२ कार्तिक , एजेन्सी ।
रुसविरुद्ध युक्रेनको बढ्दो निराशाजनक लडाइँलाई बलियो बनाउन सहयोगीहरूसँग वार्ता गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन जर्मनीको भ्रमणमा निस्किएका छन् ।
बाइडेनले मध्यपूर्वमा बढ्दो सङ्कटबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।
बर्लिनको २४ घन्टे छोटो भ्रमणमा बाइडेनले जर्मन चान्सलर ओलाफ सोल्ससँग भेट गर्नेछन ।
त्यसपछि उनीहरू दुवैजना फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग वार्ता गर्नेछन् ।