×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

ह्यारिसको स्वास्थ्य एकदम फिट, ट्रम्पको कस्तो छ ?

२७ आश्विन २०८१

२७ असोज , एजेन्सी ।
अमेरिकामा राष्ट्रपति चुनावको मिति नजिकिदै गर्दा कमला ह्यारिस र डोनाल्ड ट्रम्प यतिबेला चुनावी अभियानका क्रममा ब्यस्त छन् । उनीहरुबीच अहिले कसले बढी मतदातालाई रिझाउने भन्नेमा होड चलेको छ ।

यसका लागि कहिले उनीहरुले आफ्ना मिसन र भिजनबारे कुरा गरिरहेका हुन्छन् भने कहिले एकअर्कामाथि हिलो छ्यापिरहेका देखिन्छन् । यसैक्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेर आफ्ना प्रतिष्पर्धीलाई कडा चुनौती दिएकी छन् ।

Advertisement
Advertisement

अभिलेख अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको स्वास्थ्य अवस्था ‘धेरै राम्रो’ रहेको र उनी राष्ट्रपति पदका लागि पूर्णरुपमा फिट छिन् । कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड जारी गरेपछि, डेमोक्र्याटिक पार्टीले डोनाल्ड ट्रम्पको स्वास्थ्य रेकर्ड जारी नगरेकोमा पारदर्शिताको अभावको आरोप लगाएको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् । ह्यारिसले पनि मेडिकल रेकर्डलाई लिएर ट्रम्पको आलोचना गरिन् । उनले ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति पदका लागि योग्य छन् वा छैनन् भन्ने थाहा नपरोस् भन्ने नचाहेको आरोप लगाइन् ।

यता ट्रम्पको मेडिकल रेकर्ड खुलासा नगरी, उनको टोलीले डाक्टरलाई उद्धृत गर्दै उनी “पूर्ण रूपमा ठीक र उत्कृष्ट स्वास्थ्यमा’ रहेको जवाफ दिएको छ । यसअघि रिपब्लिकन पार्टीले पनि वर्तमान राष्ट्रपति जो बाइडेनको स्वास्थ्यलाई लिएर हमला गर्दै आएको थियो ।

डेमोक्र्याटिक पार्टी भित्र पनि बाइडेनको स्वास्थ्यलाई लिएर विरोधको आवाज सुनिएको थियो । बाइडेनको वर्तमान उमेर ८१ वर्ष र ट्रम्पको उमेर ७८ वर्ष छ । गत जुनमा ट्रम्प र बाइडेनबिचको पहिलो सार्वजनिक बहसपछि अमेरिकी चुनावमा मानसिक स्वास्थ्यको मुद्दा निकै चर्किएको थियो ।

त्यहाँ जो बाइडेनको संज्ञानात्मक परीक्षण (मस्तिष्कको काम गर्ने क्षमता) गर्न माग गरिएको थियो । तर अमेरिकी राष्ट्रपतिले यसलाई अस्विकार गर्दै आफूले दैनिक यो परीक्षण गराउनुपर्ने र चिकित्सकले आफूलाई यसको आवश्यकता नरहेको बताएका थिए ।

अहिले रिपब्लिकन पार्टीले फ्याँकेको सोही पासा ट्रम्पको गलामा आइपरेको हो । ह्यारिसको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरिएपछि उनको चुनावी अभियान समूहका प्रवक्ताले सामाजिक सञ्जालमा लेखेका छनः “अब तपाईँको पालो, डोनल्ड ट्रम्प।” हाल ७८ वर्षमा रहेका ट्रम्पको उमेर र मानसिक स्वास्थ्यलाई लिएर डेमोक्र्याटहरूले निशाना बनाउँदै आएका छन् ।

यसैबीच राष्ट्रिय जनमत सर्वेक्षणहरूले ह्यारिस ट्रम्पभन्दा झिनो मत अन्तरले अगाडि रहेको देखाएका छन् । नयाँ राष्ट्रपति चयनका लागि अमेरिकामा आउँदो महिनामा निर्वाचन हुँदै छ । लगभग २४ करोड अमेरिकी यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन् ।

तर सम्भवतः उनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने छ । औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार ह्यारिस वा रिपब्लिकन ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको विशेषज्ञहरूको विश्वास छ ।

तीमध्ये एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेका हुन सक्छन् ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top