×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रविले ह्यारेसमेन्ट भयो भनेपछि प्रहरीले विज्ञप्ति निकाल्यो

११ कार्तिक २०८१

११ कार्तिक , काठमाण्डौ।

सहकारीको वचत अपचलनको अभियोगमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले औपचारिक रूपमा प्रतिक्रिया जनाएको छ ।

Advertisement
Advertisement

आइतबार एक विज्ञप्ति जारी गर्दै कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले आफूहरू तथ्यपूर्ण अनुसन्धान गर्न सक्षम रहेको उल्लेख गरेका छन् ।

यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि प्रहरीले दोस्रो पटक ७ दिनको म्याद थप गरेपछि पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा समेत अनुसन्धान गरिरहेको छ ।

लामिछाने यसअघि संगठित अपराध र सहकारी संस्थाको बचत रकम दुरुपयोग प्रकरणमा मुछिएका थिए । लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई कास्की जिल्ला अदालतले कात्तिक ८ गते थप सात दिनको म्याद दिएको छ ।

दोस्रोपटक म्याद थपका निम्ति लैजाँदा अदालत परिसरमा लामिछाने पक्षका वकिलले सामाजिक सञ्जालमा लाइभमार्फत असन्तुष्टि जनाएका थिए । सामाजिक सञ्जालमा पनि प्रहरीले अपशब्द बोलेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको, रविसँग भेट गर्न समेत नदिइएको, रविमाथि स्वयम प्रहरीले अदालतमै होच्याएर बोलेको लगायत विभिन्न अधिवक्ताका विभिन्न भिडियो ‘भाइरल’ छन् ।

कास्की प्रहरीले समेत सामाजिक सञ्जालमा भ्रमपूर्ण विचार सम्प्रेषण भएको जनाएको छ । कास्की प्रहरीले विज्ञप्तिमा भनेको छ, केही दिनयता विभिन्न सामाजिक सञ्जालहरूमा अनुसन्धानको क्रममा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री माननीय रवी लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिति २०८१ कात्तिक ०८ गते म्याद थप गर्न सम्मानित कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्नेजस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटकलगायत सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनुहुन सम्पूर्णमा अनुरोध गरिएको छ । नेपालको संविधान एवं प्रचलित ऐन, कानुनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य–मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ । त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरूलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी दिनुहुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय, कास्की हार्दिक अनुरोध गर्दछ ।

