बाबुराम प्रचण्डविरुद्ध आगो,देखाईदिए सत्ता लिप्साको ऐना

८ कात्तिक ८१, शुक्रबार

९ कार्तिक ,काठमाण्डौ ।

बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि पूर्व माओवादीहरु बीच एकता हुनु पर्ने भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकहल दाहाल प्रचण्डले पार्टी एकताका लागि अपिल गरिरहेका बेला पूर्वप्रधानमन्त्री तथा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरू किन एक ठाउँमा आउनुपर्ने भन्दै प्रश्न गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका केही नेताहरूले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने कुरा गरिरहेको भन्दै उनले अर्को जनयुद्ध गर्न कि भोजभतेर गर्न आउने भन्दै समाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।

Advertisement

सत्ताको खेलबाट बाहिर फलिएको प्रचण्ड सुशासनको मुद्दा उठाएर आन्दोलनको धम्की दिइरहेको उल्लेख गर्दै भट्टराईले प्रचण्डलाई फेरि एक पटक संसदीय सत्तारोहण गराउन एक हुनुपर्ने हो ? भनेर पनि प्रश्न गरेका छन् ।भट्टराईले एक ठाउँमा आउनुको वैचारिक र राजनीतिक औचित्य र आधार पनि मागेका छन् ।

भट्टराईले लेखेका छन्, प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्। अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्।

Advertisement

यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छः–
पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो ? स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौं– माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरी सहित पूरा गरिसकेको छ। विश्व एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुककजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं। अनि किनारा पुजीवादको रूपमा असमान र परनिर्भर सम्बन्धमा बाँधिन पुगेका छौं। यो स्थितिमा अब हामीले पुरानो जनयुद्धकालीन अवस्थानिम्ति उपयुक्त माओवादी विचार–राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाककचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाकक युगका कार्यभार पूरा गर्न सक्दैनौं। हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक–सामाजिक–सांस्कृतिक आधार वीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाकककी विश्वसंग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ। त्यसनिम्ति हामीले नयाकक युगको नयाकक कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाकक विकास गर्नु परेको छ। तसर्थ हामीले समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाकक समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद भनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं। हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक–राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं? तर अहिले समय र परिस्थिति अनुकुल नया कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्व माओवादी एक ठाउँमा आउँ ‘ भन्नुको के अर्थ रहन्छ? माओ मरेको पनि आधा शताब्दी बितिसकेको, विश्वमा वस्तुगत र आत्मगत रूपले अपूर्व परिवर्तन आएको, पुरानो ‘कम्युनिष्ट’ सत्ताहरू सबैतिर तासको घर झैं ढल्दै गैरहेको, भूमण्डलीकृत नव–उदारवादी पुजीवादले चरम असमानता, पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, ए.आई.को अनिश्चितता सिर्जना गरेर विश्व र मानवजातिलाई त्राहीमाम् पारिरहेको अवस्थामा विचार, दर्शन, राजनीति, अर्थशाश्त्र, समाजशाश्त्र सबै क्षेत्रमा नयाँ संश्लेषण आवश्यक हुन्छ कि हुन्न? फेरि नेपालको जटील भूराजनीति, चरम जातीय÷भाषिक÷क्षेत्रीय विविधता, अति अविकसित÷अल्पविकसित अर्थतन्त्र लगायतको परिवेशमा समग्र राजनीति, पार्टी, नेतृत्वको पुनर्संरचना गर्नुपर्छ कि पर्दैन? यति गम्भीर र दूरगामी महत्वको विषयमा पूर्व माओवादी मात्र हैन सबै पार्टी भित्रका अग्रगामी सोंच भएका व्यक्तिहरू, सार्वजनिक बौद्धिकहरू र विशेषतः सिर्जनशील तथा उर्जावान नयाकक पुस्ताका युवाहरू वीच बृहद बहस चलाएर नयाकक अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्नु आजको आवश्यकता हैन र? दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ ‘ सुशाशन का ेनिम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धिको अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो। हिन्दी÷उर्दू उखान– ‘सौ चूहा खा के बिल्ली हज करने चली’ भने जस्तै हो! जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग–उत्थानीकरण हुककदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणी वीचको अन्तर कसले बुझेको छैन र ? हो, अहिले प्रचण्ड आफ्नो पछिल्लो कार्यकालमा केही भ्रष्टाचारका फाइल अघि बढाए बापत् भित्री र बाहिरी शक्तिहरूको तारो बनेको रोइलो गर्दै हिंडिरहेछन्। तर तिनै भित्री र बाहिरी शक्तिको आडमा गत डेढ बर्षमा पटक पटक सत्ताको कुर्सी बदलेको कसरी बिर्सेका होलान् ? अनि आफैले पालेका साना खसी बली चढाउनु कुन ठूलो पौरख हो र? अन्त्यमा, तैंले प्रचण्डलाई किन गोरखा लगेर आफ्नो नर्वाचन क्षेत्र छोडिस् त? भन्ने महानुभावहरूलाई मेरो खुलस्त भनाइ छ– म राजनीतिमा लागे पनि अन्तर्यमा ऋषिमन भएको मान्छे हु । देशमा निरन्तर राजनीतिक अस्थीरता भैरहेको, गरीबी र बेरोजगारीले युवा पलायन बढिरहको र त्च्ऋ लगायतका शान्तिप्रकृयाका काम पूरा नभैरहेको तत्कालीन विशिष्ठ स्थितिमा पूर्व प्रम तथा ने का सभापति शेरबहादुर देउबा र प्रचण्डलाई बालुवाटारमा संगै राखेर स्वेच्छाले आफु चुनाव नलड्ने तर वहाककहरू दुबैलाई सरकार बाहिर रहेर ती मुद्दामा पूर्ण रुपले सघाउने वाचा गरेको हु। तर चुनाव पछि प्रचण्डको चरम निजी सत्तालिप्सा पुनः बौरिइहाल्यो। पहिले एमाले– माओवादी सरकार बन्यो। त्यसपश्चात पनि कांग्रेस–एमाले–माओवादी र अन्य सहितको राष्ट्रिय सरकार बनाएर ती काम सम्पन्न गर्ने कुरा भएकै हो। तर भूराजनीतिको प्रवेश र प्रचण्ड त्यसको प्रमुख गोटी बन्ने सिलसिलापछि सबै भताभुंग ! त्यस यताको म्यूजिकल चेयर र मूलतः प्रचण्डको विविध लज्जास्पद हर्कतको दुष्परिणाम जगजाहेरै छ। फेरि पनि इतिहासको गति रोकिन्न। देशले अग्रगामी निकास खोज्छ खोज्छ!!

बाबुरामले २०७२ सालमा माओवादी परित्याग गरेका थिए । २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन प्रधानमन्त्री शेरबहादुरदेउवा सरकारलाई बुझाएको थियो ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top