NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

‘१२ गाउँ’मा के छ ? कथा के छ ? कसको भूमिका के छ ?

शुक्रबार कार्तिक २ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
‘१२ गाउँ’मा के छ ? कथा के छ ? कसको भूमिका के छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ कार्तिक ,काठमाण्डौ।

विराज भट्टको बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ’ ले पहिलोसाता आक्रामक व्यापार गर्दै दोस्रो सातामा हाउसफुल प्रर्दशन भइरहेको छ । प्रर्दशनको नवौं दिनसम्म पनि चलचित्र हाउसफुल चलिरहेको यसका वितरक गोविन्द शाहीले बताएका छन् । विराज भट्टका छोरा समीर भट्टको डेब्यु फिल्मले एकसातामा १० करोड ५ लाख कमाइ गरेको छ ।

शाहीले फिल्मले एकसातामा १० करोडको व्यापार गरेको बताएका छन् । फिल्मलाई दर्शकहरुले निकै मन पराएका छन्। एकसातामा फिल्मले १० करोड ५ लाख ग्रस कलेक्सन गरिसकेको छ उनले भनेका छन् । उनले ‘छक्का पञ्जा ५’ भन्दा बढी शो पाइरहेको समेत बताएका छन् ।

हिट फ्रेन्चाइज भएकाले सुरुवातीमा ‘छक्का पञ्जा ५’ ले बढी शो पाएको थियो। यस फिल्मले २२१ शो पाउँदा ‘१२ गाउँ’ ले १३५ र ‘ज्वाइँ साब’ ले ९४ शो पाएका थिए। जसले ‘छक्का पञ्जा ५’ इनिसियल व्यापार बढी भयो। तर, दशैँ बिदा सकिएसँगै ‘छक्का पञ्जा ५’ लाई शोमा ‘१२ गाउँ’ ले उछिनेको छ।

मल्टिप्लेक्ससहित सिगंल थिएटरमा ‘छक्का पञ्जा ५’ को भन्दा ‘१२ गाउँ’ बढी शो देखिन्छ। बुधबारदेखि देशभरका हलमा बढी शो देखिन्छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएक्सले पनि ‘१२ गाउँ’ लाई बढी शो उपलब्ध गराएको छ।

अकुपेन्सी बढेकै कारण हलहरुले शो थपेको बुझ्न सकिन्छ। ‘छक्का पञ्जा ५’ निर्माण टिमले भने छ दिनसम्म फिल्मले १० करोड बढी कमाएको जानकारी दिएको थियो। बिस्तारै पिकअप लिइरहेको जितु नेपालको मुख्य भूमिका रहेको ‘ज्वाइँ साब’ को बक्सअफिस रिपोर्ट सार्वजनिक गरिएको छैन।

विराजकै निर्देशनमा बनेको यस फिल्मबाट समीरसहित दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्। फिल्ममा विराजसहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, शुलेमान शंकर (इकु) लगायतको अभिनय छ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ। पछिल्लो समय नेपाली फिल्ममा हराएको एक्सन जनरालाई ब्यूँताउने प्रयास गर्दै विराज भट्टले छोरा समीर भट्टलाई डेब्यु गराउँदै ‘१२ गाउँ’ फिल्मको निर्माण र निर्देशन गरेका छन् ।

व्यापारिक दृष्टिकोणबाट फिल्म ’१२ गाउँ’ सुपरहिट भइसकेको छ । फिल्मको कथामा भने नयाँपन नभएको समीक्षा गरिएको छ । तर एक्सनको सवालमा नेपाली फिल्ममा भइरहेको प्रयोग बदलिएको देखिन्छ ।

फिल्ममा विराजले लामो समय काम गरेको भोजपुरी फिल्म र साउथका फिल्मको एक्सनको झल्को पाइन्छ । आपराधिक गतिविधि सञ्चालन गर्न एक पात्रले नियन्त्रणमा लिएको १२ वटा गाउँ अनि त्यसको साम्राज्य भत्काउन प्रवेश गर्ने पात्रबीचको द्वन्द्व नै यो फिल्मको मूल कथा हो।

१२ वटा गाउँमा गजेन्द्र (मुरलिधर) नामक एक निर्दयी व्यक्तिको शासन हुन्छ। गजेन्द्रको अनुमतिबिना त्यो गाउँमा न कोही प्रवेश गर्न सक्छ न त बाहिरिन नै। उसको अनुमतिबिना बच्चा जन्मन पनि पाउँदैन। त्याहा गाँजादेखि अफिमसम्म उत्पादन र मानव तस्करी समेत हुने गर्दछ ।

अर्जुन (बिराज भट्ट) र अजय (समीर भट्ट) गाउँमा फर्किएपछि कथाले नयाँ बाटो लिन्छ । यी दुई पात्रहरू गजेन्द्रको अत्याचारको अन्त्य गर्न गाउँमा प्रवेश गर्छन्। फिल्मको मुख्य कथा यी दुई पात्रले कसरी गजेन्द्रको साम्राज्यलाई ध्वस्त पार्छन् भन्ने कुरामा नै केन्द्रित छ।

चलचित्रबाट समीर भट्टले सम्भावना भएका कलाकारको छवि बनाउन सफल भएका छन्। उनका लागि पटक पटक दर्शक ताली बजाउन बाध्य हुन्छन् । उनको एक्सन र शारीरिक फिटनेशले प्रशंसा बटुलेको छ ।

चलचित्रमा विराज भट्टले पनि एक्सनलाई नै प्राथमिकता दिएका छन् । चलचित्रका भिलेन मुरलिधर भोजपुरी फिल्मको भिलेनबाट प्रभावित देखिन्छन् । चलचित्रका नायिकाहरु न्यान्सी खड्का र सनिशा भट्टराईलाई सहयोगी पात्रको रूपमा नै प्रस्तुत गर्न खोजिएको छ भने दिया मास्केको चरित्रलाई अर्थपूर्ण बनाइएको छ ।

चलचित्रका सहायक पात्रका रुपमा रहेका कनिज कोइरालाले छोटो समय भएपनि आफ्नो क्षमता देखाउन सकेका छन् भने सुलेमान शंकरले हसाउने प्रयास गरेका छन् । फिल्मले लागूऔषधको व्यापार र नेपाली चेलीहरूको बेचबिखन जस्तो गम्भीर विषय उठाउने प्रयास गरेको छ।

Tags: # ‘१२ गाउँ’#बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ’#विराज भट्ट

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गजल: देशको पीडा

गजल: देशको पीडा

शुक्रबार अशोज ९ , २०७७
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

आइतवार बैशाख २८ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.