×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

रंगशालामा देश छोडसम्मको नारा,नेताहरुको घट्दो क्रेज

१६ कार्तिक २०८१

१६ कार्तिक , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो ठूलो दल नेकपा एमालेका संसदीय दलका नेताका रुपमा पहिलो दल नेपाली कांग्रेससहित ७ दलको समर्थनमा सरकारको नेतृत्व गरेको सय दिन पूरा भइसकेको छ । ओली नेतृत्वको सरकारले सय दिनमा गरेका कामहरु सयुक्त रुपमा प्रधानमन्त्री र मन्त्रालयगत रुपमा केही मन्त्रीहरुले सार्वजनिक गरिसकेका छन् ।

Advertisement
Advertisement

सरकारका सय दिनका कामको फेहरिस्त लामो छ । तर सयदिनमा उल्लेखीय उपलब्धि हासिल गरेको बताउदै सय दिन सफल रहेको दाबी गर्ने प्रधानमन्त्री भने सार्वजनिक कार्यक्रममा आलोचनाको केन्द्र बन्दै आएका छन् ।

के काम नगरेकै कारण प्रधानमन्त्री आलोचनाको केन्द्रमा परेका हुन् । यसै कारण उनीविरुद्ध नाराबाजी गर्दै राजीनामा मागिएको हो त ? राजनीतिक इमान्दारिता र नैतिकता भएका देशहरुमा सरकारविरुद्धका आन्दोलन र राजीनामाको माग तथ्यपरक कारणसहित निष्कर्षमा पुग्ने गरी उठाइन्छन् ।

तर यो नेपाल हो, राजीनामा माग्नु र त्यसलाई वेवास्ता गर्नु नियमित दिनचर्या जत्तिकै भईसकेको छ । यहाँ सुशासन र नैतिकताको खडेरी लागेको छ । दलविशेष र प्रतिपक्षबाट मात्रै होइन् नागरिक तहमा पनि सरकार र राजनीतिक दलका नेताहरुप्रति आक्रोश चुलिएको छ ।

अझ सामाजिक सञ्जालहरुमा मात्र नभई सार्वजनिक स्थलहरुमा समेत नेताहरुविरुद्धको आक्रोश झन बढेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २ वर्ष अघि ०७८ को मंसिरमा नै नेपालका शीर्ष नेताहरु सहभागि रहेको कांग्रेसको महाधिवेशन कार्यक्रममा अहिले नेताहरुप्रति जनतामा विश्वास मरेको टिप्पणी गरेका थिए ।

उनले भनेका थिए, ‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन। अदालत अदालत जस्तो छैन। यो सबैलाई ठीक लगाउने कसले? राजनीतिले। तर राजनीति ठिक छैन’, लिङ्देनले आफ्नो गाउँघरतिर जनताले नेतालाई नेता नभनेर ‘कुन चाहिँ चोर’ भन्ने गरेको सुनाएका थिए ।

लिङदेनको यो तितो बोलीमाथि सोही कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले आक्रोश ब्यक्त गरेका थिए । उनले भनेका थिए, ‘चोर भन्छन् भन्ने साँचो हो त? हैन। गलत हो। यो के को लागि भनियो भन्ने बुझ्न जरुरी छ।

तानाशाही जन्माउने षड्यन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ। हामी सतर्क हुन जरुरी छ’, प्रचण्डले भनेका थिए । लिङ्देनले गाउँमा सुनिन्छ भनेको त्यो स्वर अहिले शहरमै देखिन, सुनिन थालिसकेको छ ।

पछिल्लो समय देशभित्र र बाहिर प्रधानमन्त्री विरुद्ध नै नाराबाजी हुन थालेको छ । बुधबार नेपाल र बंगलादेशबीच भएको साफ महिला च्याम्पिनसिपको फाइनल खेल हेर्न पुगेका प्रधानमन्त्री ओलीविरुद्ध पनि खेल दर्शकहरुले नाराबाजी गरे ।

