चाडविक वाल्टनले कर्णाली याक्सबाट खेल्ने

१७ कात्तिक ८१, आइतबार

१८ कार्तिक , विराटनगर ।

नेपाल प्रिमियर लिग (एनपीएल)को टोली कर्णाली याक्सले वेष्ट इन्डिजका चाडविक एन्टोनिओ किर्कपाट्रिक वाल्टनलाई अनुबन्ध गरेको छ । यससंगै अब वेष्ट इन्डिजका पावर हिटरले कर्णाली याक्सबाट एनपीएल खेल्ने भएका हुन् ।

कर्णालीले आइतबार विज्ञप्ति जारी गर्दै ३९ वर्षीय दायाँ हाते ब्याटर वाल्टनलाई अनुबन्ध गरिएको जानकारी दिएको हो । उनी एनपीएलमा लागि कर्णाली याक्सलेले भित्र्याएको तेस्रो विदेशी खेलाडी हुन् ।

Advertisement

यसअघि नै कर्णालीले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका ओपनर ब्याटर बाबर हायतलाई अनुबन्ध गरिसकेको छ । सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध टी२० आईमा डेब्यु गरेको वाल्टनले १९ टी–२०आई खेल खेलेका छन् ।

जसमा उनले २ सय २५ रन बनाएका छन् । त्यस्तै, वेष्ट इन्डिजका लागि उनले २ टेष्ट र ९ ओडिआई म्याच पनि खेलेका छन् । वाल्टनलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले टिम थप मजबुत हुने आशा गरे ।

Advertisement

‘वाल्टन वेष्ट इन्डिजका अनुभवी ब्याटर हुन् । उनको आगमनपछि तीन विदेशी खेलाडी भएका छन्,’ प्रशिक्षक मल्लले भने, ‘टिम थप मजबुद भएको पाएको छु ।’ कर्णाली याक्सको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् ।

यस्तै मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् । तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि कर्णाली याक्समा खेलाडी संख्या १४ पुगेको छ । जसमा एक मार्की खेलाडी, अक्सनबाट अनुबन्ध गरिएका १० खेलाडी र ३ विदेशी खेलाडी छन् ।

अब कर्णालीले १ विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । यस्तै ट्यालेन्ट हन्टबाट १ खेलाडी राख्नुपर्नेछ । प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यादवलाई समावेश गरेको छ ।

त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । यस्तै विदेशी खेलाडिमा हुसेन तलात, बाबर हायत, चाडविक वाल्टन रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top