२८ असोज,एजेन्सी ।
गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गरेको छ ।
उक्त आक्रमणमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ ।
इजरायल–प्यालेस्टाइन युद्धमा विस्थापित भएका प्यालेस्टिनीहरूले आश्रय बनाएको विद्यालयमा इजरायलले आक्रमण गरेको हो ।
गाजामा हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले बिहीबार ठूलो गोलाबारी भएको जनाएको छ ।
सिभिल डिफेन्सका प्रवक्ताले अल मुफ्ती विद्यालयमा आक्रमण भएको जनाएको छ ।
त्यहाँ गाजा आसपासका सयौँ विस्थापितहरू बस्दै आएका थिए ।