NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

डेभिड बेकह्यामको सपना थिए मेसी

बिहिबार कार्तिक ८ , २०८१
Reading Time: 2 mins read
A A
Advertisement
डेभिड बेकह्यामको सपना थिए मेसी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ कार्तिक ,एजेन्सी ।

जतिबेला विश्व चर्चित फुटबलर लियोनल मेसी युरोपियन लिगमा सक्रिय भएर लागिपरेका थिए, त्यसबेला डेभिड बेकह्यामले उनलाई आफ्नो क्लब इन्टर मियामीमा भित्र्याउने सपना बुनेका थिए ।

सन् २०१४ मा फुटबल करिअर समाप्त गरेका बेकह्याम मियामीमा व्यवस्थापकीय रूपमा प्रवेश गरेका थिए ।अमेरिकामा फुटबलको क्रेज बढाउन चर्चित खेलाडीको आवश्यकता पर्ने उनलाई राम्रोसँग थाहा थियो ।

Advertisement

बेकह्यामले सुरुदेखि नै मेसी र क्रिस्टियानो रोनाल्डोलाई एकैसाथ अनुबन्ध गर्न योजना बनाएका थिए ।बेकह्यामको योजना मेसीलाई मेजर सकर लिगमा भित्र्याउँदै अमेरिकामा फुटबलको क्रेज विस्तार गर्ने थियो ।

मेसी भने स्पेनिस क्लब बार्सिलोनामा रमाइरहेका थिए । बार्सिलोनापछि उनी फ्रान्सेली क्लब पिएसजी हानिए । आफ्ना पूर्वसहकर्मी नेयमार जुनियर र विश्वकप विजेता किलियन एम्बाप्पेका साथमा फ्रेन्च लिग खेलिरहेका मेसीले युरोपबाहिरको क्लबबाट खेल्छन् भन्ने कसैले सोचेका पनि थिएनन् ।

पिएसजीबाट खेलिरहँदा उनलाई साउदी अरेबियन प्रो लिगअन्तर्गत अल हिलालले विश्व कीर्तिमान रकम प्रस्ताव नपठाएको होइन । साउदी क्लबमा जाँदा मेसी यति मालामाल हुन्थे कि उनलाई सर्वाधिक कमाइ गर्ने खेलाडीमा कसैले पनि भेट्टाउन सक्दैनथे ।

तर, मेसी करोडौँ मिलियन डलरको पछि लागेनन् । उनले आँखा चिम्लिँदै मियामीसँग सम्बन्ध गाँसे । मेसी भित्र्याउने बेकह्यामको घोषणाप्रति खिल्ली उडाउने आलोचकहरू धेरै थिए । तर, मेसीलाई मियामीमा ल्याउने सपना बेकह्यामले दुई वर्षअघि पूरा गरे ।

जुन बेला मियामी आउने स्वयम् मेसीले घोषणा गरेका थिए, सबैभन्दा धेरै खुसी बेकह्याम नै भए । बेकह्यामले जीवनकै महत्वपूर्ण सपनामध्ये एक पूरा हुँदा निःशब्द नै भएको बताएका थिए ।

मेसी मियामीमा आउनुअघि नै रोनाल्डो साउदीकै अल नासरमा पुगेका कारण, बेकह्यामको सपना पूरा हुन पाएको थिएन । तर, मेसी अनुबन्ध गरेपछि बेकह्याम गद्गद् भएका थिए, मेसीको आगमनपछि मेजर सकर लिगको माहोल नै परिवर्तन भएको छ ।

कुनै समय खाली रंगशालामा मेसीको एक नजर र खेल हेर्न दर्शकको उपस्थिति अस्वाभाविक रूपमा भरिभराउ हुँदै गएका छन् । यो केवल मेसीकै कारण सम्भव भएको बेकह्याम मान्छन् ।

उपाधिविहीन मियामीलाई मेसीले आफ्नो पहिलो सिजनमै सफलता दिलाए । यस वर्ष मियामी लिग जित्ने अभियानमा अग्रसर देखिएको छ । मेजर सकर लिगको इतिहासमा कुनै पनि टोलीले बटुल्न नसकेको अंक मियामीले हात पारेको छ ।

लिगमा अझै खेल बाँकी छन् । मियामी सर्वाधिक ७४ अंकका साथ शीर्ष स्थानमा छ । यस्तै, किसिमको प्रदर्शन मियामीले जारी राख्दा अन्य टोलीले भेटाउन मुस्किल पर्छ । मियामीको यो सफलतामा लुइस सुआरेज, सर्जियो वुस्केट तथा जोडी अल्वाको भूमिको त्यत्तिकै छ ।

यी सबै खेलाडीसँग मेसीले बार्सिलोनामा रहँदा सहकार्य गरेका थिए । यसमाथि बार्सिलोनाका पूर्वप्रशिक्षक मार्टिनोले नै मियामीलाई प्रशिक्षण दिइरहेका छन् । मेसी सबै उमेरसँग फिट भएको प्रशिक्षक मार्टिनो मान्छन् ।

मियामीमा युवा पुस्ताका खेलाडीहरू २१ वर्षीय डिएगो गोमेज र १९ वर्षीय स्थानीय बेन्जामिन क्रेमाचीले मेसीलाई मैदानमा साथ दिइरहेका छन् । सुआरेज, बुस्केट र अल्वासँग पनि युवा खेलाडी त्यतिकै सक्रिय छन् ।

मेसीको आगमनसँगै मियामीले दुई उपाधि जितेको छ । बार्सिलोनाको जुनियर क्लबदेखि नै स्पेन बसेका उनले क्याटलान क्लबका लागि सबै प्रतियोगिता मिलाएर ७७८ खेल खेल्दा ६७२ गोल गरेका छन्, जुन क्लबको इतिहासमा सर्वाधिक हो ।

उनले बार्सिलोनामा रहँदा ३०३ गोलमा पास मिलाएका छन्, यो पनि क्लबको रेकर्ड हो ।मेसीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जिते भने चार पटक च्याम्पियन्स लिग जिते । स्पेनमै रहँदा मेसीले ६ पटक बालोन डि’ओर जितेका थिए भने ६ पटक युरोपियन गोल्डेन ‘शु’ जिते ।

त्यसपछि उनले आफ्नो नाममा थप २ बालोन डि’ओर थप गरे । सन् २०११–१२ को सिजन ५० गोल गरेर उनी एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनेका थिए । सन् २०१२ मै एक क्यालेन्डर वर्षमा ९१ गोल गरेर उनी सर्वाधिक गोलकर्ता बने ।

मेसीको नेतृत्वमा बार्सिलोना विश्वकै सर्वश्रेष्ठ क्लबहरूमध्ये एक बनेको थियो भने उनको खेल शैलीले बार्साको ‘टिकि–टाका’ फुटबल प्रणालीलाई परिभाषित गर्न मद्दत गरेको थियो ।

बार्सिलोनापछि पिएसजी रोजेका मेसीले त्यहाँबाट ७५ खेलमा ३२ गोल गरे । पिएसजीलाई दुई पटक फ्रेन्च च्याम्पियन बनाउन उनको भूमिका रह्यो ।

Tags: #कीर्तिमान रच्दै मियामी#विश्व चर्चित फुटबलर लियोनल मेसी

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.