क्रिकेटको जननी इङ्ल्यान्डमाथि नेपालको ऐतिहासिक जित

१५ कात्तिक ८१, शुक्रबार

१६ कार्तिक ,एजेन्सी ।

क्रिकेटको जननी मानिने इङ्ल्यान्डलाई नेपालले पराजित गरेको छ। नेपालले ‘हङकङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । कुनै पनि प्रतियोगितामा नेपालले इङ्ल्यान्डलाई पराजित गरेको यो पहिलो पटक हो ।

हङकङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए ।

Advertisement

उनले १२ बलमा चार चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन् । उनी अविजित रहे। जारी प्रतियोगितामा यो नै पहिलो अर्धशतक हो। ५० रन बनाएसँगै रिटायर्ड हर्ट हुनुपर्ने नियमअनुसार उनीले कृज छाड्न परेको थियो।

तर, त्यसपछि आएका रशिद खानले पाँच बलमै दुई चौका र दुई छक्कासहित अविजित २१ रन बनाएपछि नेपालको जित पक्का भएको हो। सन्दीपसँगै ओपनिङमा उत्रिएका लोकेश बमले पनि अविजित रहँदै ११ बलमा एक चौका र दुई छक्कासहित २० रन बनाए।

Advertisement

त्यसअघि मिसन रोड ग्राउन्ड हङकङमा टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले ५.५ ओभरमा सबै विकेट गुमाउँददै ९७ रन बनाएको थियो। रवि बोपराले सर्वाधिक ४९ रन बनाए। १२ बल खेलेका उनले सात छक्का र एक चौका प्रहार गरे।

समित पटेल ३९ रनमा आउट हुँदा इङ्ल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई विकेट लिए। नारायण जोशी र लोकेश बमको नाममा समान एक विकेट रह्यो। सानदार जित दिलाउन अर्धशतक प्रहार गरेका कप्तान सन्दीप जोरा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।

नेपालले भोलि अष्ट्रेलियासँग खेल्नेछ । क्रिकेट हङकङ, चीनको आयोजनामा जारी प्रतियोगितामा नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी भने ज्ञानेन्द्र मल्लले पाएका छन्। टोलीमा सन्दीपसँगै लोकेश बम,नारायण जोशी, विवेक यादव, प्रतिश जि.सी, दिपेन्द्र रावत र राशिद खान छन्।

उता इंग्ल्याण्डमा रवि बोपाराको कप्तानीमा जेम्स कोल्स, एथन ब्रुक्स, जोर्डन थम्पसन, समित पटेल, एलेक्स डेभिस र एड बर्नार्ड रहेका छन् । नेपालले हङकङमा ’द हङकङ सिक्सेस’ मा पहिलोपल्ट सहभागिता जनाएको हो ।

सन् १९९२ देखि शुरु भएको प्रतियोगिताको १९ औं संस्करण हङकङको मिसन रोड क्रिकेट मैदानमा कात्तिक १६ देखि नोभेम्बर ३ अर्थात् कात्तिक १८ गतेसम्म हुनेछ । प्रतियोगितामा १२ टोलीको सहभागिता छ ।

यो प्रतियोगितामा नेपालसँगै अष्ट्रेलिया, इङल्यान्ड, साउथ अफ्रिका, न्युजिल्याण्ड, हङकङ, भारत, पाकिस्तान, युएई, श्रीलंका, बंगलादेश र ओमान सहभागी छन्। नेपाल इङल्यान्ड र अस्ट्रेलिया रहेको ग्रुप बीमा छ।

पछिल्लो संस्करण सन् २०१७ मा भएको थियो । त्यसबेला पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिकाले उपाधि जितेको थियो । यो प्रतियोगितामा हासिल गरेका उपलब्धिले अन्तर्राष्ट्रिय मान्यता पाउने छैनन् ।

यो प्रतियोगितामा एउटा टिमले एक खेलमा समान ५ ओभर बलिङ÷ब्याटिङ गर्न पाउँछ । यस्तै, यस प्रतियोगितामा एक खेलाडीले एक ओभर मात्र बलिङ गर्न पाउने नियम छ । प्रतियोगिताको फाइनलमा भने ८ बलको एक ओभर हुनेछ ।

एक टोलीमा ६ खेलाडी राख्न पाउने व्यवस्था छ । ब्याटर ३१ रन बनाएपछि रिटायर्ड हर्ट हुनुपर्ने छ । तर, आवश्यकता परे उनी पुनः ब्याटिङका लागि आउन सक्छन् । यस्तै, प्रत्येक वाइड र नो बलमा विपक्षीलाई दुई रन प्रदान गरिनुका साथै थप एक बल दिइनेछ । प्रतियोगितामा आजै अन्य ८ खेल हुनेछन् भने सेमिफाइनल र फाइनल आइतबार हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top