NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
AllWins Casino Game Reviews: Your Guide to Winning Big मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र मङ्लबार पुस ८ , २०८२
Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains ! मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

आज नेपाल भर्सेस भुटान, भारतसँग पाकिस्तान पराजित

शुक्रबार कार्तिक २ , २०८१
Reading Time: 1 min read
A A
आज नेपाल भर्सेस भुटान, भारतसँग पाकिस्तान पराजित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ कार्तिक , काठमाण्डौ ।

दक्षिण एसियाली महिला फुटबलको महाकुम्भ महिला साफ च्याम्पियनसिपमा आज घरेलु टोली नेपालले आफ्नो पहिलो खेल खेल्दै छ ।आठौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपालले भुटानसँग खेल्न आँटेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामासाँझ ५ः३० बजेबाट सुरु हुने खेलमा समूह ‘बी’ मा रहेका नेपाल र भुटानले खेल्न लागेका हुन् । साविक उपविजेता नेपाल र भुटान भिड्नुअघि दिउँसो १ः३० बजे श्रीलंका र माल्दिभ्सले खेल्ने छन् ।

फुटबलको सर्वोच्च निकाय फिफाको वरीयता हेर्दा नेपाल ९८औं स्थानमा छ भने भुटान १७३औं स्थानमा छ । दक्षिण एसियाली राष्ट्रको वरीयताअनुसार नेपाल दोस्रो र भुटान पुछारमा छ । साफकै पनि विगतको प्रदर्शन नियाल्दा सन् २०२२ मा भुटानले सेमिफाइनल यात्रा तय गर्नुबाहेक अरू उपलब्धि हासिल गर्न सकेको छैन ।

नेपालले भने विगत पाँच संस्करणमा फाइनल पुगेर उपविजेतामा चित्त बुझाएको छ । सन् २०१० देखि सुरु भएको महिला साफमा नेपाल सन् २०१६ को चौथो संस्करण बाहेक सबैमा फाइनल पुगेको थियो ।

बंगलादेशमा भएको पहिलो संस्करणमा भारतले नेपाललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो भने श्रीलंकामा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३–१ गोलले हरायो । पाकिस्तानमा भएको तेस्रो संस्करणको उपाधि भिडन्तमा नेपालले भारतसँग ६–० गोलको लज्जास्पद हार बेहोरेको थियो ।

चौथो संस्करण भारतमा भएको थियो, जहाँ नेपाल सेमिफाइनलसम्म पनि पुग्न पाएन । त्यसबेला घरेलु टोलीले बंगलादेशलाई ३–१ गोलले हराउँदै उपाधि घरमै राख्यो । पाँचौं संस्करणयता महिला साफ नेपालमै हुँदै आइरहेको छ ।

सन् २०१९ मा भएको पाँचौं संस्करणमा आयोजक नेपाललाई ३–१ गोलले हराउँदै भारतले उपाधि छिन्यो ।अघिल्लो संस्करणमा भने घरेलु टिम नेपाल बंगलादेशसँग ३–१ गोलले नै हा¥यो । अब, यसपालि भने नेपाल उपाधि घरमै राख्ने लक्ष्यमा छ ।

तथापि, नेपालले भुटानसँगको खेलदेखि नै सचेत हुनु जरुरी छ । नेपाली महिला टोलीले भुटानविरुद्ध कहिल्यै हार बेहोर्न परेको छैन । हुन त भुटानसँग नेपालको भेट हुने भनेकै साफमा मात्रै हो। अहिलेसम्म यो टोलीसँग भिड्दा नेपालले चार खेलमा २३ गोल गरेको छ ।

तर, भुटानले भने एक गोल पनि फर्काउन सकेको छैन ।यस्तोमा भुटान नेपालका लागि सहज प्रतिद्वन्द्वी हुन सक्छ । तथापि, घरेलु टोली नेपालले पनि राम्रो तयारी गर्न पाएको छैन । अझ नेपालले दशरथ रंगशालामा अभ्यास गरेको भनेको एकदिन मात्रै हो ।

मुख्यप्रशिक्षक राजेन्द्र तामाङ पनि भुटानलाई कमजोरी टोली भने आँक्दैनन् । विगत र अहिलेको भुटानमा धेरै फरक रहेको उनी औंल्याउँछन् । भुटानले ग्रास्ट रुटदेखि नै महिला फुटबललाई विशेष प्रथामिकतामा राखेको छ ।

उसले राष्ट्रिय टोलीको बेन्च स्ट्रोङ बनाउन यु–१४ देखि नै लिग गरिरहेको छ ।त्यसैले भुटान यसपल्ट युवा टोली लिएर काठमाडौं आइपुगेको छ । तर, नेपाली टोलीमा भने उहीँ पुराना खेलाडी छन् ।

थपिएको भनेको एकमात्रै नयाँ खेलाडी हुन सजनी थोकर । पहिलो चरणमा १८ नयाँ खेलाडी बोलाएपनि समय कम हुँदा पुरानैलाई प्राथमिकता दिन परेको तामाङ बताउँछन् । अझ, भुटानसँगको खेलमा नेपाली टोलीकी प्रभावशाली स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ को अनुपस्थिति नेपाली टोलीलाई खड्किनेछ ।

फ्रान्सको एन एभेन्ट गेङगाम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी साम्बालाई क्लबले फुकुवा गर्न नमानेपछि पहिलो खेल गुमाउनु परेको हो ।यद्यपि, उनी दोस्रो खेलपछि टोलीमा आबद्ध हुनेमा मुख्यप्रशिक्षकतामाङ विश्वस्त छन् ।

यसैबीच हिजोको उद्घाटन खेलमा भने पाँचपल्टको विजेता भारतले विजयी सुरुआत गरेको छ। त्रिपुरेश्ववरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा पाकिस्तानलाई ५–२ ले पराजित गर्दै भारतले सुखद सुरुआत गरेको हो।

जितसँगै समूह ए मा रहेको भारतले तीन अंक जोडेको छ। योसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ। यो समूहमा भारत र पाकिस्तानबाहेक बंगलादेश पनि छ।

Tags: #आज नेपाल भर्सेस भुटान#दक्षिण एसियाली महिला फुटबल#भारतसँग पाकिस्तान पराजित#भुटान भर्सेस नेपाल#महिला साफ च्याम्पियनसिप

लोकप्रीय

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२

विचार

थप समाचार

Casino

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
articles_allwins casino_2025-12-23

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग
खेलकुद

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र
ताजा समाचार

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

मङ्लबार पुस ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.