हसिनाविरुद्ध हत्या मुद्दामा आदेश

१२ कार्तिक , एजेन्सी ।

Advertisement

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दर्ता भएको हत्याको मुद्दामा सुनुवाइ भएको छ । ढाकाको एक अदालतले नोभेम्बर २८ भित्र अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन दिएको बंगलादेशी पत्रिका डेली स्टारले जनाएको छ ।

मुद्दा मिरपुरमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको १८ वर्षीय कलेज विद्यार्थीको मृत्युसँग सम्बन्धित छ । मुद्दामा हसिना र अन्य २३ जनालाई विपक्षी बनाइएको छ । आन्दोलनका क्रममा सुरक्षा बलको कारबाहीमा ती विद्यार्थीको मृत्यु भएको थियो ।

Advertisement

गत अगस्ट १५ मा मृतकका भाइले हत्या मुद्दा दायर गरेका थिए । हसिनामाथि हिंसामा प्रत्यक्ष संलग्न वा प्रोत्साहन गरेको आरोप लगाइएको छ । हसिनाबाहेक उनको सरकारका पूर्वगृहमन्त्री, अवामी लिगका महासचिव, पूर्व कानूनमन्त्री र पूर्व पुलिस आईजी पनि छन् ।

हसिनाविरुद्ध हालसम्म २२५ मुद्दा दर्ता भएका छन् । जसमध्ये १९४ हत्या, १६ नरसंहार, तीन अपहरण, ११ ज्यान मार्ने प्रयास र विपक्षी दलको कार्यक्रममा आक्रमण गरेको सम्बन्धी एउटा मुद्दा छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top