पुत्ला दहनबारे बोल्यो रास्वपा, जिल्ला प्रमुख फेरिएकोमा असन्तुष्टि

७ कात्तिक ८१, बिहीबार

८ कार्तिक , काठमाण्डौ ।

पार्टी सभापति पक्राउको विरोधमा सडक आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालको सरकारले गरेको सरुवा प्रति असन्तुष्टि जनाएको छ ।

रास्वपाका चितवन सभापति कृष्णप्रसाद भुषालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, बेथिति र कुसंस्कार एवं सत्यमाथि असत्यको हावी बढेका कारण आमनागरिकमा चरम निराशा र विदेश पलायनलाई रोक्नका लागि साथै देशमा विधिको शासन स्थापित हुनेछ भनि सांकेतिकरुपमा असत्यको पुत्ला भनाई नारायण नदीमा विसर्जन गरिएको कुरालाई अन्यत्र बंग्याई फरक समाचार सम्प्रेषण भएकोमा रास्वपा चितवन दुःख प्रकट गर्दछ ।’

Advertisement

उक्त प्रदर्शन कुनै व्यक्तिप्रति लतित नभएको पनि रास्वपाले बताएको छ । तर, यसै विषयलाई लिएर सरकारले चितवनका प्रजिअ र प्रहरी प्रमुखलाई समायवधि अगावै सरुवा गरेर आफ्नो गल्ति ढाकछोप गर्दै अकर्मण्यता प्रस्तुत गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

सोमबार रास्वपाले चौबिसकोठीबाट विरोध ¥याली निकालेको थियो । र्यालीका क्रममा प्रदर्शनकारीले एउटा सांकेतिक शव बनाएर नारायणी नदीमा जलाउने प्रयास गरेका थिए । सो क्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिएको भिडियो समेत सार्वजनिक भएका छन् ।

Advertisement

उक्त सांकेतिक शव प्रधानमन्त्रीकै बनाइएको भनेर समाचारहरु आएकोमा पनि रास्वपाले खण्डन गरेको हो । भिडियोमा प्रदर्शनकारीले शवजस्तै पुत्ला बनाएर मलामी शैलीमा नारायणी नदितर्फ लागेका थिए ।

करिब ३ किलोमिटर दुरीमा रहेको नारायणी नदी किनारमा पुगेपछि शव दाहसंस्कार गरेजसरी प्रदर्शनकारीले जलाउन खोजेका थिए । चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले भने प्रदर्शनकारीले जलाउन नपाएको बताए ।

यो घटनामा प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । अहिले चितवन प्रहरी प्रमुखको जिम्मा एसपी गौतम मिश्रले पाएका छन् । बुधबार रिमाल तानिएकामा मिश्र बिहीबार बिहान चितवन पुगेका छन् ।

चितवन हाल कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने निर्वाचित भएको निर्वाचित क्षेत्र रहेको जिल्ला हो । प्रमुख जिल्ला अधिकारी यादव चितवन सरुवा भएर आएको चार महिनामात्रै भएको थियो भने, प्रहरी प्रमुख रिमाल पनि चितवन आएको ७ महिना पुरा नहुँदै सरकारले सरुवा भएका हुन् ।

रविलाई अनुशन्धानमा लागि आज मात्रै थप ७ दिन म्याद थप गरिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो ।

पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो ।

रविलाई कास्कीपछि बयानकै लागि रुपन्देही ,चितवन लगायत सहकारीका अनुशन्धान भएका जिल्लामा लैजाने तयारी छ । रवि पक्राउको विरोधमा सडकमा उत्रिएको रास्वपाले भने भोलि देखि काठमाडौं केन्द्रित प्रर्दशन गर्ने भएको छ ।

रास्वपाको सडक प्रर्दशनलाई नेपाली कांग्रेस र नेकपा एमालेले भने न्यायालयमाथि दबाब सृजना गर्दै अनुशन्धान प्रभावित गरेको आरोप लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

सम्बन्धित समाचार

Scroll to Top