सलमानले विश्नोई समुदायलाई पैसाको लालचा देखाए ?

८ कात्तिक ८१, शुक्रबार

९ कार्तिक ,एजेन्सी ।

भारतीय सुपरस्टार दबङ अभिनेता सलमान खान यतिबेला सुरक्षा संवेदनशीलताको अवस्थामा छन् । सुरक्षा चुनौतीकै कारण उनले आगामी चलचित्र सिकन्दरको सुटिङ समेत स्थगित गरेका छन् ।

भारतीय ग्याङस्टर लरेन्स विश्नोईले उनलाई ज्यान मार्ने धम्की दिएपछि उनको सुरक्षा समेत बढाइएको छ । यस्तो बेला सलमानमाथि पैसाको लालचा देखाएर विश्नोई समुदायलाई प्रभावित गर्न खोजेको आरोप लागेको छ।

Advertisement

लरेन्स विश्नोई भने अहिले विभिन्न आपराधिक क्रियाकलापमा दोषी ठहरी दिल्लीस्थित तिहाड जेलमा छन्। तर, उनले जेलभित्रैबाट अभिनेता सलमान खानलाई चुनौती दिइरहेका छन्। जेलभित्रैबाट पटक–पटक ज्यान मार्ने धम्की दिएको उनको समूहले केही समयअघि बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टबाहिर बम विस्फोट समेत गरेको थियो।

यस मामलामा लरेन्सका भाइ तथा काकाका छोरा रमेश विश्नोईले सलमानमाथि पैसाको धाक लगाएको र विश्नोई समुदायलाई पैसाको लालचा देखाएको आरोप लगाएका छन्।

Advertisement

भारतीय सञ्चारमाध्यमका साथ कुराकानी गर्दै उनले सलमानले विश्नोई समुदायले पुज्ने कालो हरिणको विवाद साम्य गर्न पैसाको प्रस्ताव राखेको,तर सो प्रस्ताव विश्नोई समाजले अस्वीकार गरेको दाबी गरेका छन्।

‘सलमानका पिता सलिम खानले विश्नोई समुदायले पैसाकै लागि यो सब गरिरहेको छ भनेका थिए। उनका छोरा (सलमान) ले चेकबुक ल्याएर चाहिएजति पैसा भन भनेका थिए। तर, हामी पैसाको भोको छैनौं। यदि पैसाका लागि थियो भने पहिले नै लिइसक्थ्यौं’ रमेशले भारतीय सञ्चार माध्यमसँग भनेका छन्।

गत शनिबार सलमान निकट भारतको महाराष्ट्रको दल एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको गोली हानी हत्या भएकोमा यसको जिम्मेवारी विश्नोई समुदायले लिएको छ।

यो घटनापछि सलमान कडा सुरक्षा घेरामा छन्। सलमानले सन् १९९८ मा दुर्लभ जनावर कालो हरिणको सिकार गरेका थिए। सो समयमा फिल्म सुटिङका क्रममा पश्चिम राजस्थानमा दुई हरिणको सिकार गरेपछि उनलाई सो मामलामा अदालतले दोषी ठहर गरेको थियो ।

उक्त अभियोग लागेका अन्य चार कालाकार सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र निलमलाई जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top