NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी! बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास बुधबार असार १८ , २०८२
कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो बुधबार असार १८ , २०८२
के रुपन्देही ३ मा सागर ढकाल रास्वपाका उम्मेदवार  हुन् ? बुधबार असार १८ , २०८२
आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

रवि पक्राउ पर्दा धनराज गुरुङ र ऋषिकेश पोखरेल कसरी जोगिए ?

आइतवार कार्तिक ४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
बयान दिन संसदीय छानबिन समितिमा पुगे रवि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

४ कार्तिक , काठमाण्डौ।

सहकारीको वचत रकम अपचलनमा सम्लग्न भएको आरोपसहित संगठित अपराधको मुद्दा लगाउदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी पक्राउ गरेपछि सहकारीकै ठगी प्रकरणमा जोडिएका भनिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्नुपर्ने आवाज उठेको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका हुन् ।

पार्टी सम्बद्ध पत्रकारको संस्था प्रेस सेन्टरले रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा पुनले त्यस्तै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने, तर गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताएका छन् ।

उनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए । राज्यका निकायले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो ।

‘रवि लामिछानेलाई जस्तै आरोप कांग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस् । रवि लामिछानेमाथि जे गरिएको छ, धनराजलाई पनि त्यही होस् ।

प्रधानमन्त्रीको पार्टीका सांसद पोखरेलजीमाथि १८ करोड हिनामिना गरेको आरोप छ । उहाँहरु सत्तापक्षमा भएकाले छानबिन गर्नु नपर्ने, त्यस्तै आरोप लागेका रवि लामिछाने प्रतिपक्षी दलको सभापति भएकाले पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो भने त्यो प्रतिशोध हुन्छ ।’

उनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् । ‘कोही ठूलो, कोही सानो, कोही नजिक, कोही टाढा, कोही सत्ता पक्षको, कोही प्रतिपक्षको वा कोही सर्वसाधारण भएका आधारमा राज्यले फरक व्यवहार गर्न मिल्दैन’, उनले भने, ‘जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक रुपमा उठेका प्रश्नको नेताहरुले ढिलोचाँडो दिनैपर्छ।’

जतिसुकै बलशाली मानिस भए पनि लोकतन्त्रमा प्रश्न र कानूनभन्दा माथि कोही हुन नसक्ने उनको भनाइ थियो । उनले रास्वपा सभापति लामिछनेलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । लामिछाने सांसद हुनुअघि पक्राउ परेर थुनिएको र दल खोलेर सांसद निर्वाचित भएपछि नागरिकता प्रकरणमा अदालतले बर्खास्त गरेको भन्दै दोस्रोपटक समेत भारी मतले विजयी भएको नबिर्सन उनले औंल्याए ।

‘कसैलाई आरोप लगाउँदैमा अपराधी करार गर्न पाइँदैन । उसले आफ्नो कुरा भन्न पाउँछ । अनुशन्धान र छानबिनबाट जे कुरा पुष्टि हुन्छ, त्यो स्थापित हुन्छ, त्यो समाजले मान्नुपर्छ । कुनै मान्छेमाथि अनुसन्धान गर्दैमा अपराधी भइहाल्ने, कुनै मान्छेलाई छुनै नहुने भन्ने दुवै अतिवादी सोच हुन्’, पुनले भने, रवि लामिछानेजी पहिला पनि गिरफ्तार हुनुभएको हो ।

त्यसपछि पार्टी खोलेर भारी मतले चुनाव जित्नुभयो । फेरि नागरिकता प्रकरणमा सांसद पद गयो । फेरि दोस्रो पटक चुनावमा जाँदा भारी मतले जित्नुभयो । जनताले उहाँलाई अनुमोदन गरेर पठाए । त्यसैले रविजीले अनुशन्धानाई सहयोग गर्नुपर्छ ।’

ललितपुरस्थित मितेरी सहकारीको झन्डै १५ करोड हिनामिना प्रकरणमा प्रत्यक्ष जोडिएका सत्तारूढ कांग्रेसका उपसभापति धनराज गुरुङ राजनीतिक पहुँचले जोगिँदै आएका छन् । सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पनि उनलाई दोषी ठहर गर्दै कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो ।

