गाजामा थप ८७ को मृत्यु

५ कार्तिक , एजेन्सी ।

Advertisement

उत्तरी गाजाको बेट लाहियामा इजरायलले गरेको पछिल्लो हवाई हमलामा ८७ जनाको मृत्यु भएको भएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार आक्रमणमा अन्य ४० भन्दा बढी घाइते भएका छन् ।

धेरै मानिस भग्नावशेष मुनि पुरिएको आंशका छ । इजरायलले हताहतको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ । मध्य पूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्र विशेष संयोजक टोर वेन्सल्याण्डले गाजामा कुनै पनि ठाउँ सुरक्षित नभएको बताएका छन् ।

Advertisement

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टोबर ७ देखि गाजामा इजरायली हमलाका कारण ४२ हजार ६०३ जनाको मृत्यु भएको छ भने ९९ हजार ७९५ जना घाइते भएका छन। इजरायले दक्षिणपूर्वी लेबनानमा पनि आक्रमणलाई तीव्र पारेको छ ।

इजरायली आक्रमणबाट शेबा शहरको बाहिरी भागमा रहेको पानी परियोजना ध्वस्त भएको छ । इजरायली युद्धक विमानले ’अल–मघारा’ पानी परियोजनाको मुख्य निकासमा मिसाइल प्रहार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top