकत्वमा गठित समितिले पनि त्यही अवधिको मात्र महसुल लिन दिएको प्रतिवेदन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साउन १९ मा कार्यान्वयन गर्ने निर्णय गरेका थिए ।

प्राधिकरयणले आयोगको प्रतिवेदनलाई टेकेर उद्योगहरुले ६ अर्ब ६० करोड रुपैयाँ तिर्नुपर्ने हिसाब निकालेर त्यसमा २५ प्रतिशत जरिवाना लाग्ने बताउँदै पत्राचार गरेकामा उद्योगीहरुले प्रमाणबिना बिल काटेको भनेर तिर्न अस्वीकार गर्दै आएका छन् ।

राजनीतिक तहले भने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको सबै बक्यौता उठाउनुपर्ने बहस गरेर विवाद चर्काउन भूमिका खेलिरहेको छ । महालेखाको ६१ औं प्रतिवेदनमा डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौता २१ अर्ब ८८ करोड भएको उल्लेख गरेको छ ।

उद्योगीहरूको बक्यौताको विषय संसदको सार्वजनिक लेखा समितिसम्म पुगेको थियो । जसमा खासगरी एमालेका सांसदहरूले घिसिङमाथि प्रश्न उठाउँदै आएका थिए भने माओवादी केन्द्रका सांसदहरूले उनको बचाउ गर्दै प्राधिकरणको बिलअनुसार उद्योगीले बक्यौता तिर्नुपर्ने बताउँदै आएका छन् ।

Tags: #कुलमानले दिए जवाफ#सरकारले  माग्यो स्पष्टीकरण#स्पष्टीकरणको जवाफ

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्पलाई पाकिस्तानको माया, अमेरिकामा विद्यार्थीलाई भिसा दिन फेरि सुरु || Nepal Times

World News: ट्रम्पलाई पाकिस्तानको माया, अमेरिकामा विद्यार्थीलाई भिसा दिन फेरि सुरु || Nepal Times

00:13:09

World News: किमका हजारौं सेना कुस्र्क जाँदै, इरानी परमाणुमा ट्रम्पले सैन्य हस्तक्षेप गर्ने

00:11:46

World News: Israelमा Pakistanले परमाणु ह*म*ला नगर्ने ,खनिजमा Chinaको हात माथि || Nepal Times

00:11:46

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

00:07:05

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

00:12:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.