×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

‘१२ गाउँ’मा के छ ? कथा के छ ? कसको भूमिका के छ ?

२ कार्तिक २०८१

२ कार्तिक ,काठमाण्डौ।

विराज भट्टको बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ’ ले पहिलोसाता आक्रामक व्यापार गर्दै दोस्रो सातामा हाउसफुल प्रर्दशन भइरहेको छ । प्रर्दशनको नवौं दिनसम्म पनि चलचित्र हाउसफुल चलिरहेको यसका वितरक गोविन्द शाहीले बताएका छन् । विराज भट्टका छोरा समीर भट्टको डेब्यु फिल्मले एकसातामा १० करोड ५ लाख कमाइ गरेको छ ।

Advertisement
Advertisement

शाहीले फिल्मले एकसातामा १० करोडको व्यापार गरेको बताएका छन् । फिल्मलाई दर्शकहरुले निकै मन पराएका छन्। एकसातामा फिल्मले १० करोड ५ लाख ग्रस कलेक्सन गरिसकेको छ उनले भनेका छन् । उनले ‘छक्का पञ्जा ५’ भन्दा बढी शो पाइरहेको समेत बताएका छन् ।

हिट फ्रेन्चाइज भएकाले सुरुवातीमा ‘छक्का पञ्जा ५’ ले बढी शो पाएको थियो। यस फिल्मले २२१ शो पाउँदा ‘१२ गाउँ’ ले १३५ र ‘ज्वाइँ साब’ ले ९४ शो पाएका थिए। जसले ‘छक्का पञ्जा ५’ इनिसियल व्यापार बढी भयो। तर, दशैँ बिदा सकिएसँगै ‘छक्का पञ्जा ५’ लाई शोमा ‘१२ गाउँ’ ले उछिनेको छ।

मल्टिप्लेक्ससहित सिगंल थिएटरमा ‘छक्का पञ्जा ५’ को भन्दा ‘१२ गाउँ’ बढी शो देखिन्छ। बुधबारदेखि देशभरका हलमा बढी शो देखिन्छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएक्सले पनि ‘१२ गाउँ’ लाई बढी शो उपलब्ध गराएको छ।

अकुपेन्सी बढेकै कारण हलहरुले शो थपेको बुझ्न सकिन्छ। ‘छक्का पञ्जा ५’ निर्माण टिमले भने छ दिनसम्म फिल्मले १० करोड बढी कमाएको जानकारी दिएको थियो। बिस्तारै पिकअप लिइरहेको जितु नेपालको मुख्य भूमिका रहेको ‘ज्वाइँ साब’ को बक्सअफिस रिपोर्ट सार्वजनिक गरिएको छैन।

विराजकै निर्देशनमा बनेको यस फिल्मबाट समीरसहित दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्। फिल्ममा विराजसहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, शुलेमान शंकर (इकु) लगायतको अभिनय छ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ। पछिल्लो समय नेपाली फिल्ममा हराएको एक्सन जनरालाई ब्यूँताउने प्रयास गर्दै विराज भट्टले छोरा समीर भट्टलाई डेब्यु गराउँदै ‘१२ गाउँ’ फिल्मको निर्माण र निर्देशन गरेका छन् ।

व्यापारिक दृष्टिकोणबाट फिल्म ’१२ गाउँ’ सुपरहिट भइसकेको छ । फिल्मको कथामा भने नयाँपन नभएको समीक्षा गरिएको छ । तर एक्सनको सवालमा नेपाली फिल्ममा भइरहेको प्रयोग बदलिएको देखिन्छ ।

फिल्ममा विराजले लामो समय काम गरेको भोजपुरी फिल्म र साउथका फिल्मको एक्सनको झल्को पाइन्छ । आपराधिक गतिविधि सञ्चालन गर्न एक पात्रले नियन्त्रणमा लिएको १२ वटा गाउँ अनि त्यसको साम्राज्य भत्काउन प्रवेश गर्ने पात्रबीचको द्वन्द्व नै यो फिल्मको मूल कथा हो।

१२ वटा गाउँमा गजेन्द्र (मुरलिधर) नामक एक निर्दयी व्यक्तिको शासन हुन्छ। गजेन्द्रको अनुमतिबिना त्यो गाउँमा न कोही प्रवेश गर्न सक्छ न त बाहिरिन नै। उसको अनुमतिबिना बच्चा जन्मन पनि पाउँदैन। त्याहा गाँजादेखि अफिमसम्म उत्पादन र मानव तस्करी समेत हुने गर्दछ ।

अर्जुन (बिराज भट्ट) र अजय (समीर भट्ट) गाउँमा फर्किएपछि कथाले नयाँ बाटो लिन्छ । यी दुई पात्रहरू गजेन्द्रको अत्याचारको अन्त्य गर्न गाउँमा प्रवेश गर्छन्। फिल्मको मुख्य कथा यी दुई पात्रले कसरी गजेन्द्रको साम्राज्यलाई ध्वस्त पार्छन् भन्ने कुरामा नै केन्द्रित छ।

चलचित्रबाट समीर भट्टले सम्भावना भएका कलाकारको छवि बनाउन सफल भएका छन्। उनका लागि पटक पटक दर्शक ताली बजाउन बाध्य हुन्छन् । उनको एक्सन र शारीरिक फिटनेशले प्रशंसा बटुलेको छ ।

चलचित्रमा विराज भट्टले पनि एक्सनलाई नै प्राथमिकता दिएका छन् । चलचित्रका भिलेन मुरलिधर भोजपुरी फिल्मको भिलेनबाट प्रभावित देखिन्छन् । चलचित्रका नायिकाहरु न्यान्सी खड्का र सनिशा भट्टराईलाई सहयोगी पात्रको रूपमा नै प्रस्तुत गर्न खोजिएको छ भने दिया मास्केको चरित्रलाई अर्थपूर्ण बनाइएको छ ।

चलचित्रका सहायक पात्रका रुपमा रहेका कनिज कोइरालाले छोटो समय भएपनि आफ्नो क्षमता देखाउन सकेका छन् भने सुलेमान शंकरले हसाउने प्रयास गरेका छन् । फिल्मले लागूऔषधको व्यापार र नेपाली चेलीहरूको बेचबिखन जस्तो गम्भीर विषय उठाउने प्रयास गरेको छ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top