×

NEPAL TIMES UPDATES

Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026

इजरायलको ‘आइरन बिम’ लेजर सुरक्षा प्रणाली के हो ?

१३ कार्तिक २०८१

१३ कार्तिक ,एजेन्सी ।

इजरायलको रक्षा मन्त्रालयले ‘आइरन बिम’ नामक लेजर वायु सुरक्षा प्रणालीको विकास तीव्र पारेको छ । यसका लागि उसले ५३ करोड डलर छुट्याएको जनाएको छ । “रक्षा मन्त्रालयले लेजर अवरोधक प्रणाली ‘आइरन बिम’ को खरिद उल्लेखनीय रूपमा बढाउन लगभग दुई अर्ब अरब शेकेल (इजरायली मुद्रा) बराबरको ठूलो सम्झौतामा हस्ताक्षर गरेको छ”, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement

यो प्रणाली लेबनानको हिजबुल्लाहले गाजामा युद्ध सुरु भएयता आफ्नो प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा इजरायलमाथि प्रहार गरिरहेको ड्रोन र अन्य प्रक्षेप्यास्त्रहरूको अवरोध सुधार गर्न लक्षित छ ।

आइरन बिम अधिक परिचित आइरन डोम जस्ता अन्य हवाई सुरक्षा क्षमताहरूको पूरक हुनेछ ।यी प्रणालीहरूले लेबनानी सशस्त्र समूहद्वारा प्रक्षेपण गरिएका सबै प्रक्षेप्यास्त्रहरूलाई रोक्न नसक्दा नागरिक र सैन्य क्षति भएको छ ।

विज्ञप्तिअनुसार रक्षा मन्त्रालयले रक्षा कम्पनीहरू राफेल र एल्बिटसँग काम गर्नेछ । मन्त्रालयका महानिर्देशक एयाल जमिरले नयाँ प्रणाली ‘एक वर्षभित्र सञ्चालनमा आउने’ आशा गरेको विज्ञप्तिमा उल्लेख छ ।

राफेल एड्भान्स्ड डिफेन्स सिस्टम्स इजरायलको राष्ट्रिय रक्षा अनुसन्धान तथा विकास निकाय हो । रक्षा कम्पनी एल्बिटले अर्को छुट्टै विज्ञप्तिमा मन्त्रालयले आइरन बिम विकास गर्न विशेष रूपमा करिब २० करोड डलरको सम्झौता प्रदान गरेको जनाएको छ ।

इजरायलले सेप्टेम्बरको अन्त्यमा गाजामा हमास र लेबनानमा हिजबुल्लाहसँग युद्धरत रहेको बेला आठ अर्ब ७० करोड डलर बराबरको नयाँ अमेरिकी सैन्य सहायता प्याकेज प्राप्त गरेको घोषणा गरेको थियो ।

मन्त्रालयले उक्त सहायताको पाँच अर्ब २० करोड डलर वायु सुरक्षा प्रणालीहरूका लागि छुट्याइएको बताएको छ । यसमा ‘विकासको अन्तिम चरणमा रहेको उन्नत उच्च–शक्ति लेजर सुरक्षा प्रणालीको निरन्तर विकासलाई समर्थन’ समावेश छ ।

सन् २०२१ को एउटा परीक्षणपछि रक्षा मन्त्रालयले एउटा सानो विमानमा रहेको लेजर प्रणालीले एउटा ड्रोनमाथि ऊर्जा किरण प्रहार गर्दा यसले प्वाल पारेर आगो लगाएको देखिने भिडियो प्रकाशित गरेको थियो ।

इजरायलको वर्तमान वायु सुरक्षामा बहुस्तरीय कवच छ । यसले अक्टोबर १ मा इरानद्वारा प्रक्षेपण गरिएका करिब दुई सय मिसाइलमध्ये ठूलो सङ्ख्या अवरोध गर्न मद्दत गरेको थियो । आइरन डोमले गाजा र लेबनानबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्र र रकेटहरू जस्ता छोटो दूरीका क्षेप्यास्त्रहरूविरुद्ध सुरक्षा प्रदान गर्छ ।

डेभिड्स स्लिङ्ग र एरो मिसाइलका क्रमिक पुस्ताहरू ब्यालिस्टिक मिसाइलहरू खसाल्न अमेरिकी सहायताद्वारा भुक्तानी गरिएको र निर्माण गरिएको इजरायली–अमेरिकी प्रविधि हुन् ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top