यस्तै फाइनलमा नेपालको पराजयको दोष समेत दर्शक र सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रधानमन्त्रीमाथि पोखेका छन् । त्याहा देश छोड्नु पर्ने सम्मका नाराबाजी भएका थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा र कांग्रेस सभापति शेरबहादुर देउवा गत भदौ १० गते काठमाडौंको टुँडिखेलमा गौरापर्वको कार्यक्रममा सहभागी हुँदा नाराबाजी भएको थियो ।

जतिबेला प्रधानमन्त्री र काठमाडौ महानगरका मेयर बालेनबीच असमझदारी देखिएको थियो । तर सरकार र नेतृत्व समस्या सुल्झाउन होइन कानूनी कारबाही तर्फ लाग्यो । त्यस घटनामा सम्लग्न भएको भन्दै पक्राउ परेका सुर्खेतका गोपीराम जैसी, अछामका रामबहादुर बुढा र कञ्चनपुरका दीपक सिंह ठगुन्ना ९÷९ हजार धरौटी बुझाए छुटेका थिए ।

यो घटनापछि सरकारको कदमको अन्य राजनीतिक दलहरुबाट समेत आलोचना भयो । कात्तिकको दोस्रो साता संयुक्त राष्ट्रसंघको महासभामा अमेरिका गएकोबेला समेत प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको थियो ।

असुरक्षाको कारण देखाउदै उनको नेपालीहरुसँगको कार्यक्रम नै स्थगित गरिएको थियो । अहिले फेरि पाहुनाका अघि नै देशको प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएका छन् । नेता र नेतृत्वविरुद्ध सार्वजनिक कार्यक्रममा नाराबाजी हुनुका विभिन्न कारण हुन सक्छन्।

सामान्यतया, यस्तो नाराबाजी राजनीतिक असन्तोष, सरकारका निर्णयहरू प्रति असहमतिका रूपमा, वा कुनै विशेष मुद्दामा जनताले व्यक्त गरेको गुनासोका कारण हुन् सक्छन् । यस्तै आर्थिक समस्याहरू, जस्तै बेरोजगारी, महङ्गी र आर्थिक नीतिहरूका कारण पनि जनताको गुनासो बढ्न सक्छ ।

सरकारले जनताको अपेक्षासँग मेल नखाएको खण्डमा, विशेष गरी समाज सेवा र विकासका कार्यक्रमहरूमा असफलताले पनि जनतामा असन्तुष्टि निम्त्याउन सक्छ । यस्तै विपक्षी दलहरूको प्रभावले समेत नाराबाजीको अवस्था निम्तिने गर्दछ ।

अर्काे तर्फ जरजर बनेको भ्रष्टाचार । धेरै नेताहरूमा भ्रष्टाचारको आरोप लागेका छन्, जसले जनता बीचमा अविश्वास उत्पन्न गराएको छ । सार्वजनिक नाराबाजीले नेतृत्वका लागि चुनौती थप्न सक्छ र यसले जनतासँगको संवादको आवश्यकता पनि दर्शाउँछ।

तर सत्तारुढ दलका नेताहरुले भने रंगशालामा प्रधानमन्त्रीविरुद्ध लगाइएको नाराबाजीलाई भने प्रतिपक्ष दल रास्वपाबाट परिचालित भएको टिप्पणी गरेका छन् । अब प्रधानमन्त्रीकै आलोचना भएपछि सार्वजनिक कार्यक्रममा जानु र त्यसको प्रभाव सामना गर्नु चुनौतीपूर्ण हुन्छ।

आलोचनाले न केवल छवि प्रभावित गर्छ, यसले जनतासँगको सम्बन्ध पनि कमजोर पार्न सक्छ । यसैले जनआक्रोशको कारण खोजेर त्यसको निर्मुल पार्न आवश्यक देखिन्छ ।

Advertisement

भर्खरको समाचार

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top