इन्स्पेक्टर र असईमा न्यून आवेदन, प्रहरीमा युवाको मोहभंग

११ कात्तिक ८१, सोमबार

१२ कार्तिक , काठमाण्डौ ।

गोरखा रेजिमेन्टका लागि वा अन्य विदेशी सेना वा सुरक्षामा भर्ना हुन, यहाँसम्म कि युद्धरत देशको सेना बन्नका लागि पनि नेपाली युवाहरु लालाहित देखिन्छ । त्यसैले त ज्यानको बाजी राखेर सयौं युवाहरु युद्धकै बीच रुसी सेनामा भर्ना भएका छन् ।

जसमा परि कयौंको ज्यानसमेत गइसकेको छ । केही बेपत्ता छन् । विदेशी सुरक्षा निकायको हिस्सा बन्नका लागि ज्यान फाल्न तयार हुने नेपाली युवाहरुको आफ्नै देशमा भने उनीहरुको मोह भंग भएजस्तो देखिएको छ । यो तथ्य भने प्रहरीको अधिकृतस्तरीय दरबन्दीमा परेको न्यून आवेदनले उजागर गरेको हो ।

Advertisement

 पछिल्लो पटक नेपाल प्रहरीको प्रहरी निरीक्षक(इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक(असइ)को भर्नामा न्यून आवेदन परेको छ । नेपाल प्रहरीले मागेको ६४ इन्स्पेक्टरका लागि दुई हजार ३०५ तथा २५६ असईको मागमा १५ हजार ९२१ आवेदन परेको छ ।

मागभन्दा धेरै भएपनि यो आवेदन अन्य सरकारी सेवा तथा विगतको तुलनामा न्यून हो । गत वर्ष इन्स्पेक्टरमा ९६ जनाको माग हुँदा दुई हजार ७९३ तथा असइमा २६० जनाको मागमा १९ हजार ९३२ जनाको आवेदन परेको थियो ।

Advertisement

प्रहरी प्रवक्ता दानबहादुर कार्की अपेक्षित रूपमा आवेदन नपरेको बताउँछन । ‘सुरक्षा सेवामा आकर्षण घट्दै गएको तथ्यांकले देखाउँछ,’ उनी भन्छन्,‘जोखिमपूर्ण जागिर, न्यून सेवा–सुविधा र शारीरिक परिश्रम गर्नुपर्ने भएकाले धेरै आकर्षण नदेखिएको हो भन्ने लाग्छ ।’

विगत वर्षमा एकपटक मात्र भर्ना खुल्नेमा अहिले दुईपटक खुल्ने गरेकाले पनि संख्या केही कम देखिएको हुनसक्ने प्रवक्ता कार्कीको भनाइ छ । नयाँ पुस्तामा विदेशप्रतिको मोह बढेको, प्रहरीमा न्यून सेवा–सुविधा हुने, तर ड्युटी कठिन हुने भएकाले पनि प्रहरी सेवामा आकर्षण घटेको प्रहरीका विगतका अध्ययनले देखाएका छन ।

प्रहरी सेवामा आकर्षण बढाउन नेपाल प्रहरीले अध्ययन गरेर आवेदन बढाउने प्रयास गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । बरु भर्ना भएकालाई टिकाउन नसक्दा पेन्सन अवधिसमेत नपुगी जागिर छाड्ने प्रवृत्तिसमेत बढ्दो छ ।

इन्स्पेक्टर न्यूनआवेदनको कारण भनेको उमेरहद पनि हो । इन्स्पेक्टरमा आवेदनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने र २५ वर्ष उमेर कट्न नहुने मापदण्ड छ । चारवर्षे स्नातकका कारण पढाइ पूरा गर्दा उमेर करिब २३ वर्ष पुग्ने अवस्था छ ।

सोही कारण आवेदन घटेको निष्कर्षका आधारमा हाल सरकारले इन्स्पेक्टर भर्नाको उमेरहद २७ वर्ष बनाउने प्रक्रिया अघि बढाएको छ । हाल परामर्शका लागि लोकसेवा आयोग पुगेको प्रहरीसम्बन्धी विधेयकमा २७ वर्षसम्म आवेदन लिने प्रावधान प्रस्ताव गरिएको छ ।

निजामती सेवातर्फ भने हरेक वर्ष उच्च आवेदन पर्ने गरेको छ । नेपाल प्रहरी मात्र नभई सबै सुरक्षा निकायमा हरेक वर्ष आवेदनदर घटिरहेको छ । सुरक्षा सेवामा पहिलेजस्तो सम्मानित नहुनु र अन्यत्र धेरै अवसर हुनुले पनि आकर्षण घट्दै गएको प्रहरी अधिकारी बताउँछन ।

यसरी क्षमतावान् युवा सुरक्षा सेवामा नआउँदा भावी दिनमा संगठनको प्रभावकारितामा नै असर पर्न सक्नेसमेत उनीहरूको चिन्ता छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top