तर प्रहरीले यसरी तथ्यहीन र कपोकल्पित सूचना संप्रेषण भएको भनिरहदा रविले समेत अदालतमा प्रहरीको व्यवहारलाई लिएर प्रश्न उठाएका थिए । अदालतमा प्रहरी नायव उपरीक्षक वसन्त शर्माले ‘तपाईंले कुन कागजमा हस्ताक्षर गर्नुभयो?’ भनेर प्रश्न गरेपछि रवि लामिछानेले भनेः जहाँ पनि तपाईंको चल्छ, कोर्टमा पनि तपाईंको चल्छ ? एउटा कागज साइन गर्ने मान्छेलाई अन्याय गर्ने हद हुन्छ श्रीमान् । हद गरेका छन् श्रीमान् यिनीहरुले मलाई हद गरेका छन्। मलाई यिनीहरुले एउटा टेलिफोन गर्न दिँदैनन् । राजनीतिक प्रतिशोध साँध्न खोजियो । मलाई हिरासतभित्र मानसिकरूपमा ह्यारेसमेन्ट गर्न खोजिएको छ । अनुमति पाउँ, अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान्। हद गरेको छ राज्यले। अहिले भर्खर के कागजमा साइन गरेको भनेर सोध्न आउनु भएको उहाँ । तपाईहरु मलाईं कागज हस्ताक्षर गर्न दिनुहुन्न ! ६ दिनदेखि हिरासतमा छु। चार घण्टाभन्दा बढी बयान भएको छैन। प्रश्नहरु दोहोरिएका छन्, तेहेरिएका छन्। मैल श्रीमान्लाई पाईलट भन्नु र मलाई सहकारी ठगीको मुद्दा लाग्नु एउटै हो श्रीमान्। सम्मानीत संसदीय समितिको त्यो ठूलो प्रतिवेदनको कभरपेज पढ्नु भयो होला कालो कोट लगाउने महासयले। एकपटक फेरि यही इजलासमा पढेर हेरियोस्, सहकारी ठगीमा मेरो संलग्नता कहाँ, कुन अक्षरमा लेखिएको छ ? राज्य दम्भ देखाउछ, बयान लिँदैन, छल्छ। अनि आदेश दिईएको छ, प्रहरीलाई जागिर जाला, सरुवा होला भन्ने डर छ । डर देखाइसकियो, चितवनमा सिडिओ र एसपी फालियो अब यहाँका त्राहीमाम हुनुहुन्छ। मलाई आँखाभरी आँशु पारेर ‘हामीलाई थाहा छ तपाईंको केही पनि छैन तर, के गर्नु हजुर आदेश मान्नुपर्छ’ भन्नुहुन्छ उहाँहरु नै। मैले यहाँ नबोलेर कहाँ बोल्ने? चरम अन्याय भैरहेको छ। सुनुवाई कुन न्यायाधीशकोमा पर्छ र कुन न्यायाधीश कसले नियुक्ति गरेको हो भन्ने आधारमा अदालतलाई प्रभावित पार्ने प्रयास गर्छौ भन्दै हिंड्ने पनि छन्। तर मलाई तिनमा विश्वास छैन् । मलाई श्रीमान् माथि विश्वास छ। मलाई म्याद थप हुन्छ बहस त गर्ने मात्र हो भनिएको छ । तर, मलाई यसमा पनि विश्वास छैन। किनकी, एक्स्ट्रा अडिनरी विषयमा एक्स्ट्रा अडिनरी कुरा हुन्छ ।गलत तथ्यहरु दिइएको छ, गलत कुराहरु भन्दै आईरहेको छ । श्रीमान् मलाई तर्साइएको छ । श्रीमान्, हिजो राति फोन गरीगरी बोलाएर, लाइन लगाएर उजुरी दिन आउ भनेर प्रहरी कार्यालयमा उजुरी गर्ने मान्छे बोलाइएको छ । यो मेरो आक्रोश हो, मैले जे महसुस गरेको छु । आज मैले श्रीमान्सँग भन्नु पर्ने हुन्छ, कहाँसम्मको अन्याय गरिएको छ भन्ने कुरा । यतिखेर न्यायालय बाहेक कसैको आशा हुन सक्दैन श्रीमान् । मलाई न्यायलयको आशा छ, त्यसकारण आज यो अदालतमा मैले केही कुरा भनेको हुँ श्रीमान । एउटा जाँच एउटा कक्षमा मान्छेले कति पटक दिन्छ श्रीमान ? म यो ठूलो आवाजका लागि क्षमा चाहान्छु, असाध्यै धेरै पीडा भएर नै आवाज ठूलो भएको हो ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई ४ गते अदालतले पक्राउ परेकै दिनदेखि लागु हुने गरी पहिलोपटक ६ दिनको म्याद दिएको थियो । दोस्रोपटक थपिएको म्याद कात्तिक १४ गते राति बजेसम्म हुन्छ ।

म्याद सकिएको भोलिपल्ट अदालतमा हाजिर गराउनुपर्ने हुन्छ ।तर, दोस्रोपटक थपिएको म्याद सकिएको भोलिपल्ट अर्थात् कात्तिक १५ गतेदेखि तिहारको सार्वजनिक बिदा छ । १५ गतेदेखि १९ गतेसम्म सार्वजनिक बिदा नै छ ।

त्यसकारण उनलाई २० गते मंगलबार मात्र अदालतमा लगिने छ । अदालतमा फेरि म्याद थप गर्ने÷नगर्ने भन्नेबारे बहस हुने छ । त्यतिबेला म्याद थपियो भने तिहार बिदासमेत गणना हुन्छ ।

Advertisement
Advertisement

उता जिल्ला अदालत रुपन्देहीबाट समेत रवि र छविसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सुप्रिम सहकारी ठगीका विषयमा जारी भएको यो पुर्जीले कास्की पछि रविलाई रुपन्देही लगिनेछ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top