तर, अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गरेको छैन । कांग्रेसकै गृहमन्त्री भएकाले राज्यसंयन्त्र उल्टै धनराजको संरक्षणमा लागेको छ । सहकारीको रकम हिनामिनाको अपराधबाट जोगिन धनराजले पत्नी ज्योति गुरुङसँग ‘कागजी सम्बन्धविच्छेद’ गरेर अर्को अपराध पनि गरेका थिए । जुन पुष्टि भइसकेको छ ।

२९ फागुन ०७६ मै सम्बन्धविच्छेद गरेको सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै आएका उनले ३ फागुन ०७७ मा मितेरी सहकारीबाटै थप १२ लाख ऋण लिएका थिए, जसमा ज्योतिलाई ‘हकवाला’का रूपमा श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाएका छन् ।

संसदीय छानबिन समितिसँगको बयानमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि उनीहरूको सम्बन्धविच्छेद ‘नाम मात्रको’ भएको बताएका छन् । धनराज र उनकी पत्नी ज्योतिसहित पाँचजनाले करिब १४ करोड ८१ लाख हिनामिना गरेको भन्दै सहकारीले बागमती प्रदेश सहकारी रजिस्ट्रार र प्रहरीमा पनि उजुरी दिएको थियो ।

तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले धनराजको नाम काटेर प्रहरीमा सिफारिस गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङको भनाइ छ । यो संस्थाको २०७० सालसम्मको विवरणमा ज्योति गुरुङ कोषाध्यक्ष तथा वरिष्ठ लेखा अधिकृत रहेको देखिन्छ ।

ज्योति गुरुङ धनराजकी पत्नी हुन् । उनले निकालेको करिब १५ करोड रुपैयाँमा धनराज व्यक्तिगत जमानी बसेको पाइएको छ । त्यस्तै, एमाले सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख हिनामिना प्रकरणमा प्रत्यक्ष मुछिएकी छिन् ।

सरकारकै दबाबमा उनलाई पनि उन्मुक्ति दिने गरी फाइल अगाडि बढाइएको छ । कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले अञ्जलाको नाम काटेर प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको छ, जब कि उनी ६ वर्ष सहकारीको सञ्चालक थिइन् ।

त्यस अवधिसहितको १० वर्षका कागजपत्र नै सहकारीबाट गायब पारिएका छन् । १८ करोड ५१ लाख कुल पुँजी रहेकोे यो सहकारीमा ऋणी र सञ्चालक सदस्यको जग्गाको कागजपत्र धितो राखेर सञ्चालकहरूले विभिन्न व्यावसायिक बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेका छन् ।

सहकारीले बचतकर्ताको दुई करोड तीन लाख ५४ हजार पनि फिर्ता गर्न बाँकी छ । बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि करिब डेढ वर्षदेखि सहकारीमा ताला लगाइएको छ । सहकारीमा करिब पाँच हजार सेयर सदस्य रहेका छन् ।

रवि पक्राउ परेपछि रास्वपाले समेत धनराज र ऋषिकेशलाई तत्काल पक्राउ गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारीहरुलाई आज बुझाइएको ५ बुँदे ज्ञापनपत्रको बुँदा नम्बर ३ मा वास्तविक सहकारी ठग धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई सहकारी ठगीमा हदैसम्मको कारबाही गरी सहकारी पीडितको रकम तुरुन्त फिर्ता गरियोस भनिएको छ ।

प्रहरी हिरासतमा रहेका रविले भने केपी शर्मा ओली नेतृत्वको सरकार रहेसम्म जनताले दुःख पाइरहने भन्दै सरकार ढाल्न घरघरबाट बाहिर निस्किएर लाग्न आह्वान गरेका छन् ।

Tags: # धनराज–ऋषिकेश रेड जोनमा#रवि पक्राउ#सहकारीको वचत रकम अपचलन

लोकप्रीय

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

बुधबार असार १८ , २०८२
थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर

कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो

बुधबार असार १८ , २०८२

विचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

बुधबार असार १८ , २०८२
थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर

कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो

बुधबार असार १८ , २०८२

थप समाचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?
ताजा समाचार

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास
ताजा समाचार

मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

बुधबार असार १८ , २०८२
थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर
ताजा समाचार

कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो

बुधबार असार १८ , २०८२
स्वतन्त्र उम्मेदवार  सागर ढकाललाई अवरोध गरेको डडेल्धुरा प्रशासनको भनाई
ताजा समाचार

के रुपन्देही ३ मा सागर ढकाल रास्वपाका उम्मेदवार  हुन् ?

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

बुधबार असार १८ , २०८२
थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर

कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.