साफमा नेपालको तगारो सधैं भारत

३० असोज ८१, बिहीबार

१ कार्तिक , एजेन्सी ।

दक्षिण एसियाली महिला फुटबलको महाकुम्भ महिला साफ च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । जसको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै छन्। यो खेल साढे ५ बजे सुरु हुनेछ । कीर्तिमान पाँचपल्टको च्याम्पियन भारत दक्षिण एसियाली फुटबलमा सधैँ बलियो मानिन्छ।

महिला फुटबलमा पाकिस्तान खासै बलियो छैन। तर, भारतविरुद्ध पाकिस्तानको खेलले सधैँ ध्यान खिच्ने गरेको छ। भारत यो साफमा फिफा वरीयतामा सबभन्दा माथिको टिम हो भने पाकिस्तानले एकपल्ट सेमिफाइनल (साफ २०१०) खेलेको छ।

Advertisement

साफ २०२२ मा भारतविरुद्ध ३–० र बंगलादेशविरुद्ध ६–० ले हारेपछि पाकिस्तानले माल्दिभ्सविरुद्ध इतिहासकै सबभन्दा फराकिलो ७–० को जित हात पारेको थियो। यसपालि पाकिस्तान पाँचपल्टको विजेता भारत र डिफेन्डिङ च्याम्पियन बंगलादेशको रहेको कठिन समूहमा परेको छ।

साफमा भारतलाई टक्कर दिने टिम भनेको चाँही नेपाल नै हो । पुरुष फुटबल होस् वा महिला फुटबल, नेपाल र भारतको प्रतिस्पर्धा सधैँ चर्चाको शिखरमा हुने गरेको छ। यी दुईको प्रतिस्पर्धामा नतिजामात्रै होइन, गोल र प्रदर्शनले पनि ठूलै प्रभाव पार्ने छ।

Advertisement

दक्षिण एसियाली महिला फुटबलमा भारतको प्रभुत्व रहेको छ र उसलाई पछ्याउने, उछिन्ने प्रयास नेपालले गरिरहेको छ। साफ महिला च्याम्पियनसिपको उपाधि लगातार पाँचपल्ट भारतले जित्दा चारपल्टको फाइनल नेपालले खेलेको थियो।

त्यसैले महिला फुटबलमा पनि नेपाल र भारतको प्रतिस्पर्धा आकर्षक बन्ने गरेको छ। बंगलादेशमा भएको पहिलो संस्करणमा भारतले नेपाललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो भने श्रीलंकामा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३–१ गोलले हरायो ।

पाकिस्तानमा भएको तेस्रो संस्करणको उपाधि भिडन्तमा नेपालले भारतसँग ६–० गोलको लज्जास्पद हार बेहोरेको थियो । चौथो संस्करण भारतमा भएको थियो, जहाँ नेपाल सेमिफाइनलसम्म पनि पुग्न पाएन ।

त्यसबेला घरेलु टोलीले बंगलादेशलाई ३–१ गोलले हराउँदै उपाधि घरमै राख्यो । पाँचौं संस्करणयता महिला साफ नेपालमै हुँदै आइरहेको छ । सन् २०१९ मा भएको पाँचौं संस्करणमा आयोजक नेपाललाई ३–१ गोलले हराउँदै भारतले उपाधि छिन्यो ।

अघिल्लो संस्करणमा भने घरेलु टिम नेपाल बंगलादेशसँग ३–१ गोलले नै हा¥यो । अब, यसपालि भने नेपालले उपाधि घरमै राख्ने योजना बनाएको छ । तर, अघिल्ला नतिजाहरूलाई आधार मानेर हेर्दा नेपालको उपाधि जित्ने योजना तब सार्थक हुनेछ, जब उसले भारतलाई हराउने छ ।

च्याम्पियनसिपअघि बुधबार आयोजित प्रि–म्याच कन्फेरेन्समा आयोजक नेपालका प्रशिक्षक राजेन्द्र तामाङले साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आफ्नो टोली मैदान उत्रिने बताए । हरेक पटक फाइनलमा पराजित भएको तितो क्षणलाई यस पटक बिर्साउने योजनामा रहेको उनको भनाइ छ ।

टोलीमा अनुभवी खेलाडी भएकोले हरेक खेल जितका लागि खेल्ने उनको दाबी छ । विगतमा राम्रो खेलेपनि रक्षापंक्तिको कमजोरीले उपाधि चुकाएको स्मरण गर्दै तामाङले यस पटक पहिलाको गल्ती नदोहो¥याउने प्रतिबद्धता पनि जनाए ।

नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बाले घरेलु मैदानमा उपाधि चुम्न सबैले मिहेनत गरेर खेल्ने बताइन् । हरेक संस्करणमा राम्रो खेलेर पनि फाइनलमा चुकेको स्मरण गर्दै यस पटक विगतलाई भुलेर सबै खेलमा ध्यान दिने उनको भनाइ छ ।

नेपालले शुक्रबार भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । भुटानसँगको खेलमा नेपाली टोलीकी प्रभावशाली स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ को अनुपस्थिति नेपाली टोलीलाई खड्किनेछ ।

फ्रान्सको एन एभेन्ट गेङगाम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी साम्बालाई क्लबले फुकुवा गर्न नमानेपछि पहिलो खेल गुमाउनु परेको हो । यद्यपि उनी दोस्रो खेलपछि टोलीमा आबद्ध हुने प्रशिक्षक तामाङले बताए ।

कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलङ्का रहेका छन् । प्रतियोगिताको अनुमानित बजेट चार करोड ६० हजार आठ सय रुपैयाँ रहेको छ।

नेपालमा लगातार तेस्रोपटक महिला साफ च्याम्पियनसिपको आयोजना हुँदै छ । यसअघि सन् २०१९ र २०२२ मा नेपालमै साफ आयोजना भएको थियो । सन् २०१० देखि प्रत्येक दुई–दुई वर्षमा साफ च्याम्पियनसिप हुँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top