भारतकै पदचापमा ब्राजिल,अमेरिका रिसाउने डरले  BRI बाट बाहिरियो

१२ कात्तिक ८१, मंगलबार

१३ कार्तिक , काठमाण्डौ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने र सोक्रममा बीआरआईमा थप प्रगति हुने चर्चा चलिरहँदा उता ब्राजिलले भने चीनलाई बीआरआई (बेल्ट एन्ड रोड इनिशिएटीभ) का लागि ठाडै अस्वीकार गरिदिएको छ ।

ब्रिक्समा समेत रहेको ब्राजिलले चीनको महत्वकाँक्षी परियोजना बीआरआईको सदस्य नबन्ने बताएको हो।यससंगै ब्रिक्समा ब्राजिल दोस्रो राष्ट्र बनेको छ बीआरआईलाई नस्वीकार्ने । यसअघि भारतले पनि यो परियोजनालाई अस्वीकार गरिसकेको छ ।

ब्राजिलका राष्ट्रपति लूला डी सिल्भाको अंतर्राष्ट्रीय मामिलाका विशेष सल्लाहकार सेल्सो एमोरिमले भने, ’ब्राजिल, चीनको बेल्ट एन्ड रोड इनिशिएटिभमा सामेल हुँदैन र यसको साटो चिनियाँ लगानीको वैकल्पिक बाटोहरु खोज्नेछ।’

मिडिया रिपोर्ट्सका अनुसार, सेल्सो एमोरिमले भने ब्राजिल, चीनका साथ आफ्नो सम्बन्धलाई नयाँ स्तरमा लैजान चाहान्छ तर बिना कुनै अनुबन्धमा हस्ताक्षरसहित । ब्राजिलको घोषणा चीनको कम्युनिस्ट सरकारका लागि ठूलै झट्का हो, खासगरी यतिबेला जब चीनका राष्ट्रपति सि जिनपिंग २० नोभेम्बरमा ब्राजिलको आधिकारिक भ्रमणमा जान लागेका छन् ।

चीनको प्रयास थियो कि सि जिनपिंगको ब्राजिल यात्रालाई राजकीय यात्राको मुख्य आकर्षण बनाउने, तर अब ब्राजिलले परियोजनाबाटै बाहिरिएर चीनको सो योजनामा पानी खन्याइदिएको छ । यसैपनि पहिलादेखि नै ब्राजिलमा बीआरआई प्रोजेक्टविरुद्ध आवाज उठिरहेको थियो ।

ब्राजिलको अर्थव्यवस्था र विदेश मालिाहरुका कयौ अधिकारीहरुले चीनको अर्बौ डलरको बीआरआई प्रोजेक्टमा ब्राजिल सहभागि हुनेमा विरोध गर्दै आएका छन् । उनीहरुको भनाइ छ कि चीनको यो प्रोजेक्टमा सहभागि भएर ब्राजिललाई तत्कालै कुनै फाइदा हुँदैन र यसका कारण ब्राजिलको अमेरिकासंगको सम्बन्ध पनि बिग्रन सक्छ ।

केही दिनअघि ब्राजिलका राष्ट्रपतिका विशेष सल्लाहकार एमोरिम र राष्ट्रपतिका चीफ अफ स्टाफ रुई कोस्टा बेजिंग भ्रमणमा पुगेका थिए । जहाँ उनीहरुले चिनियाँ अधिकारीहरुका साथ बीआरआई प्रोजेक्टमा चर्चा गरेका थिए ।

मिडिया रिपोर्ट्सका अनुसार, ब्राजिलका दुवै नेताहरु यो प्रोजेक्टबाट असंतुष्ट र अप्रभावित भएर फर्किएका थिए । ब्रिक्स संगठनको सदस्य देश ब्राजिलअघि भारतले पनि चीनको यो प्रोजेक्टमा सहभागि हुन अस्वीकार गरिसकेको छ ।

भारत पहिलो देश थियो जसले यसमा आपत्ति जनाएको थियो र बीआरआईको खुलेर विरोध गरेको थियो । बीआरआई प्रोजेक्टअन्तर्गत नै चीनले चीन–पाकिस्तान आर्थिक करिडोरको निर्माण गरिरहेको छ ।

यो प्रोजेक्ट पाकिस्तानको अधिनमा रहेको कश्मीरक्षेत्रसंग पनि जोडिएको छ । जसमा नै भारतले संप्रभुताको उल्लंघन भएको भन्दै विरोध जनाएको हो । पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरलाई भारतले आफ्नो हिस्सा मान्दछ, यहि कारण हो कि भारतले चीनको यो प्रोजेक्टको खुलेर आलोचना गर्दै आएको छ ।

उता ब्राजिललाई पनि बीआरआई प्रोजेक्टमा सामेल नहुन अमेरिकाले दबाब दिदै आएको थियो । उसले ब्राजिलको बीआरआईम सहभागित हुने यसअघिको निर्णयमा समीक्षा गर्न भन्दै आएको थियो । यता चीन भने अमेरिकाको यो कदमबाट रुष्ट छ ।

उसले आरोप लगाएको छ कि अमेरिका ब्राजिल र अन्य ल्याटिन अमेरिकी देशहरुलाई चीनविरुद्ध भड्काई रहेको छ । ब्राजिलभन्दा पहिला फिलीपींस र इटालीले पनि बीआरआई प्रोजेक्टको सदस्य बन्न अस्वीकार गरेका थिए ।

अब अफ्रीकाको यो सानो देश ब्राजिलले पनि चीनको बीआरआई प्रोजेक्टको हिस्सा नबन्ने बताएको हो । चीनले सन २०१३ मा ग्लोबल कनेक्टिविटी र सहयोगलाई बढावा दिने उद्देश्यले बीआरआई (बेल्ट एंड रोड इनिशिएटिभ) योजनाको शुरुआत गरेको थियो ।

यो परियोजनाको उद्देश्य चीनलाई दक्षिण पूर्व एशिया, मध्य एशिया, खाडी देशहरु, अफ्रीका र यूरोपसंग समुद्री र स्थल मार्गहरुले जोड्नु हो । यसअन्र्तगत चीनले विभिन्न देशहरुमा पूर्वाधारहरुको विकास गर्न सहयोग गरिरहेको छ र रेलवे, बंदरगाह, राजमार्ग र ऊर्जा पूर्वाधारहरुको निर्माण गरिरहेको छ ।

यो प्रोजेक्टबाट चीनको आर्थिक शक्ति कयौं गुणा बढ्ने अनुमान गरिएको छ । यद्यपि, चीनको परियोजना कैंयन प्रश्नहरुले घेरिएको छ । आलोचकहरुको भनाइ छ कि चीनले यो परियोजनामार्फत कयौं साना देशहरुलाई आफ्नो रिणको पासोमा पारिरहेको छ ।

जब ती देशहरुले रिण तिर्न सक्दैनन त्यतअवस्थामा चीनले ती देशहरुको रणनीतिक रूपले महत्वपूर्ण रहेका सम्पत्तिहरुमा कब्जा गर्छ । वा ती देशहरुबाट राजनीतिक लाभ लिन खोज्छ।

भारतले पनि चीनको बीआरआई प्रोजेक्टमा पारदर्शिताको कमी रहेको भन्दै आरोप लगाएको छ र भनेको छ, चीनले अंतर्राष्ट्रिय मापदण्ड, कानूनी शासन र वित्तीय स्थिरताको सम्मान गर्नुपर्छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top