NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी शनिबार पुस १९ , २०८२
शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन शनिबार पुस १९ , २०८२
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

बुढेसकालमा माधव नेपाललाई अर्काे टेन्सन, श्रीमती भान्सामै घाईते

शुक्रबार अशोज २५ , २०८१
Reading Time: 1 min read
A A
‘एकीकृत समाजवादी अर्को पार्टीमा विलीन हुन लाग्यो भन्ने प्रचार झुटो हो’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ असोज , काठमाण्डौ ।
नेकपा एमालेबाट विभाजनपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवाद)को सम्पन्न १०औं महाधिवेशनसँगै पार्टी फुटको डिलमा पुगेको छ। असन्तुष्ट नेताहरूले पार्टीमा विधिपद्धतिको गम्भीर उल्लंघन भएको दाबी गर्दै केन्द्रीय कमिटीको बैठक माग गरेका छन्।

असन्तुष्ट नेताहरूले केन्द्रीय कमिटीको माग गरेसँगै शीर्ष नेताहरूसमेत आन्तरिक छलफल गर्दै पार्टीलाई फुटबाट जोगाउन लागि परेका छन्। नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपालको नेतृत्वमा पूर्वअध्यक्ष झलनाथ खनालसहितका नेताहरूले २०७८ भदौ २ गते एमाले विभाजन गराएका थिए।

स्थापनाको तीन वर्ष पुग्दा पनि विद्रोहको औचित्य पुष्टि गर्न नसकेको आरोप झेल्दै आएको नेकपा एसका एक सय जनाभन्दा बढी नेताहरूले यथास्थितिमा पार्टीमा नरहने बताएका छन्। नेकपा एसका करिब एक सय नेताले सोमबार अध्यक्ष नेपाललाई भेटेर पार्टीभित्र पद्धति स्थापना नभए ‘असन्तुष्टिको विस्फोट’ हुने चेतावनी दिएका छन्।

उनीहरूले पार्टीको आन्तरिक एकता जोगाउने सम्बन्धमा दुई बुँदे मागसमेत राखेका छन्। दुई पन्ने पत्रमा उल्लेख दुई बुँदामध्ये पहिलो बुँदामा महाधिवेशनको म्याण्डेटविपरीत गरिएका सबै काम कारबाही खारेज गर्न माग गरिएको छ।

त्यस्तै, दोस्रो बुँदामा पार्टीको आन्तरिक एकता जोगाउने सम्बन्धमा गम्भीर समीक्षा र निर्णय लिन केन्द्रीय कमिटीको बैठक तत्काल बोलाउन माग गरिएको छ। नेताहरूले पार्टीको दशौं महाधिवेशन र त्यसयताका घटनाक्रमहरूले गम्भीर खतराको संकेत गरेको पत्रमा उल्लेख गरेका छन्।

‘खासगरी पदाधिकारी र पोलिटब्युरो चुनावपछि पार्टीमा निराशा र विभाजनका गम्भीर खतराहरू देखिएका छन्। महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह र एकता कायम हुनुपर्नेमा त्यसको उल्टो परिदृश्य देखापर्नु ज्यादै दुःखद विषय हो’, अध्यक्षलाई बुझाइएको पत्रमा उल्लेख छ।

पत्र बुझाउनेमा केन्द्रीय नेताहरू डा.विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह लामा, सागर नेपाल लगायतका छन् । उनीहरूले पार्टी पदाधिकारीहरूलाई पनि आफ्ना मागबारे अवगत गराएका छन्। पार्टीको महाधिवेशनपश्चात असन्तुष्ट रहेका नेताहरूले आन्तरिक छलफललाई तीव्रता दिएसँगै पार्टीमा संकट आउनसक्ने त्रास शीर्ष नेताहरूमा रहेको छ।

असन्तुष्ट पक्षले मनोनीत कमिटीमार्फत पदाधिकारी र पोलिटब्युरोको निर्वाचन गराएको, निर्वाचनमा नेतृत्वले चिट बाँडेको भन्दै विद्रोह गर्ने चेतावनीसमेत दिएका छन्। घनश्याम भूसालसहित केन्द्रीय कमिटीमा रहने ९३ जनाको नाम महाधिवेशनको हलले पारित गरेको थियो।

