सोमपाललाई उछिन्दै गुलशनको खराब कीर्तिमान

१७ कात्तिक ८१, आइतबार

१८ कार्तिक , एजेन्सी ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं तीव्र गतिका बलर गुलशन झाले एकदिवसीय क्रिकेटतर्फ धेरै रन दिने नेपाली बलरको कीर्तिमान बनाएका छन् । अमेरिकामा जारी आईसीसी विश्वकप लिग–२ को खेलमा अमेरिकाविरुद्ध गएराति भएको खेलमा उनले ८७ रन दिएर उक्त कीर्तिमान बनाएका हुन् ।

तीव्र गतिका नेपाली बलर गुलशनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर तीन विकेट लिएका थिए । गुलशनभन्दा पहिले नेपालबाट एकदिवसीय खेलमा धेरै रन दिने बलरमा सोमपाल कामी थिए ।

Advertisement

उनले गत वर्ष एकदिवसीय एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध १० ओभरमा ८५ रन खर्चेर २ विकेट लिएका थिए । क्रिकेटको एकदिवसीय खेलमा अहिलेसम्म एकै खेलमा सबैभन्दा धेरै रन दिने बलरमा नेदरल्यान्ड्सका बास डि लिडे छन् ।

लिडेले सन् २०२३ को विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाविरुद्ध १० ओभरमा २ विकेट लिँदै ११५ रन दिएका थिए । गुलशनको खराब प्रदर्शन रहेको गएरातिको खेलमा सोमपाल कामीले भने उत्कृष्ट प्रदर्शन गरे ।

१० ओभरमा ५० रन खर्चेर २ विकेट लिएका सोमपाल ४० औँ ओभरको तेस्रो बलमा गुलसन झा आउट भएपछि क्रिजमा आएका थिए । सो समयमा नेपालको स्कोर १६२ रन थियो । उनले दीपेन्द्र सिंह ऐरीसँग मिलेर आठौँ विकेटका लागि ७३ रनको साझेदारी गरे ।

४७ औँ ओभरमा भान साचलविकको बलमा आउट हुनुअघि उनले २७ बलमा ४६ रन जोडेका थिए । यसक्रममा उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top