Nepal Times
Nepal Times
3
Shares

लाहोरको प्रदूषण ४० गुणा बढी

लाहोरको प्रदूषण ४० गुणा बढी

१८ कार्तिक , एजेन्सी ।

जारी युद्ध र त्यसको धङधङीले मध्यपूर्व वा पश्चिम एसियामै व्यापक विनास निम्त्याइरहेका बेला वायु प्रदूषणले पनि यो क्षेत्रका साथै दक्षिण एसियालाई समेत चपेटामा लिएको छ । नेपाल र भारतका राजधानीले वायु प्रदूषणको चरम अवस्था भोगिरहँदा पाकिस्तान पनि यसको चपेटामा आएको छ ।

पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वीकार गरेको भन्दा करिब ४० गुणा बढी भएको आईक्यू एयरको तथ्याङ्कले देखाएको छ । डब्लूएचओले अस्वास्थ्यकर मानेको २४ घण्टाको अवधिमा घातक पीएम २.५ प्रदूषकको स्तर ६१० पुगेको छ ।

वायु गुणस्तर सूचकांकले प्रदूषकका दायरा १०६७ मा पुगेको जनाएको छ । लाहोरका वरिष्ठ वातावरण संरक्षण अधिकारी जहाँगिर अनवरले एएफपीसँग भने, ‘हामी कहिल्यै पनि एक हजारको दायरा भन्दा माथि पुगेका थिएनौँ।’

निम्न स्तरको डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले गर्दा लाहोरलाई केही दिनदेखि धुवाँधुलो, कुहिरो र प्रदूषकको मिश्रणले ढाकेको छ । प्रान्तीय वातावरण संरक्षण निकायले शहरका चार ‘हट स्पट’मा नयाँ प्रतिबन्धको घोषणा गरेको छ ।

मुख्य प्रदुषकको स्रोतका रूपमा लिइने ‘टू स्ट्रोक’ इन्जिनबाट चल्ने टुक–टुक, फिल्टर बिना बारबेक्यू सेवा चलाउने रेष्टुरेन्ट प्रतिबन्धित भएका छन् । सरकारी कार्यालय र निजी कम्पनीका आधाभन्दा बढी कर्मचारी सोमबारदेखि घरबाटै काम गर्ने भएका छन् ।

निर्माण कार्य रोकिएको छ र सडक किनारामा खुला आकाशमा पकाइने स्ट्रिट फुड किनबेचलाई राति ८ बजेपछि बन्द गर्नुपर्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.