इरानमा इजरेली हमलापछि चर्चामा रहेको प्रिभेन्टिभ वार के हो ?

१२ कार्तिक ,एजेन्सी ।

इरानले इजरायलमा १ अक्टोबरमा झण्डै २०० मिसाइल हानेको थियो । यो हमला इजरायली राजधानीसम्मलाई निशाना बनाएर गरिएको थियो । त्यसपछि जबाफस्वरुप इजरायलले पनि शनिबार इरानमा स्ट्राइक गर्यो ।

यो हमला पनि तेहरानसम्मै गरिएको थियो, र इरानी सैन्य साइटहरुलाई क्षति पुर्याइयो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानले ठूलो नोक्सानी भोगेको दाबी गरे । र पनि इजरायलले इरानमा हमला गर्दा उसका पावर ग्रिड, परमाणु केन्द्रहरु र नागरिकहरुको संस्थान, आवासिय क्षेत्रमालाई टारगेट नबनाउनेमा निकै सचेत बन्यो ।

Advertisement

रक्षा विशेषज्ञहरु भन्छन्, कि इराजयलले यो तरिका रोज्नुमा युद्धलाई ठूलो स्तरमा फैलन नदिनुकासाथै इरानलाई आफूले जवाफ दिने संदेश पनि दिनु रहेको छ । इजरायलले गरेको जस्तो यस्ता हमलालाई प्रिभेन्टिभ वार भनिन्छ ।

यो युद्धको त्यो रणनीतिलाई भनिन्छ, जतिबेला हमला गर्ने देशले सोचिसम्झी शत्रुमाथि आक्रमण गर्ने साथै युद्ध धेरै भीषण नहोस् भन्नेका लागि सावधानी पनि अपनाउने । यस्तो स्थितिमा प्रायः हमला गर्ने देशले विरोधीलाई आफ्नो शक्ति देखाउन र त्यसको अनुभुत गराउनका लागि मात्रै अट्याक गरेका हुन्छन् ।

यस्तो खालको प्रिभेन्टिभ वार त्यतिबेला हुन्छ, जतिबेला पहिला कसैले हमला गरेको हुन्छ र त्यसलाई जवाफ फर्काउनु पर्ने हुन्छ । प्रिभेन्टिभ वार अन्तर्गत प्रायसः पहिला आक्रमण झेलिसकेको देशले जवाफ त दिन्छ तर त्यसको तिब्रता त्यति धेरै हुँदैन कि त्यसले भीषण युद्धको रुप लेओस् ।

खासगरी यसको उद्येश्य नै आफूलाई कम नआक्न संदेश दिनु हो । प्रिभेन्टिभ वार्स शीर्षकमा लेखिएको एक शोधपत्रमा लस एबिन्क र लु डन्ग लेख्छन्, एक नयाँ शक्तिको उदय वा नयाँ चुनौती आउँदा प्राय शक्तिशाली देशहरु प्रिभेन्टिव वारको स्थितिमा रहन्छन् ।

यस्तो स्थिति दुईतर्फी बारगेनिंग गेमको जस्तै हुन्छ । प्राय नयाँ उदाइरहेको शक्तिको स्थितिमा यस्तो हुनेगरेको छ । जब उसंग मुकाबिलाका लािग पुरानो शक्तिले आफ्नो शक्ति प्रदर्शन गर्छ । यस्तै प्रयास इजरायलले पनि गरेको हो ।

डिफेन्स एक्सपटर््स भन्छन्, बेन्जामिन नेतन्याहुले घरेलु दबाामा यो स्तरको हमला गरेका हुन् । ताकी संदेश जाओस कि इरानलाई कडा जवाफ दिइयो र युद्ध पनि धेरै नबढोस् । यतिमात्रै होइन इजरायलको तर्फबाट सिमित अट्या इरानकालागि पनि फाइदाजनक रह्यो ।

इरानका अघि अब इजरायलको हमलाको जवाफ दिनुपर्ने चुनौती खासै रहनेछैन । इरान सरकारका अघि घरेलुस्तरमा यो दबाव छैन कि उसले इजरायललाई हरहालतमा जवाफ देओस् । यस प्रकारले एक सिमित युद्धको स्थिति बनेको छ जसलाई प्रिभेन्टिभ वार भन्ने गरिएको छ ।

अमेरिकाको पनि इजरायललाई यही सुझाव थियो कि उसले इरानलाई थप भड्काउने गरी हमला नगरोस् । यही सुझाव इजरायलले मानेको देखिन्छ । अमेरिका चाहान्छ कि इजरायल हमास र हिज्बुल्लाहसंग लडिरहोस् तर इरानसंग ठूलोस्तरको युद्धमा नहोमियोस् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top