रवि हिरासत पुगेको दुई सातामा रास्वपामा रडाको

१५ कात्तिक ८१, शुक्रबार

१६ कार्तिक , काठमाण्डौ।

सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुशन्धान सुरु भएपछि उनको हिरासत बसाई लम्बिएको छ ।

अदालतले दोस्रो पटक दिएको ७ दिनको समय १४ गते सकिएपनि उनी तिहार बिदाकै कारण कास्की प्रहरीको हिरासतमा छन् । उनलाई २० गते अदालत उपस्थित गराइने तयारी छ । अहिलेसम्मको बयानमा रविले विगत जस्तै सबै इन्कारी बयान दिएका छन् ।

Advertisement

पार्टी सभापति हिरासत पुगेपछि अहिले उनको पार्टी भित्र भने रडाको सुरु भएको खबर बाहिरिएको छ । पार्टी उपसभापतिले रविको न्यायका लागि भन्दै प्रधानमन्त्री, गृहमन्त्रीसहितलाई हार गुहार गरेको खबर बाहिरिएपछि यसले पार्टी भित्र सरकारमाथि दबाब बढाउनु पर्ने मत राख्नेहरु असन्तुष्ट भएका छन् ।

फेरि आन्दोलनको नेतृत्व पार्टीका अर्का उपसभापति स्वर्णिम वाग्लेलाई दिइएको भएपनि उनीविनानै अयौल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीसहितलाई भेटेपछि यसले समेत पार्टी भित्र थप असन्तुष्टि चुलिएको बताइएको छ ।

Advertisement

अर्काे तर्फ आर्यलले अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन्। उनले केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग गरेको भेटघाटलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति पनि आपत्ति जनाएका छन् ।

उनले सामाजिक संजालमार्फत भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियोरु यो बहसको विषय बनिरहँदा सभापति कानुनी लडाइँमा हुनुहुन्छ। र उहाँले कानुनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौँ।’

सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गरेका छन्। उनले थपेका छन्,‘बिना अनुमति अरूको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध९संहिता २०७४ प्रतिकूल कार्य गरिएको छ। सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था छ।’

निजी टेलिफोनबाट आफूले गरेको संवाद नियोजित ढङ्गले गैरकानुनी प्रचार गरेको भन्दै आपत्ति जनाए। उनले थपेका छन्, ‘मैले मेरो निजी टेलिफोनबाट को सँग, के(के संवाद गरे र गर्दै छु भन्ने सूचना प्राप्त गर्नको लागि नियतवश नियोजित ढङ्गले गैरकानुनी र अनधिकृत रूपले मेरो अनुमति र स्वकृति बेगर जासुसी तरिकाले बदनियतका साथ वैयक्तिक गोपनीयता माथि दखल पु¥याएको हुँदा निजलाई कानुनी कारबाही गरियोस्। कानुनी प्रक्रियामा जाने नै छु।’

सभापति लामिछाने पक्राउ परेपछि उपसभापति अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए भने परराष्ट्रमन्त्री आरजु राणालाई भेट्न समय मिलाउन भन्दै म्यासेज गरेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।१५ दिनदेखि सभापति रवि लामिछाने कास्की जिल्लाको प्रहरी हिरासतमा छन्।

राजनीतिक प्रतिशोधका लागि उनलाई थुनिएको भन्दै रास्वपाले विरोध गरिरहेको छ। कात्तिक १० गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापति रहेको आन्दोलन सञ्चालन मूल समिति र अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा राजनीतिक नागरिक संवाद समिति बनाएको छ।

अर्याल नेतृत्वको समितिको मुख्य काम नै सरकारलाई दबाब दिन देशका विभिन्न स्थानमा आन्दोलन र प्रदर्शन गर्ने हो। तर, आन्दोलन प्रभावकारी हुन सकेको छैन। अन्य राजनीतिक दलसँग संवादको जिम्मेवारी पाएका डा. वाग्लेलाई छलेर अर्यालले प्रधानमन्त्री र गृहमन्त्री भेटेपछि नेताहरू रुष्ट बनेका हुन्।

सभापति रविले समेत अर्यालको कार्यशैली ठीक नभएको महसुस गर्न थालेका छन्। बिहीबार मात्र उपसभापति अर्यालले रविसँग भेट गरेका छन्। उनले आफूले सभापति लामिछानेसँग भेटघाट गरेको र तिहार, छठजस्ता पर्वमा नागरिकलाई दुःख दिने गरी कार्यक्रम नगर्न आग्रह गरेको बताएका छन् ।

‘म आज बिहान पार्टी सभापतिलाई पनि भेट्न गएको थिएँ,’ अर्यालले हिजो भेटपछि भनेका थिए , ‘सभापतिज्यूसँग पनि कुरा हुँदा तिहार र छठमा नागरिकलाई दुःख दिनुहुँदैन, म आफ्नो लडाइँ लडिहाल्छु भन्नुभएको छ।’ तिहारपछि के कसरी अघि बढ्ने भन्ने विषयमा भने पार्टीमा छलफल भइहेको उनको भनाइ छ।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा लगिएको थियो। उनको पक्राउविरुद्ध रास्वपाले लगातार सडकमा प्रदर्शन गरिरहेको छ। सरकारले राजनीतिक प्रतिशोध साँधेर आफ्ना सभापतिलाई पक्राउ गरेको रास्वपाको आरोप छ।

रविमाथि राजनीतिक प्रतिशोध साँधेर बदनियत राखी पक्राउ गरी हिरासतमा राखेको भन्दै उसले आपत्ति जनाएको छ । यसअघि अर्याल लगायतले रविका लागि प्रधानमन्त्रीलाई भेटेको प्रति एमाले नेताले समेत आश्चर्य ब्यक्त गरेका थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले भने रास्वपा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ताको हारगुहार गरेको दाबी गरेका थिए ।

‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति÷राति कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुप¥यो लौ न’भनेर हारगुहार गर्दा हुन् ?’ रिजालले फेसबुकमा लेखेका छन् । राजनीतिमा धैर्य र इमान चाहिने भन्दै उनले थपेका छन्, ‘यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानूनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहाँले चाहँदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top