Nepal Times
Nepal Times
3
Shares

इजरेयल–अमेरिकालाई खामेनीको चेतावनी

इजरेयल–अमेरिकालाई खामेनीको चेतावनी

१८ कार्तिक ,  एजेन्सी ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले इजरायल र अमेरिकालाई कडा चेतावनी दिएका छन् । खामेनीले इरान र आफ्ना सहयोगीहरूलाई आक्रमण गर्नेहरूलाई कडा जवाफ दिइने बताएका हुन् ।

खामेनीको बयान अक्टोबर २६ मा इरानमा इजरायलले गरेको हमलासँग सम्बन्धित छ । इजरायलको आक्रमणबाट इरानमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो । इरानी सञ्चारमाध्यमका अनुसार खामेनीले भनेका छन्, “शत्रु चाहे इजरायल होस् वा अमेरिका, जसले इरान र इरानका सहयोगीलाई चोट पु¥योउँछ, उसले अवश्य पनि उचित जवाफ पाउने छ ।“

खामेनीले शनिबार विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि भेट गरेका थिए । त्यस क्रममा खामेनी इजरायल र अमेरिकाविरुद्ध धेरै आक्रामक देखिएका थिए । खामेनीले इजरायल र अमेरिकालाई हमलाको धम्की दिए पनि आक्रमणको समय वा दायराबारे विस्तृत बताएका छैनन् ।

अक्टोबर २६ मा इजरायली हमलापछि ८५ वर्षीय खामेनीले संयम अपनाएका थिए । त्यतिबेला उनले इजरायली आक्रमणलाई बढाइचढाइ वा कम आँकलन गर्न नहुने बताएका थिए । यसबीच इरानबाट इजरायलमाथि ठूलो हमला हुन सक्ने बताइएको छ ।

शुक्रबारको एक रिपोर्टले खामेनीले देशको राष्ट्रिय सुरक्षा परिषद्लाई इजरायलमा आक्रमणका लागि तयारी गर्न आग्रह गरेको दाबी गरेको छ । खामेनीले इजरायली आक्रमणलाई बेवास्ता गर्नु इरानको हार स्वीकार गर्नु बराबर हुने बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.