×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कानूनी राज्यमा ‘जनकारवाही’, कहाँ छ सरकार ?

१ कार्तिक २०८१

१ कार्तिक ,काठमाण्डौ ।

मोहन वैद्य किरण समूहबाट फुटेर हालै गठित धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमतले) दाङका एक मिटरब्याजीमाथि ‘जनकारवाही’ गरेको छ । मिटरब्याजमा पैसा लगाएर लुटधन्दा चलाएको र सयौं जनताको जीवन बर्बाद पारेको आरोप लगाउँदै घोराही–१४ का दुर्गाप्रसाद पन्थलाई कानून हातमा लिदै सो समूहले कालोमोसो दलेको छ।

उक्त घटनापछि विज्ञप्ति जारी गर्दै नेकपा बहुमतले पटक–पटक सल्लाह, सुझाव र चेतावनी दिँदासमेत अटेर गरेका पन्थले मिटरब्याजमा पैसा लगाएर लुटधन्दा चलाउन नछोडेपछि बाध्य भएर प्रतिरोध गर्नुपरेको बताएको छ ।

‘हामीले यो जनविरोधी व्यवस्थाको आडमा जनतामाथि शोषण गर्ने हरेक पात्र, प्रवृत्ति, संस्था र संगठनका विरुद्ध सशक्त प्रतिरोध र प्रतिवाद गर्दै जनसंघर्षको अभियान अगाडि बढाउने सन्दर्भमा पटकपटक सल्लाह, सुझाव र चेतावनी दिँदासमेत अटेर गरि जनतालाई मिटरब्याजमा पैसा लगाएर लुट धन्दा चलाएर सयौं जनताको जीवन बर्बाद पारिदिने सुदखोर तथा मिटरब्याजी दुर्गा प्रसाद पन्थलाई जनकारबाही गर्न हाम्रो पार्टी बाध्य भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

पन्थलाई १० दिनभित्र छिनुवा पास, दृष्टि बन्धक वा चेक तथा तमसुक गरि कब्जामा लिएको घर जग्गा निशर्त फिर्ता गर्न पनि सो समूहले निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरणको कानुनी दायरामा लिन राज्यको ध्यानाकर्षण गराउँदै अन्यथा अर्को चरणको निर्मम कार्वाही गर्न बाध्य हुने चेतावनी दिएको छ ।

दाङको घोराही– १४ का स्थायी बासिन्दा पन्थ गुल्मीमा जन्मिएका हुन् । शुरुमा न्यू पन्थ इन्टरप्राजेजको नाममा घोराही–१० मा प्लास्टिकका भाँडाकुडाको व्यापार गर्ने उनी २०७१ देखि भने उनी कुनै पनि पेशा व्यवसायमा छैनन् ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुरका अनुसार स्थायी लेखा नम्बर ३००२२३२७७÷३३७ भएको सो इन्टरप्राइजेजले राज्यलाइ तिर्नुपर्ने कर तिरेको छैन । नेकपा बहुमतले भनेको छ, शक्तिकेन्द्र र सत्तासिन पार्टीको राम्रै ‘आशिर्वाद’ पाएका भनिएका उनी दाङ जिल्लाकै चर्चित मीटरब्याजी हुन् ।

तीन सयभन्दा बढी जग्गाधनी पुर्जा आफ्नै नाममा भएका र निवासमै कार्यालय राखेर मीटरब्याजको धन्दा गर्ने उनले अरबौंको सम्पत्ति जोडेका छन् । बिना पेशा–व्यवसाय उनले दाङदेखि काठमाडौँसम्म दसौँ ठाउँमा घर–घडेरी जोडेको नेकपा बहुमतको दाबी छ ।

ऋणको साँवा–व्याज बुझाउने दिन शनिबार परे वा अन्य कारणले भनेको समय ऋणीले फिर्ता गर्न नसके व्याजको स्याज जोड्दै दोब्बर–तेब्बर असुल्ने गरेको पन्थमाथि आरोप छ । बहुमतका अनुसार अरबौँको सम्पत्तिका मालिक उनी हुण्डाई कम्पनीको क्रेटा गाडी चढ्ने गर्छन् ।

महंगा रक्सी बोकेर रातिराति नेता र प्रहरीका हाकिमको घर धाउने गरेको आरोप लागेका पन्थ राजनीतिक रुपमा पनि सक्रिय छन् । कालोमोसो दलेपछि नेकपा बहुमतले सार्वजनिक गरेको विज्ञप्तिमा पन्थले अवैध सम्बन्ध गाँसेको तथा जुवातासमा समेत मस्त रहने गरेको दाबी गरिएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top