नेपाली युवा अविरल किक बक्सिङका वल्र्ड च्याम्पियन

१० कात्तिक ८१, आइतबार

११ कार्तिक , काठमाण्डौ।

नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् । इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा शनिबार आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा उनी फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल भएका हुन् ।

बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्याण्डको फुकेट शहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण आफ्नै खर्चमा लिएका थिए। यो ऐतिहासिक सफलतासँगै घिमिरे इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल भएका छन् ।

Advertisement

इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्नुहुने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिएका छन् ।

आगामी दिनमा पनि नेपाली दर्शकहरूले यसैगरी नै हौसला दिने उनको विश्वास छ । ‘हिमालय चितुवा’ का रूपमा विश्व प्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुन् ।

Advertisement

प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल मेन इभेन्ट म्याच मा घिमिरेले पहिलो राउण्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुमे ।

हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको टाइटल म्याचको उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका थिए ।

उनी विश्व प्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नक आउट गर्न सफल भएका थिए । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका थिए ।

जापानको नागोया शहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् । कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् ।

चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको परिवार हाल जापानको नागोया शहरमा बसोबास गर्दै आइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top