×

NEPAL TIMES UPDATES

Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026

आज नेपाल भर्सेस भुटान, भारतसँग पाकिस्तान पराजित

२ कार्तिक २०८१

२ कार्तिक , काठमाण्डौ ।

दक्षिण एसियाली महिला फुटबलको महाकुम्भ महिला साफ च्याम्पियनसिपमा आज घरेलु टोली नेपालले आफ्नो पहिलो खेल खेल्दै छ ।आठौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपालले भुटानसँग खेल्न आँटेको हो ।

Advertisement
Advertisement

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामासाँझ ५ः३० बजेबाट सुरु हुने खेलमा समूह ‘बी’ मा रहेका नेपाल र भुटानले खेल्न लागेका हुन् । साविक उपविजेता नेपाल र भुटान भिड्नुअघि दिउँसो १ः३० बजे श्रीलंका र माल्दिभ्सले खेल्ने छन् ।

फुटबलको सर्वोच्च निकाय फिफाको वरीयता हेर्दा नेपाल ९८औं स्थानमा छ भने भुटान १७३औं स्थानमा छ । दक्षिण एसियाली राष्ट्रको वरीयताअनुसार नेपाल दोस्रो र भुटान पुछारमा छ । साफकै पनि विगतको प्रदर्शन नियाल्दा सन् २०२२ मा भुटानले सेमिफाइनल यात्रा तय गर्नुबाहेक अरू उपलब्धि हासिल गर्न सकेको छैन ।

नेपालले भने विगत पाँच संस्करणमा फाइनल पुगेर उपविजेतामा चित्त बुझाएको छ । सन् २०१० देखि सुरु भएको महिला साफमा नेपाल सन् २०१६ को चौथो संस्करण बाहेक सबैमा फाइनल पुगेको थियो ।

बंगलादेशमा भएको पहिलो संस्करणमा भारतले नेपाललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो भने श्रीलंकामा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३–१ गोलले हरायो । पाकिस्तानमा भएको तेस्रो संस्करणको उपाधि भिडन्तमा नेपालले भारतसँग ६–० गोलको लज्जास्पद हार बेहोरेको थियो ।

चौथो संस्करण भारतमा भएको थियो, जहाँ नेपाल सेमिफाइनलसम्म पनि पुग्न पाएन । त्यसबेला घरेलु टोलीले बंगलादेशलाई ३–१ गोलले हराउँदै उपाधि घरमै राख्यो । पाँचौं संस्करणयता महिला साफ नेपालमै हुँदै आइरहेको छ ।

सन् २०१९ मा भएको पाँचौं संस्करणमा आयोजक नेपाललाई ३–१ गोलले हराउँदै भारतले उपाधि छिन्यो ।अघिल्लो संस्करणमा भने घरेलु टिम नेपाल बंगलादेशसँग ३–१ गोलले नै हा¥यो । अब, यसपालि भने नेपाल उपाधि घरमै राख्ने लक्ष्यमा छ ।

तथापि, नेपालले भुटानसँगको खेलदेखि नै सचेत हुनु जरुरी छ । नेपाली महिला टोलीले भुटानविरुद्ध कहिल्यै हार बेहोर्न परेको छैन । हुन त भुटानसँग नेपालको भेट हुने भनेकै साफमा मात्रै हो। अहिलेसम्म यो टोलीसँग भिड्दा नेपालले चार खेलमा २३ गोल गरेको छ ।

तर, भुटानले भने एक गोल पनि फर्काउन सकेको छैन ।यस्तोमा भुटान नेपालका लागि सहज प्रतिद्वन्द्वी हुन सक्छ । तथापि, घरेलु टोली नेपालले पनि राम्रो तयारी गर्न पाएको छैन । अझ नेपालले दशरथ रंगशालामा अभ्यास गरेको भनेको एकदिन मात्रै हो ।

मुख्यप्रशिक्षक राजेन्द्र तामाङ पनि भुटानलाई कमजोरी टोली भने आँक्दैनन् । विगत र अहिलेको भुटानमा धेरै फरक रहेको उनी औंल्याउँछन् । भुटानले ग्रास्ट रुटदेखि नै महिला फुटबललाई विशेष प्रथामिकतामा राखेको छ ।

उसले राष्ट्रिय टोलीको बेन्च स्ट्रोङ बनाउन यु–१४ देखि नै लिग गरिरहेको छ ।त्यसैले भुटान यसपल्ट युवा टोली लिएर काठमाडौं आइपुगेको छ । तर, नेपाली टोलीमा भने उहीँ पुराना खेलाडी छन् ।

थपिएको भनेको एकमात्रै नयाँ खेलाडी हुन सजनी थोकर । पहिलो चरणमा १८ नयाँ खेलाडी बोलाएपनि समय कम हुँदा पुरानैलाई प्राथमिकता दिन परेको तामाङ बताउँछन् । अझ, भुटानसँगको खेलमा नेपाली टोलीकी प्रभावशाली स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ को अनुपस्थिति नेपाली टोलीलाई खड्किनेछ ।

फ्रान्सको एन एभेन्ट गेङगाम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी साम्बालाई क्लबले फुकुवा गर्न नमानेपछि पहिलो खेल गुमाउनु परेको हो ।यद्यपि, उनी दोस्रो खेलपछि टोलीमा आबद्ध हुनेमा मुख्यप्रशिक्षकतामाङ विश्वस्त छन् ।

यसैबीच हिजोको उद्घाटन खेलमा भने पाँचपल्टको विजेता भारतले विजयी सुरुआत गरेको छ। त्रिपुरेश्ववरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा पाकिस्तानलाई ५–२ ले पराजित गर्दै भारतले सुखद सुरुआत गरेको हो।

Advertisement

जितसँगै समूह ए मा रहेको भारतले तीन अंक जोडेको छ। योसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ। यो समूहमा भारत र पाकिस्तानबाहेक बंगलादेश पनि छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top