×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘गोल मेसिन’ साम्बा आज मैदान उत्रिने

५ कार्तिक २०८१

५ कार्तिक , काठमाण्डौ ।

महिला साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपल्ट भुटानसँग अंक बाँडेको नेपालले सोमबार (आज) माल्दिभ्ससँग खेल्दै छ । समूह चरणको दोस्रो खेलअन्तर्गत नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माल्दिभ्ससँग खेल्न आँटेको हो ।

Advertisement
Advertisement

समूह ‘बी’ बाट सेमिफाइनल पुग्नका लागि नेपाललाई माल्दिभ्स र श्रीलंकासँगका खेल निकै महत्त्वपूर्ण हुने छ । भुटानसँगको खेलमा घाइते भएकी डिफेन्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले अब पूरा प्रतियोगिता खेल्न नसक्ने भएका छन् ।

एसिएल चोटका कारण करिब नौ महिना मैदानबाहिर रहनुपर्ने भएका उनीहरू आइतबारको प्रशिक्षणमा पनि उपस्थित हुन सकेनन्, जसबाट टिम निराश छ । तर, ‘गोल मेसिन’ का नामले परिचित फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’स्वदेश फर्किएकी छन् ।

फ्रान्समा रहेर व्यवसायिक फुटबल खेलिरहेकी साम्बाको आगमनले टिमले केही राहत महसुस गरेको छ । साम्बाले चाहेमा उनलाई माल्दिभ्ससँगको खेलबाटै मैदान प्रवेश गराउने तयारी मुख्य प्रशिक्षक राजेन्द्र तामाङको छ ।

तामाङले १२ घण्टाको विश्रामपछि सावित्राले चाहेको अवस्थामा खेल्न सक्ने पनि बताएका छन् । इएन अभान्ट गुईग्याम्पबाट फ्रान्स शीर्ष श्रेणीको महिला लिग फुटबल खेलिरहेकी साम्बाले भने क्लब ड्युटीका कारण साफमा नेपाल र भुटानबीचको पहिलो खेल गुमाएकी थिइन् ।

जुन, खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।पहिलो खेलमा भुटान विरुद्ध नेपाल फिनिसिङमा चुक्दा साम्बाको अभाव देखिएको थियो । यसअघिका चार भेटमा नेपाल भुटानविरुद्ध एकपक्ष रूपमा हाबी रहँदै आएको थियो ।

नेपालले साफका चार भेटमा भुटानको पोस्टमा २३ गोल गरेको थियो । जसमा सावित्रा एक्लैले ९ गोल गरेकी थिइन् । त्यसैले पनि नेपाली टोलीले भुटानविरुद्ध सावित्राको अभाव महसुस गरेको थियो । नेपाल र माल्दिभ्सबीचको खेल साँझा ५ः३० बजेबाट सुरु हुनेछ ।

त्यसअघि दिउँसो १ः३० बजे श्रीलंका र भुटानले खेल्ने छ । समूह ‘बी’ मा तीन अंकसहित शीर्ष स्थानमा रहेको श्रीलंका दोस्रो जितको खोजीमा हुने छ । यसअघि उसले माल्दिभ्सलाई १–० गोलले हराएको थियो । नेपालसँग बराबरी खेल्न सफल भुटान भने पहिलो जितको खोजीमा छ ।

भुटान एक अंकसहित तालिकाको दोस्रो स्थानमा छ । साफ महिला च्याम्पियनसिपमा नेपाल भारतपछिको दोस्रो सफल टिम हो । नेपालले चार पटक फाइनल खेल खेलेको भए पनि उपाधि भने जित्न सकेको छैन ।

फिफा वरीयतामा नेपाल ९८औं स्थानमा छ भने माल्दिभ्स १६१ औं स्थानमा छ । माल्दिभ्सले महिला साफअन्तर्गत सन् २०१६ मा सेमिफाइनल पुग्नुभन्दा बढी केही उपलब्धि हासिल गर्न सकेको छैन ।

बंगलादेशमा भएको पहिलो संस्करणमा भारतले नेपाललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो भने श्रीलंकामा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३–१ गोलले हराएको थियो । पाकिस्तानमा भएको तेस्रो संस्करणको उपाधि भिडन्तमा नेपालले भारतसँग ६–० गोलको लज्जास्पद हार बेहोरेको थियो ।

चौथो संस्करण भारतमा भएको थियो, जहाँ नेपाल सेमिफाइनलसम्म पनि पुग्न पाएन । त्यसबेला घरेलु टोलीले बंगलादेशलाई ३–१ गोलले हराउँदै उपाधि घरमै राख्यो । पाँचौं संस्करणयता महिला साफ नेपालमै हुँदै आइरहेको छ ।

सन् २०१९ मा भएको पाँचौं संस्करणमा आयोजक नेपाललाई ३–१ गोलले हराउँदै भारतले उपाधि छिन्यो । अघिल्लो संस्करणमा भने घरेलु टिम नेपाल बंगलादेशसँग ३–१ गोलले नै हा¥यो । अब, यसपालि भने नेपालले उपाधि घरमै राख्ने योजना बनाएको छ ।

कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् ।

प्रतियोगिताको अनुमानित बजेट चार करोड ६० हजार आठ सय रुपैयाँ रहेको छ। नेपालमा लगातार तेस्रोपटक महिला साफ च्याम्पियनसिपको आयोजना हुँदै छ । यसअघि सन् २०१९ र २०२२ मा नेपालमै साफ आयोजना भएको थियो । सन् २०१० देखि प्रत्येक दुई–दुई वर्षमा साफ च्याम्पियनसिप हुँदै आएको छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top