साफ च्याम्पियनसिपः बंगलादेश लगातार दोस्रो पटक फाइनलमा

१० कात्तिक ८१, आइतबार

११ कार्तिक , काठमाण्डौ।

तोहुरा खातुनको ह्याट्रिकसँगै बंगलादेश लगातार दोस्रोपल्ट साफ च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७–१ को फराकिलो जित निकाल्दै बंगलादेश उपाधिनजिक पुगेको हो ।

अघिल्लो संस्करणको सेमिफाइनलमा पनि बंगलादेशले भुटानलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यो बेला बंगलादेशले ८–० को फराकिलो जित निकालेको थियो । दुई संस्करणको सेमिफाइनलमा मात्रै भुटानले बंगलादेशसँग १५ गोल खायो ।

Advertisement

त्यसमा एक गोल मात्रै फर्काउन सफल बन्यो । बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । जारी साफ च्याम्पियनसिपमा यो चौंथो ह्याट्रिक हो । यसअघि नेपालकी रेखा पौडेल र प्रीति राईले माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक गरेका थिए ।

यस्तै भुटानकी देकी लाजोमले पनि माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेकी थिइन् । यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम नाममा एक एक गोल रह्यो । भुटानकी डेकी लाजोमले एक गोल फर्काइन् ।

Advertisement

बंगलादेशले सातौं मिनेटमै सुरुआती अग्रता लियो । फरवार्ड तोहुराको पासमा रितुले बक्स नजिकैबाट गरेको लेफ्ट फुटेड प्रहार गोलमा परिणत भएको थियो । त्यसको पाँच मिनेटपछि बंगलादेशले अग्रता दोब्बर बनायो ।

रक्षक सेउली अजिमको पासलाई तोहुराले गोलमा परिणत गरेकी थिइन् । उनको लेफ्ट फुटेड फितलो प्रहारलाई संगीता मोङ्गरले बचाउन सकिनन् । २४औं मिनेटमा भुटानले सुनौलो अवसरमा गोल गर्न सकेन ।

मिडफिल्डर डेकी याङ्दोनको थ्रो पासमा फरवार्ड नाङ्गेलको प्रहारलाई बंगलादेशकी गोलकिपर रुप्ना चक्माले सहजै नियन्त्रणमा लिइन् । लगत्तै सवीनाले नै बंगलादेशको अग्रतालाई ३–० मा पु¥याइन् ।

उनले राइट साइडबाट मोनिका चक्माले प्रदान गरेको क्रसलाई सदुपयोग गर्दै वान टचमा गोल गरिन् । ३५औं मिनेट तोहुराले विपक्षी रक्षक सुकमाया घलेलाई छक्याउँदै चलाखीपूर्ण ढंगबाट अर्को गोल थपिन् ।

त्यसको दुई मिनेटपछि नै सवीनाको दोस्रो गोलमा बंगलादेशले पाँच गोलको अग्रता लियो । सवीनाले यसपाली वान भर्सेस वानमा भुटानी गोलकिपर संगीतालाई बिट गरिन् । ४१औं मिनेटमा डेकी लाजोमले भुटानका लागि एक गोल फर्काइन् ।

५८औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन्। मसुरा प्रविनले निकाल्दिएको पासमा उनले अफ साइड बिट गर्दै बललाई जाली चुमाइन्। ७३औं मिनेटमा सेउलीले बंगलादेशको अग्रता ७–१ मा पु¥याइन्।

सन्जिदा अख्तरको कर्नरमा आएको बललाई उनले हेडरमार्पत गोल गरेकी हुन् । योसंगै बंगलादेश समग्रमा तेस्रो पटक फाइनल पुगेको हो । सन् २०१६ मा पहिलो पटक फनईनल पुग्दा भारतसँग पराजित भएको भारतले २०२२ मा काठमाडौं भएको साफमा नेपाललाई हराएर उपाधि जितेको थियो ।

बंगलादेशले अब फाइनलमा नेपाल भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आजै साढे ६ बजे हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top