NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ? बिहिबार माघ १ , २०८२
रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ? बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको बिहिबार माघ १ , २०८२
अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा बिहिबार माघ १ , २०८२
गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ? बिहिबार माघ १ , २०८२
Next
Prev

समाचार

काठमाडौंसहित तराई÷मधेसमा छठपर्वको तयारी सुरु

सोमवार कार्तिक १९ , २०८१
Reading Time: 1 min read
A A
आजदेखि छठ पर्व शुरुः आज चतुर्थी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ कार्तिक, विराटनगर ।

तिहार सकिएसँगै तराई÷मधेसमा छठपर्वको रौनक सुरु भएको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ।

अहिले वीरगञ्ज, जनकपुर, विराटनगरसहित तराई–मधेस र काठमाडौंमा समेत छठको रौनक सुरु भएको छ। कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ।

LS Auto

नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन्। बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सक्खर किनमेल गर्न स्थानीय व्यस्त छन्।

मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई सजाउने कार्यसमेत तीब्र बनेको छ।

पर्साको मुख्य आर्यनको केन्द्रमा रहेको घडीअर्वा पोखरी, रानीघाट र मुडी छठ को लागी दुलहीझैँ सिङ्गार्न सुरु गरिएको छ। यस्तै जनकपुरमा ताल र पोखरीहरुमा पनि सजावटको काम तीव्र रुपमा भइरहेको छ ।

यस्तै विराटनगरको सिंघिया, केसलिया खोला तथा स्थानीय नहरमा पनि छठको घाटको निर्माणको काम जारी राखिएको छ । उता काठमाडौंमा पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण थालिएको छ ।

गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ ।

यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ । चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा छठ पर्व समापन हुने गर्दछ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन रही आएको छ। छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ ।

कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्ध्य दिन्छन् ।

यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ । भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ ।

अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमा समेत उपयोग गरिँदै आएको छ । मिथिलान्चलको महान पर्व छठ पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ मनाउन थालिएको छ ।

अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । १४ वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।

कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ भने चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ । विगतमा छठ पर्व कुनै एक समुदायले मनाउँदै आएपनि आजको दिनसम्म आइपुग्दा विभिन्न जातजाति, भाषाभाषीहरुले वृहत रुपमा मनाउँदै आइरहेकोले छठ पर्व राष्ट्रिय पर्वको रुपमा विकास हँुदै गएको छ ।

छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा विभिन्न जातजाति तथा भाषाभाषीहरुले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा–अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।

Tags: #छठ पर्व#छठपर्वको रौनक सुरु

लोकप्रीय

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२

विचार

थप समाचार

राजनीति

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?
समाचार

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.