गोलमा पनि रोनाल्डो भन्दा मेसी अघि बढे

५ कात्तिक ८१, मंगलबार

६ कार्तिक ,  एजेन्सी ।

विश्व फुटबलमा सर्वाधिक गोलकर्ता हुन्, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो । आगामी फेब्रुअरीबाट उमेरले ४० पुग्न लागेका रोनाल्डोले उत्कृष्ट प्रदर्शनबाट आलोचकलाई जबाफ दिइरहेका छन् । अहिले साउदी अरेबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका उत्कृष्ट लयका साथ खेल्दै आफूलाई अब्बल साबित गर्नमा कुनै कसर बाँकी राखेका छैनन् ।

सन् २००३ मा पोर्चुगलबाट डेब्यु गरेका रोनाल्डोले हालसम्म देश र क्लबका लागि जम्मा एक हजार २४५ खेलमा ९०७ गोल गरेका छन् । आफ्ना प्रतिद्वन्द्वी मानिने लियोनल मेसीलाई उनले ५८ गोलले उछिनेका छन् । अर्जेन्टिनी स्ट्राइकर मेसीले एक हजार ७८ खेलमा ८४९ गोल गरेका छन् ।

तर, पेनाल्टीबाहेकका गोलमा भने ३७ वर्षीय मेसीले आफूभन्दा दुई वर्ष जेठा रोनाल्डोलाई उछिनेका छन् । पेनाल्टीबाहेक मेसीले ७४० गोल गरेका छन् भने रोनाल्डोले ७३९ गोल गरेका छन् । क्लबका लागि पेनाल्टीबाहेकका गोल जोड्दा मेसी २६ गोलले अगाडि छन् ।

बार्सिलोना, पिएसजी र इन्टर मियामीबाट मेसीले पेनाल्टीबाहेकका ६५२ गोल गरेका छन् । युरोपका पाँच शीर्ष डिभिजन लिगमध्ये तीन वटामा अनुभव संगालेका रोनाल्डोले पेनाल्टीबाहेक ६२६ गोल गरेका छन् ।

तथापि, अन्तर्राष्ट्रिय खेलमा भने पेनाल्टीबाहेकका गोलमा विश्वकप विजेता मेसीभन्दा रोनाल्डो नै अगाडि छन् । रोनाल्डोले पोर्चुगलका लागि पेनाल्टीबाहेक ११३ गोल गरेका छन् भने मेसीले अर्जेन्टिनाका लागि पेनाल्टीबाहेक ८८ गोल गरेका छन् ।

रोनाल्डोभन्दा एक वर्षपछि अर्जेन्टिनाका लागि डेब्यु गरेका मेसीले राष्ट्रका लागि १८९ खेलमा ११२ गोल गरेका छन् । मेसीले अर्जेन्टिनालाई एक पटक विश्वविजेता बनाएका छन् भने दुई पटक कोपा अमेरिकाको उपाधि दिलाएका छन् ।

रोनाल्डोले भने पोर्चुललाई एक–एक वटा नेसन्स लिग र युरो कपको उपाधि दिलाएका छन् ।  पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले २१६ खेलमा १३३ गोल गरेका छन् । पछिल्लो दुई दशकयता विश्व फुटबलमा राज गरिरहेका दुवै जना आ–आफ्नो राष्ट्रका सर्वाधिक गोलकर्तासमेत हुन् ।

सर्वाधिक धेरै आठ पटकका बालोन डी‘ओर विजेता मेसीले अहिलेसम्म १४० पटक पेनाल्टी प्रहार गर्दा १०९ गोल गरेका छन् । मेसीका ३१ पेनाल्टी भने ‘मिस’ भएका छन् । रोनाल्डोले भने १९८ पटक पेनाल्टी हान्दा १६८ गोल गरेका छन् ।

पेनाल्टी ‘मिस’ गर्ने विषयमा रोनाल्डो अलि पछि नै छन् । रोनाल्डो हालसम्म प्रहार गरेका ३० वटा पेनाल्टी असफल बनेका छन् । फ्रिकिकबाटै गोल गर्ने मामलामा पनि मेसी नै अगाडि छन् । मेसीले जम्मा ६६ पटक फ्रिकिकबाट सीधै गोल गरेका छन् भने रोनाल्डोले ६४ गोल फ्रिकिकबाटै गरेका छन् ।

ह्याट्रिक गोल गर्ने सिलसिलामा भने रोनाल्डो अगाडि छन् । हालसम्म रोनाल्डोले ६६ पटक ह्याट्रिक गर्दा मेसीले ५९ पटक ह्याट्रिक गोल गरेका छन् । तथापि, अन्तर्राष्ट्रिय खेलमा भने उनीहरूले बराबरी १०–१० पटक ह्याट्रिक गोल गरेका छन् ।

उपाधि संख्याको कुरा गर्ने हो भने मेसी सर्वाधिक धेरै ४६ वटा ट्रफी जित्ने खेलाडी हुन् । जबकि, रोनाल्डोसँग ३४ वटा ट्रफी छन् । फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक हेर्दा रोनाल्डो सर्वाधिक धेरै कमाउने खेलाडी हुन् ।

खेलाडीले क्लबसँग गरेको सम्झौताअनुसार पाउने तलब, बोनस, इमेज राइट्स, स्पोन्सरलगायतबाट जोडेर वार्षिक आम्दानी गणना गर्दा रोनाल्डोले यस वर्ष कुल २८५ मिलियन अमेरिकी डलर आम्दानी गरेका हुन् ।

जबकि, मेसी सर्वाधिक धेरै कमाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । मेसीको कमाइ १३५ मिलियन डलर छ । मेसीको मैदानभित्रको कमाइ ६० मिलियन डलर छ भने स्पोन्सरबाट ७५ मिलियन डलर कमाउँछन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top