२९ असोज , काठमाण्डौ।
पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्ड आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेपछि महिला विश्वकपको उपाधि दौडबाट बाहिरिएका छन् । न्युजिल्याण्डलाई पाकिस्तानले पराजित गर्दा भारत समेत सेमिफाइनलमा पुग्ने भएपनि न्युजिल्याण्डको जितसँगै पाकिस्तान र भारत प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ।
न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ११० रन बनाएको थियो । जहाँ पाकिस्तानी टोली ५६ रनमा सीमित भयो । न्युजिल्यान्डका लागि सुजी ब्याट्सले सर्वाधिक रन बनाइन् । उनले २९ बलमा २८ रनको इनिङ खेलिन । ब्रुक ह्यालिडेले २२ रन र जर्जिया प्लिमरले १७ रन जोडे ।
पाकिस्तानकी नर्शरा सन्धुले ३ तथा सदिया इकवाल, निशा दर र ओमिमा सोहिलले समान १ विकेट लिइन् । यस्तै पाकिस्तानका लागि मुनिबा अलीले १५ रन र फातिमा सानाले २१ रन जोडे । यसबाहेक पाकिस्तानका कुनै पनि खेलाडीले दोहोरो अंक पनि पार गर्न सकेनन् ।
न्युजिल्यान्डका लागि अमिला केरले ३ तथा इडन कारसनले २ विकेट लिईन् । पूरै खेल हेर्दा पाकिस्तान सेमिफाइनलमा पुगेनौं भने भारतलाई सेमिफाइनलमा पुग्न दिँदैनौं भन्ने सोचेर आएको देखिएको भारतीयहरुले टिप्पणी गरेका छन् ।
पाकिस्तानका ९ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् भने कप्तान साना फातिमाले मात्रै राम्रो प्रहार गरेकी थिइन् । जहाँ दुई ब्याट्सम्यान रनआउट भएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो घटना विरलै पाइन्छ ।
यति मात्र होइन, यो टोलीले बलिङका क्रममा पनि ८ क्याच छोडेको छ । यि मध्ये आधा पनि समातेको भए न्युजिल्याण्ड ८० रन भन्दा कममा आउट हुने थियो । पाकिस्तानले जित्यो भने पनि भारत सेमिफाइनल पुग्छ भन्ने सबैलाई थाहा थियो ।
हक्की एसियाड यसको पछिल्लो उदाहरण हो, भारतीय टोलीले चीनसँग भिड्दै थियो भने पाकिस्तानको टोली चीनको समर्थनमा चिनियाँ झण्डा बोकेर रंगशालामा पुगेको थियो । समूह एबाट अस्ट्रेलिया र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् ।
सतप्रतिशत जित सहित समूह एबाट समूह विजेताको रुपमा अष्ट्रेलिया सेमिफाइनल पुगिसकेको थियो । न्युजिल्याण्डले ४ मध्य ३ खेलमा जित सहित ६ अंक बटुलेर अन्तिम चारमा स्थान बनायो। भारत, पाकिस्तान र श्रीलंका विश्वकप जित्ने दौडबाट बाहिरिएका छन् ।
अब समूह बी को विजेता र उपविजेता भने मंगलवार हुने वेस्ट इन्डिज र इङ्ग्ल्यान्डबीचको खेल पछि तय हुनेछ ।