NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी शुक्रबार मंसिर १९ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ? शुक्रबार मंसिर १९ , २०८२
‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

प्रचण्ड र रविको मिसन सरकारः ओली बारे क्लियर

सोमवार कार्तिक ५ , २०८१
Reading Time: 1 min read
A A
रविले प्रधानमन्त्रीलाई किन भेटे ?सरकारलाई समर्थन के हुन्छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ कार्तिक , काठमाण्डौ।
सहकारीको वचत रकम अपचलनको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री ओलीलाई सर्वाधिक भ्रष्टचारीको संज्ञा दिँदै सरकारविरुद्ध खबरदारी गर्न घरघरबाट बाहिर निस्कन अपिल गरेको एक दिन नवित्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको बताएका छन् ।

सोमबार जुम्ला आएका प्रचण्डले पत्रकार भेटघाटका क्रममा यस्तो बताएका हुन् । उनले व्यवसायी मीनबहादुर गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) लाई जग्गा दिएको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन् ।

“तपाईंहरूले देख्नुभएकै छ, मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबरजस्ती व्यक्तिको नाममा लाने भनेर कारबाही ग¥यो, जसविरुद्ध अदालतमा मुद्दा चलाइएको छ । त्यस्ताबाट दानको नाममा प्रधानमन्त्री स्वयम्ले जमिन लिने भएपछि प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको छ,” उनले भने ।

LS Auto

प्रचण्डले ‘हनीमून पिरियड’ सकिएपछि सरकारको विरोध सुरु हुने बताए । “हनीमून पिरियडसम्म विरोधका कार्यक्रम गरेका छैनौँ । मैले संसद्मा खबरदारी वक्तव्य दिएको मात्रै हो, १०० दिन पुगेपछि विरोध सुरु हुन्छ,” उनले भने, “मैले भनेकै थिएँ– यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारीलाई प्रोमोट गर्न बनेको हो । त्यो देखियो ।”

उनले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि वर्तमान सरकार बनेको दोहो¥याए । “भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरूलाई गिरफ्तार गर्न थालिएपछि बूढानीलकण्ठ र बालकोटमा ठूलै भूकम्प गयो । यसपछि यो अस्वाभाविक सरकार बन्यो,” उनले भनेका छन् ।

आइतबार मात्रै रविले कास्की अदालत परिसरमा संचारकर्मीहरुको कुराकानीमा भनेका छन् , “देशको सबैभन्दा ठूलो भ्रष्टाचारी प्रधानमन्त्री ओली नै हुन्। उनको शासनकालमा भ्रष्टाचारको जालो गहिरो र फराकिलो भएको छ।”

उनी थप्दै भन्छन्, “जनताको धनको दुरुपयोग र राज्यकोषको चरम दुरुपयोग ओली नेतृत्वको सरकारले गरेको छ। देशको विकास होइन, आफैंको व्यक्तिगत लाभमा मात्रै उनीहरू लागेका छन्।”

लामिछानेले सरकारलाई पारदर्शिता र जवाफदेहिता देखाउन आग्रह गर्दै न्यायिक प्रणालीलाई आफूविरुद्ध भएको राजनीतिक षड्यन्त्रको भाग बनाउन खोजिएको आरोप पनि लगाएका छन् । उनले सरकारबिरुद्ध सबै जना देशभरबाट आन्दोलनमा उत्रिन आह्वान गरेका छन् ।

केपी ओलीको सरकार रहेसम्म देशले धेरै दुःख पाउने उनले बताएका छन् । ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भइरहने पनि रविले बताएका छन् । उनले भनेका छन् , ‘मलाई न्याय अदालतले दिनेछ, म त्यसमा निर्धक्क छु । तर यो सरकारकोबिरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु । मेरो लागि होइन । अदालतले मलाई न्याय दिन्छ । न्यायालयप्रति धेरै नै विश्वास छ । तर केपी ओलीको सरकार रही रहने हो भने यो देशले धेरै दुःख पाउँछ । त्यसैले यो अधिनायकवादी सरकारकाबिरुद्ध यही बेलामा देशैभरबाट जो जो जहाँ जहाँ हुनुहुन्छ, मेरो लागि होइन देशका लागि बाहिर निस्किनुपर्ने बेला आउन सक्छ । यो सरकार रहुन्जेलसम्म यस्तै हर्कत गरिरहन्छ, झुटो मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ ।’

Tags: # प्रचण्ड र रविको मिसन#प्रचण्ड र रवि एक ठाउँमा

लोकप्रीय

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२

विचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२

थप समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा
अन्तर्राष्ट्रिय

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी
अन्तर्राष्ट्रिय

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?
ताजा समाचार

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.