धनतेरसमा सुनचाँदी, भाँडाकुँडा किन किन्ने ?

१२ कात्तिक ८१, मंगलबार

१३ कार्तिक , काठमाण्डौ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन अनुसार आज नयाँ भाडा किनमेलका लागि चहलपहल बढेको छ । विशेषगरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ ।

आजबाट सुरु भएको तिहार र धनतेरसको महत्वको खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । विशेषगरी सर्वसाधारण धनतेरसका दिन सुनचाँदीका सामान किन्छन् ।तर सुनचाँदीका सामानको विकल्पमा हिजोआज तामाका भाँडाकुँडाले समेत पूरा गर्न थालेका छन् ।

Advertisement

सुनचाँदीका सामान किन्न नसक्नेले तामाका कलशदेखि विभिन्न सामग्री किन्ने गरेको व्यवसायी बताउँछन्  । धनतेरसमा लक्ष्मी, गणेशलगायत भगवानका प्रतिमा, कछुवा, खड्कुला, गाग्री, माना, पाथीलगायत तामाका भाँडा धेरै बिक्री हुन्छन् ।

साथै काँसका भाँडाकुँडा पनि बिक्री हुने गरेको व्यवसायी बताउँछन् । धनतेरसका दिन यस्ता सामान किनेर पूजा गरे धनसम्पत्ति जोगिने जनविश्वाससमेत छ । तामाबाट बनेका आरती थाली, कलश, दियो, करुवा, पानस किन्ने गर्छन्  ।

Advertisement

पूजामा प्रयोग हुने सामग्री भएको खण्डमा तामा तथा काँसका अन्य भाडा किन्ने गरेको व्यवसायी बताउँछन् । धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउन निकै फलदायी हुनेछ ।

आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वाससमेत रहेको छ । आज मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइदैछ ।

तिहारको पूर्व सन्ध्यामा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताएका छन् ।

पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ ।

मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । काग तिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती पनि बुधबार नै मनाइन्छ ।

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औंसी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हःपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top