नेपालले फेरि हारबाटै सुरु गर्यो अमेरिका भ्रमण

११ कात्तिक ८१, सोमबार

१२ कार्तिक काठमाण्डौ ।

नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमण पुनः हारबाट सुरु गरेको छ । सोमबार बिहान भएको खेलमा नेपाल घरेलु टोलीसँग तीन विकेटले पराजित भएको हो। नेपालले दिएको २८६ रनको लक्ष्य अमेरिकाले अन्तिम दुई बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गरेको हो ।

लिग २ मा नेपालको यो नवौं हार हो । नेपाल एक जित र एक टाइसहित तीन अंक जोड्दै सातौं स्थानमा छ । एक खेल बढी खेलेको अमेरिका सात जित र तीन हारसहित १४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

Advertisement

क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । नेपालका अनिलकुमार साह, आसिफ शेख र रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले । अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेले ।

उनले विश्वकप छनोट २०२३ मा जिम्बावेमा नेपालविरुद्ध पनि शतक हानेका थिए । कप्तान मोनांक पटेल ७६ बलमा ५ चौकासहित ६२ रनमा आउट भए । दोस्रो विकेटलाई मोनांक पटेल र शयानले १६१ रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए ।

Advertisement

मानांकलाई २९ औं ओभरको पाँचौं बलमा ललित राजवंशीले बोल्ड आउट गर्दा अमेरिका १६५–२ को अवस्थामा थियो । त्यसपछि कुशल भुर्तेलले शयानलासँगै साइतेजा मुकामल्लालाई ११, मिलिन्द कुमारलाई ५ र सन्जय कृष्णमुर्तीलाई शून्यमा आउट गरेपछि अमेरिका १९७–६ को अवस्थामा पुगेको थियो

तर सातौं विकेटका लागि हरमित र शाड्लीले ७१ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाल पराजित भयो । हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे । विजयी छक्का हानेका शाड्ली २७ र जसदीप सिंह ११ रनमा नटआउट रहे ।

नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए । त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए । ओपनर आसिफ शेख ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ तथा अनिल साह ६२ बलमा ५ चौकासहित ५६ रनमा आउट भए ।

नेपाललाई ओपनर अनिल साह र आसिफ शेखले १५.४ ओभरमा ९८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछि रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेनन् । कुशल भुर्तेल ११, आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, गुल्सन झा १ र सोमपाल कामी २ रनमा आउट भए ।

अमेरिका स्पिनर नोष्थुश केन्जिगेले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले १–१ विकेट लिए । नेपालले अब दोस्रो खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित र १ खेलमा अंकविहीन हुँदै ३ अंकका साथ सातौं स्थानमा छ । अमेरिका भने यो जितसँगै १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ ।

क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ ।लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्यान्ड, नामिबिया, ओमान र यूएई सम्मिलित छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top