ह्वाइट हाउस र डाउनिङ स्ट्रीटमा पनि लक्ष्मीपूजा !

१५ कात्तिक ८१, शुक्रबार

१६ कार्तिक , एजेन्सी ।

विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र अर्काे शक्ति राष्ट्र संयुक्त अधिराज्य बेलायतमा समेत यसवर्षको दीपावली मनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस र बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटमा समेत दीपावलीको दीप प्रज्वलन गरिएको छ ।

दुवै देशमा उल्लेखीय संख्यामा रहेका हिन्दु समुदायको दोस्रो ठूलो चाड तिहार अन्र्तगतको लक्ष्मीपूजाका दिन अमेरिका र बेलायतमा समेत मनाइएको छ।राष्ट्रपति निर्वाचनको अन्तिम तयारीमा रहेको अमेरिकाको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व दिपावलीको अवसरमा दीप प्रज्वलन तथा लक्ष्मी पूजा आयोजना भएको छ ।

Advertisement

राष्ट्रपति भवनमा आयोजित दिपावलीमा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस पनि सहभागी थिइन् । ह्यारिस हिन्दू धार्मिक परिवारकी हुन् । राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावलीको उत्सव आरम्भ गरेका थिए ।

दीपावलीमा करिव ६ सय जना दक्षिण एसियाली हिन्दू धर्मावलम्वी पाहुनाहरू सहभागी रहेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेन, राष्ट्रपतिका दुबै उम्मेदवार कमला ह्यारिस र डोनल्ड ट्रम्पले पनि अमेरिकामा रहेका सबै हिन्दू धर्मवालम्वीहरूलाई शुभकामना दिएका छन् ।

Advertisement

उता बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले दीपावली प्रधानमन्त्री कार्यालयमै मनाएका छन्। प्रतिपक्षी नेता तथा बेलायतका प्रथम हिन्दू प्रधानमन्त्री ऋषि सुनकले टोरिज दलको नेताबाट राजीनामा दिएका छन् ।

दीपावलीकै दिन नेता भएर सोहि दिन राजीनामा दिएको उनले बताएका छन्। दीपावली सन्देशमा बेलायती प्रधानमन्त्री केइर स्टार्मरले भनेका छन, ‘ शुभ दिवाली ।’ प्रधानमन्त्रीको निजी तथा कार्यालय दुवैको सामाजिक संजालबाट दीपावलीको शुभकामना दिइएको छ ।

अन्धकारलाई उज्यालोले जित्ने, सबै भेला हुने र प्रकाशको पर्व भन्दै प्रधानमन्त्रीले शुभकामना दिएका छन्। अमेरिकामा ३३ लाख हिन्दुको बसोबास रहेको अनुमान छ । उता बेलायतमा भने साढे १० लाख हिन्दुको बसोबास रहेको पछिल्लो तथ्याङकले देखाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top