महाधिवेशनले केन्द्रीय कमिटीको आकार २९९ सदस्यीय हुने निर्णय गरेको थियो। यद्यपि, शीर्ष नेताहरूले हाल ३४४ सदस्यीय केन्द्रीय कमिटी गठन गरेका छन्। केन्द्रीय कमिटी गठन नै अवैध भएको, नेतृत्वले आपसी भागबण्डालाई मात्रै प्राथमिकता दिएको र पार्टीभित्र पद्धति बसाल्न नसकिएको भन्दै अधिकांश नेताहरूले पुनः विद्रोहको चेतावनी दिएका छन्।

यसरी चेतावनी दिनेहरूमा केन्द्रीय कमिटीकै करिब एक सयजना छन्। अध्यक्ष नेपालले यसअघि पटक–पटक सार्वजनिक रूपमै आफ्नो पार्टीं फुटाउन षड्यन्त्र भइरहेको बताउँदै आएका थिए। अहिले भने आन्तरिक विवादले नै नेकपा एसमा विभाजनको रेखा कोर्ने सम्भावना बढेको छ।

अध्यक्ष नेपालले असन्तुष्ट नेताहरूको माग सम्बोधन गर्ने र पार्टीभित्रका समस्या समाधान गर्ने सन्दर्भमा आन्तरिक छलफल सुरु गरेका छन्। नेपालनिकट एक नेताका अनुसार कात्तिक २ गते बस्ने केन्द्रीय कमिटी बैठकबाटै समस्या समाधान गर्नेगरी संवाद सुरु भएको छ।

पार्टी विभाजन हुनसक्ने खतरा भएपछि असन्तुष्ट बनेका पार्टीका सांसदप्रति नेतृत्वले निगरानीमा राखिरहेकै बेला पार्टीका पूर्वपदाधिकारी एवं केन्द्रीय सदस्यहरूले नै पार्टी नेतृत्वलाई भेटेर पार्टीलाई फुटबाट जोगाउन आग्रहसमेत गरेका छन्।

पार्टीको विधानको भावनाविपरीत महाधिवेशनमा मनपरी भएको भन्दै त्यसलाई सच्याउन उनीहरूले माग गरेका छन्। एकीकृत समाजवादीका पूर्वपदाधिकारीसमेत रहेका नेताहरू जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत नेताले पार्टी अध्यक्ष नेपाललाई भेटेका छन्।

सयबढी नेताको समर्थनमा उनीहरूले नेपाललाई ध्यानाकर्षणपत्रसमेत बुझाएका छन्। उनीहरूले बुझाएको पत्रानुसार अहिलेको ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी अवैध रहेको दाबी गरिएको छ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार नेकपा (एमाले)बाट विभाजन भएर बनेको दल भएकाले ५ वर्षभित्र पार्टी विभाजन गर्न नसकिने तर्क भए पनि संसद्को अधिवेशन अन्त्य भएकाले सरकारले अध्यादेश ल्याएर एकीकृत समाजवादी फुटाउने सम्भावन रहेको छ।

नेपालसहित सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूसँग असन्तुष्ट सांसद एवं नेताहरूले यसबीचमा प्रधानमन्त्री ओलीसँग भेटेर पार्टी विभाजनका लागि अध्यादेश ल्याइदिन आग्रहसमेत गरिसकेका छन्।

पार्टीभित्र तीव्र असन्तुष्टि बढिरहेका बेला नेकपा एसका अध्यक्ष नेपालकी पत्नी गायत्री नेपाल भने लडेर घाइते भएकी छन् । आज बिहान कोटेश्वरस्थित निवासमा भान्सामा काम गरिरहेको बेला भुइँमा पोखिएको दूधमा चिप्लिएर गायत्री घाइते भएकी हुन् ।

गायत्रीको देब्रे हात भुइँमा ठोक्किएर फ्याक्चर भएको बिहान माधव निवासमै रहेका समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिए । उनलाई तत्काल बीएण्डबी अस्पताल ग्वार्को लगिएको थियो । अस्पतालमा आवश्यक उपचारसँगै गायत्रीलाई घर लगिएको छ ।

Tags: #माधव नेपाल

लोकप्रीय

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२

विचार

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२

थप समाचार

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी
समाचार

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
निर्वाचन

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु
समाज

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन
समाचार

भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन

शनिबार पुस १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२

हालका पोस्टहरू

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.