दिल्ली उड्ने तयारीमा रहेको एयर इन्डियामा फेरि बमको हल्ला

११ कात्तिक ८१, सोमबार

१२ कार्तिक , काठमाण्डौ।

काठमाडौंमा आएको एयर इन्डियाको जहाजमा फेरि बम रहेको सूचना आएपछि त्रिभुवन विमानस्थलमा तनाव देखिएको छ । दिल्ली फर्किने तरखरमा रहेको भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि जहाजमा बसिरहेका यात्रुहरूलाई ओरालेर जाँच गर्न थालिएको छ।

एआई २१६ उडान नम्बरको यो विमानबाट दिल्ली जाने ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् । बमको सूचनापछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् । जाँचका लागि नेपाल प्रहरीका कुकुरहरू पनि परिचालन गरिएको छ ।

Advertisement

बमको हल्लाका कारण उक्त जहाज नजिकै रहेको हिमालय एयरलायन्सको विमानलाई हटाइएको विमानस्थलका अधिकारीले बताए । सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएको थिए ।

‘दिल्लीमा रहेको एयर इन्डियाको कार्यालयबाट काठमाडौं विमानस्थललाई बम रहेको खबर आयो,’ स्रोतले भन्यो, ‘उता कुनै समूहले काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको खबर गरेको रहेछ ।

Advertisement

हाम्रो सुरक्षा निकायले उक्त विमानलाई प्रोटोकल अनुसार जाँच गर्न थालेका छन् ।’ ६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो ।

तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन । पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ । यसले भारतको विमान सेवामै तनाव सिर्जना गराएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अघिल्लो साताको शनिबार मात्र भारतमा एकैदिन ३० वटा धम्कीका सूचना बाहिर आएका थिए ।

यसरी बम राखेको भन्दै गलत सूचना राख्नुको कारण पत्ता लागेको छैन । यद्यपि, कतिपय सञ्चारमाध्यमले यस्ता धम्कीलाई खालिस्तानी अभियानसँग जोडेर हेरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top