NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज काग तिहार, किन गरिन्छ कागको पूजा ? लक्ष्मी पूजा कहिले ? आइतवार कार्तिक २ , २०८२
नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा शनिबार कार्तिक १ , २०८२
जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप शनिबार कार्तिक १ , २०८२
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता शनिबार कार्तिक १ , २०८२
चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त शनिबार कार्तिक १ , २०८२
Next
Prev

समाचार

इन्स्पेक्टर र असईमा न्यून आवेदन, प्रहरीमा युवाको मोहभंग

सोमवार कार्तिक १२ , २०८१
Reading Time: 1 min read
A A
दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१२ कार्तिक , काठमाण्डौ ।

गोरखा रेजिमेन्टका लागि वा अन्य विदेशी सेना वा सुरक्षामा भर्ना हुन, यहाँसम्म कि युद्धरत देशको सेना बन्नका लागि पनि नेपाली युवाहरु लालाहित देखिन्छ । त्यसैले त ज्यानको बाजी राखेर सयौं युवाहरु युद्धकै बीच रुसी सेनामा भर्ना भएका छन् ।

जसमा परि कयौंको ज्यानसमेत गइसकेको छ । केही बेपत्ता छन् । विदेशी सुरक्षा निकायको हिस्सा बन्नका लागि ज्यान फाल्न तयार हुने नेपाली युवाहरुको आफ्नै देशमा भने उनीहरुको मोह भंग भएजस्तो देखिएको छ । यो तथ्य भने प्रहरीको अधिकृतस्तरीय दरबन्दीमा परेको न्यून आवेदनले उजागर गरेको हो ।

 पछिल्लो पटक नेपाल प्रहरीको प्रहरी निरीक्षक(इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक(असइ)को भर्नामा न्यून आवेदन परेको छ । नेपाल प्रहरीले मागेको ६४ इन्स्पेक्टरका लागि दुई हजार ३०५ तथा २५६ असईको मागमा १५ हजार ९२१ आवेदन परेको छ ।

मागभन्दा धेरै भएपनि यो आवेदन अन्य सरकारी सेवा तथा विगतको तुलनामा न्यून हो । गत वर्ष इन्स्पेक्टरमा ९६ जनाको माग हुँदा दुई हजार ७९३ तथा असइमा २६० जनाको मागमा १९ हजार ९३२ जनाको आवेदन परेको थियो ।

प्रहरी प्रवक्ता दानबहादुर कार्की अपेक्षित रूपमा आवेदन नपरेको बताउँछन । ‘सुरक्षा सेवामा आकर्षण घट्दै गएको तथ्यांकले देखाउँछ,’ उनी भन्छन्,‘जोखिमपूर्ण जागिर, न्यून सेवा–सुविधा र शारीरिक परिश्रम गर्नुपर्ने भएकाले धेरै आकर्षण नदेखिएको हो भन्ने लाग्छ ।’

विगत वर्षमा एकपटक मात्र भर्ना खुल्नेमा अहिले दुईपटक खुल्ने गरेकाले पनि संख्या केही कम देखिएको हुनसक्ने प्रवक्ता कार्कीको भनाइ छ । नयाँ पुस्तामा विदेशप्रतिको मोह बढेको, प्रहरीमा न्यून सेवा–सुविधा हुने, तर ड्युटी कठिन हुने भएकाले पनि प्रहरी सेवामा आकर्षण घटेको प्रहरीका विगतका अध्ययनले देखाएका छन ।

प्रहरी सेवामा आकर्षण बढाउन नेपाल प्रहरीले अध्ययन गरेर आवेदन बढाउने प्रयास गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । बरु भर्ना भएकालाई टिकाउन नसक्दा पेन्सन अवधिसमेत नपुगी जागिर छाड्ने प्रवृत्तिसमेत बढ्दो छ ।

इन्स्पेक्टर न्यूनआवेदनको कारण भनेको उमेरहद पनि हो । इन्स्पेक्टरमा आवेदनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने र २५ वर्ष उमेर कट्न नहुने मापदण्ड छ । चारवर्षे स्नातकका कारण पढाइ पूरा गर्दा उमेर करिब २३ वर्ष पुग्ने अवस्था छ ।

सोही कारण आवेदन घटेको निष्कर्षका आधारमा हाल सरकारले इन्स्पेक्टर भर्नाको उमेरहद २७ वर्ष बनाउने प्रक्रिया अघि बढाएको छ । हाल परामर्शका लागि लोकसेवा आयोग पुगेको प्रहरीसम्बन्धी विधेयकमा २७ वर्षसम्म आवेदन लिने प्रावधान प्रस्ताव गरिएको छ ।

निजामती सेवातर्फ भने हरेक वर्ष उच्च आवेदन पर्ने गरेको छ । नेपाल प्रहरी मात्र नभई सबै सुरक्षा निकायमा हरेक वर्ष आवेदनदर घटिरहेको छ । सुरक्षा सेवामा पहिलेजस्तो सम्मानित नहुनु र अन्यत्र धेरै अवसर हुनुले पनि आकर्षण घट्दै गएको प्रहरी अधिकारी बताउँछन ।

यसरी क्षमतावान् युवा सुरक्षा सेवामा नआउँदा भावी दिनमा संगठनको प्रभावकारितामा नै असर पर्न सक्नेसमेत उनीहरूको चिन्ता छ ।

Tags: #प्रहरी सेवामा युवा#प्रहरी सेवामा युवाको रुचि घट्यो

लोकप्रीय

कागको पूजा किन गरिन्छ ? कुकुर तिहारको दिन लक्ष्मी पूजा

आज काग तिहार, किन गरिन्छ कागको पूजा ? लक्ष्मी पूजा कहिले ?

आइतवार कार्तिक २ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा

शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२

विचार

कागको पूजा किन गरिन्छ ? कुकुर तिहारको दिन लक्ष्मी पूजा

आज काग तिहार, किन गरिन्छ कागको पूजा ? लक्ष्मी पूजा कहिले ?

आइतवार कार्तिक २ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा

शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२

थप समाचार

कागको पूजा किन गरिन्छ ? कुकुर तिहारको दिन लक्ष्मी पूजा
ताजा समाचार

आज काग तिहार, किन गरिन्छ कागको पूजा ? लक्ष्मी पूजा कहिले ?

आइतवार कार्तिक २ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा

शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप
ताजा समाचार

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता
अन्तर्राष्ट्रिय

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

कागको पूजा किन गरिन्छ ? कुकुर तिहारको दिन लक्ष्मी पूजा

आज काग तिहार, किन गरिन्छ कागको पूजा ? लक्ष्मी पूजा कहिले ?

आइतवार कार्तिक २ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा

शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.