रास्वपाले बालुटार घेरा हाल्यो, प्रधानमन्त्रीविरुद्ध नाराबाजी

१२ कात्तिक ८१, मंगलबार

१३ कार्तिक ,काठमाण्डौ।

पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको बालुवाटार केन्द्रित प्रदर्शनमा डेढ दर्जन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र अघि प्रर्दशनको तयारी गरिरहेको अवस्थामा सांसदसहित नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि वालुटार तनावग्रस्त बनेको छ।

उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका छन् । पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसद अशोक चौधरी सहित उनीहरू पक्राउ परेका हुन् । अन्य पक्राउ पर्नेहरुमा इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ, अशोक चौधरी, प्रदीप विष्ट – काठमाडौँ ,सुरेश पोख्रेल – झापा, ध्रुव ढकाल – सिन्धुपाल्चोक नवराज भण्डारी – काठमाडौँ ७ , प्रकाश लामिछाने – गोर्खा ,रक्षा रायमाझी – काठमाडौँ , साहिल प्रयास – नुवाकोट , सबि खड्का – ललितपुर , बुद्धरत्न महर्जन – ललितपुर , दयाराम नेपाल– सिन्धुपाल्चोक , सुरेन्द्रराज अवाले – ललितपुर, शैलेन्द्र खत्री – भक्तपुर , उमेश लामा – सिन्धुपाल्चोक , खुसीराम कैनी – तनहुँ, नवराज मुडभरी – गोर्खा रहेका छन् ।

Advertisement

पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन तय गरेको छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

रास्वपाले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले सभापतिलाई पक्राउ गरेको दावी गर्दै आएको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपाले बालुवाटारमा तय गरेको प्रदर्शनको सुरुवातमै प्रहरीले हस्तक्षेप गरेको छ ।

Advertisement

१२ बजे तय भएको प्रदर्शनअघि नै बालुवाटार पुगेका एक दर्जन भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै ती नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।

रास्वपाका नेता गणेश पराजुलीले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने तय भएकाले प्रहरीले हस्तक्षेप गर्नु निन्दनीय भएको बताएका छन् । प्रहरीले अहिले निषेधित क्षेत्रमा प्रवेश नगर्न र गरेको खण्डमा पक्राउ गर्ने चेतावनीसहित माइकिङ गरिरहेको छ।

यस्तै रास्वपाका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । उता लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीबाट बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान हुने भएको छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीमा भएको अनुसन्धान सकिएलगत्तै उनलाई अन्यत्रका सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिएको छ । त्यसका लागि तयारी थाल्न सम्बन्धित जिल्लाहरुलाई निर्देशन दिइसकिएको स्रोतले बताएको छ ।

लामिछाने प्रबन्धक निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शनसहित ५ वटा सहकारीको रकम लगानी भएको देखिएको थियो । त्यसरी रकम गएको सबै सहकारीको अनियमिततामा रविलाई जिम्मेवार बनाइने अधिकृतहरुको भनाइ छ ।

सुर्यदर्शनपछि उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी संस्थामा भएको बचतकर्ताको रकम अनियमितामा पनि अनुसन्धान हुनेछ ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय समितिमा पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा समितिका सदस्य रास्वपाका सांसद डा. चन्दा कार्कीले यस्तो अनुरोध गरेकी हुन् ।

गृहमन्त्री रमेश लेखक सहभाागी बैठकमा उनले भनिन्, ‘रवि लामिछानेज्यूले आफ्नो बयान र प्रमाण संसदीय समितिमा पेश गरिसकेको अवस्था छ । उहाँले कुनै प्रमाण नष्ट गर्नुहुँदैन । उहाँ भागेर जाने व्यक्ति पनि होइन । गृहमन्त्रीलाई मेरो अनुरोध छ । रवि लामिछानेलाई थुना मुक्त गरेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु ।’

समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएको थियो, तर नआएकोमा सांसद कार्कीले समितिको बैठकमार्फत प्रधानमन्त्रीलाई आफूले यसअघि बोलेको कुरा नफेर्न आग्रह गरेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top