NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

बाबुराम प्रचण्डविरुद्ध आगो,देखाईदिए सत्ता लिप्साको ऐना

शुक्रबार कार्तिक ९ , २०८१
Reading Time: 1 min read
A A
आगामी चुनावमा हँसिया हथौडा चिह्नसहित जाने प्रचण्ड र बाबुराम भट्टराई बिच सहमती
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ कार्तिक ,काठमाण्डौ ।

बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि पूर्व माओवादीहरु बीच एकता हुनु पर्ने भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकहल दाहाल प्रचण्डले पार्टी एकताका लागि अपिल गरिरहेका बेला पूर्वप्रधानमन्त्री तथा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरू किन एक ठाउँमा आउनुपर्ने भन्दै प्रश्न गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका केही नेताहरूले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने कुरा गरिरहेको भन्दै उनले अर्को जनयुद्ध गर्न कि भोजभतेर गर्न आउने भन्दै समाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।

LS Auto

सत्ताको खेलबाट बाहिर फलिएको प्रचण्ड सुशासनको मुद्दा उठाएर आन्दोलनको धम्की दिइरहेको उल्लेख गर्दै भट्टराईले प्रचण्डलाई फेरि एक पटक संसदीय सत्तारोहण गराउन एक हुनुपर्ने हो ? भनेर पनि प्रश्न गरेका छन् ।भट्टराईले एक ठाउँमा आउनुको वैचारिक र राजनीतिक औचित्य र आधार पनि मागेका छन् ।

भट्टराईले लेखेका छन्, प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्। अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्।

यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छः–
पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो ? स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौं– माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरी सहित पूरा गरिसकेको छ। विश्व एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुककजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं। अनि किनारा पुजीवादको रूपमा असमान र परनिर्भर सम्बन्धमा बाँधिन पुगेका छौं। यो स्थितिमा अब हामीले पुरानो जनयुद्धकालीन अवस्थानिम्ति उपयुक्त माओवादी विचार–राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाककचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाकक युगका कार्यभार पूरा गर्न सक्दैनौं। हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक–सामाजिक–सांस्कृतिक आधार वीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाकककी विश्वसंग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ। त्यसनिम्ति हामीले नयाकक युगको नयाकक कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाकक विकास गर्नु परेको छ। तसर्थ हामीले समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाकक समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद भनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं। हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक–राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं? तर अहिले समय र परिस्थिति अनुकुल नया कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्व माओवादी एक ठाउँमा आउँ ‘ भन्नुको के अर्थ रहन्छ? माओ मरेको पनि आधा शताब्दी बितिसकेको, विश्वमा वस्तुगत र आत्मगत रूपले अपूर्व परिवर्तन आएको, पुरानो ‘कम्युनिष्ट’ सत्ताहरू सबैतिर तासको घर झैं ढल्दै गैरहेको, भूमण्डलीकृत नव–उदारवादी पुजीवादले चरम असमानता, पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, ए.आई.को अनिश्चितता सिर्जना गरेर विश्व र मानवजातिलाई त्राहीमाम् पारिरहेको अवस्थामा विचार, दर्शन, राजनीति, अर्थशाश्त्र, समाजशाश्त्र सबै क्षेत्रमा नयाँ संश्लेषण आवश्यक हुन्छ कि हुन्न? फेरि नेपालको जटील भूराजनीति, चरम जातीय÷भाषिक÷क्षेत्रीय विविधता, अति अविकसित÷अल्पविकसित अर्थतन्त्र लगायतको परिवेशमा समग्र राजनीति, पार्टी, नेतृत्वको पुनर्संरचना गर्नुपर्छ कि पर्दैन? यति गम्भीर र दूरगामी महत्वको विषयमा पूर्व माओवादी मात्र हैन सबै पार्टी भित्रका अग्रगामी सोंच भएका व्यक्तिहरू, सार्वजनिक बौद्धिकहरू र विशेषतः सिर्जनशील तथा उर्जावान नयाकक पुस्ताका युवाहरू वीच बृहद बहस चलाएर नयाकक अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्नु आजको आवश्यकता हैन र? दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ ‘ सुशाशन का ेनिम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धिको अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो। हिन्दी÷उर्दू उखान– ‘सौ चूहा खा के बिल्ली हज करने चली’ भने जस्तै हो! जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग–उत्थानीकरण हुककदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणी वीचको अन्तर कसले बुझेको छैन र ? हो, अहिले प्रचण्ड आफ्नो पछिल्लो कार्यकालमा केही भ्रष्टाचारका फाइल अघि बढाए बापत् भित्री र बाहिरी शक्तिहरूको तारो बनेको रोइलो गर्दै हिंडिरहेछन्। तर तिनै भित्री र बाहिरी शक्तिको आडमा गत डेढ बर्षमा पटक पटक सत्ताको कुर्सी बदलेको कसरी बिर्सेका होलान् ? अनि आफैले पालेका साना खसी बली चढाउनु कुन ठूलो पौरख हो र? अन्त्यमा, तैंले प्रचण्डलाई किन गोरखा लगेर आफ्नो नर्वाचन क्षेत्र छोडिस् त? भन्ने महानुभावहरूलाई मेरो खुलस्त भनाइ छ– म राजनीतिमा लागे पनि अन्तर्यमा ऋषिमन भएको मान्छे हु । देशमा निरन्तर राजनीतिक अस्थीरता भैरहेको, गरीबी र बेरोजगारीले युवा पलायन बढिरहको र त्च्ऋ लगायतका शान्तिप्रकृयाका काम पूरा नभैरहेको तत्कालीन विशिष्ठ स्थितिमा पूर्व प्रम तथा ने का सभापति शेरबहादुर देउबा र प्रचण्डलाई बालुवाटारमा संगै राखेर स्वेच्छाले आफु चुनाव नलड्ने तर वहाककहरू दुबैलाई सरकार बाहिर रहेर ती मुद्दामा पूर्ण रुपले सघाउने वाचा गरेको हु। तर चुनाव पछि प्रचण्डको चरम निजी सत्तालिप्सा पुनः बौरिइहाल्यो। पहिले एमाले– माओवादी सरकार बन्यो। त्यसपश्चात पनि कांग्रेस–एमाले–माओवादी र अन्य सहितको राष्ट्रिय सरकार बनाएर ती काम सम्पन्न गर्ने कुरा भएकै हो। तर भूराजनीतिको प्रवेश र प्रचण्ड त्यसको प्रमुख गोटी बन्ने सिलसिलापछि सबै भताभुंग ! त्यस यताको म्यूजिकल चेयर र मूलतः प्रचण्डको विविध लज्जास्पद हर्कतको दुष्परिणाम जगजाहेरै छ। फेरि पनि इतिहासको गति रोकिन्न। देशले अग्रगामी निकास खोज्छ खोज्छ!!

बाबुरामले २०७२ सालमा माओवादी परित्याग गरेका थिए । २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन प्रधानमन्त्री शेरबहादुरदेउवा सरकारलाई बुझाएको थियो ।

Tags: #पूर्वमाओवादी एकता#अर्को जनयुद्ध

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

थप समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने
समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान
समाचार

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.