१९ कार्तिक, एजेन्सी ।
इरानले भोलि नोभेम्बर ५ मा अमेरिकाको राष्ट्रपति चुनावकै दिन पारेर इजरायलमा ठूलोस्तरको आक्रमण गर्न सक्ने आँकलन भइरहँदा इजरायलले पनि आफ्नो सैन्य तयारीलाई बलियो बनाएको छ । यो तयारीका क्रममा उसले आफ्नो युद्धपोत इरानी सीमा नजिकै पुर्याएको छ ।
किनभने अरब देशहरुको सहयोगबिना युद्धपोत उसले त्यहाँ लैजान सक्दैनथ्यो । इजरायलको यो युद्धपोत किलर मिसाइलहरुले भरिपूर्ण छ । जुन स्वेज नहर भएर लाल सागरमा प्रवेश गर्दै आफ्नो गन्तब्यमा पुगेको हो ।
स्वेज नहर इजिप्टको नियंत्रणमा छ र यसकारण अहिले उसको निकै आलोचना पनि भइरहेको छ । तर यो आलोचनामा उसले जवाफ दिएको छ । इजिप्ट सरकारको स्वेज नहर प्राधिकरणले भनेको छ कि सबै खालका जहाजहरु चाहे त्यो व्यापारिक हुन् वा सैन्य, तिनिहरुलाई यो समुद्री बाटोबाट स्वतंत्रतापूर्वक आवागमन गर्न पूरा अधिकार छ ।
यसअघि एक भिडियो सोशल मिडियामा भाइरल भएको थियो जसमा इजिप्टको नौसेनाको सुरक्षामा नै इजरायली युद्धपोत स्वेज नहरबाट अगाडि बढेको देखिएको थियो । यसपछि मुस्लिम देशहरुले यसलाई लिएर मिस्रको कडा आलोचना शुरू गरेका हुन् ।
खासमा इजरायली युद्धपोत भूमध्य सागरबाट लाल सागरमा पुगेको हो र त्यहाँबाट इरान नजिकको गन्तब्यका लागि अगाडि बढेको हो । इजरायली युद्धपोत बिना स्वेज नहर इरानको नजिक पुग्न सक्दैनथ्यो ।
स्वेज नहरको यदी अनुमति हुँदैन थियो भने इजरायली युद्धपोतले अफ्रीकाको चक्कर लगाउँदै हिंद महासागरबाट यात्रा तय गर्नुपथ्र्यो । त्यसपछि मात्रै सो युद्धपोत इरान नजिक पुग्ने थियो । अब त्यहाँ रहेर इजरायली युद्धपोतले इरानका साथै हूथी समूहहरुलाई पनि निशान बनाउने छ ।
हूथी समूहले लगातार लाल सागरमा इजरायली जहाजहरुलाई निशाना बनाइरहेको छ । यता मिस्रको सरकारले लगातार हमासको कब्जामा रहेका गाजाका मानिसहरुको समर्थन गर्दै आएको छ ।
गाजा र मिस्रको सीमा आपसमा जोडिएका छन् । मिस्रले १९७९ मा इजरायलका साथ एक शांति समझौता गरेका थियो । यस्तो गर्ने इजिप्ट पहिलो अरब देश थियो । इजरायल र मिस्रका बीच १९४८ र १९७३ मा लडाई भएको थियो ।
त्यसपछि यो शान्ति सम्झौता भएको हो । गाजा युद्ध शुरू भएपछि इजरायल र इजिप्टका बीच तनाव बढेको थियो । इजरायलले गाजामा गरेको हमलामा अहिलेसम्म ४३ हजार प्यालेस्टाइनीहरु मारिएका छन् ।
यसैकारण सोशल मिडियामा आरोप लागिरहेको छ कि इजिप्टले इजरायललाई सहयोग गरिरहेको छ । इजरायललाई हतियार दिन कयौं देशहरुले प्रतिबंध लगाइसकेका छन् । यस्तोमा हतियारले भरिएको युद्धपोतलाई मार्ग प्रशस्त गरेर इजिप्टले इजरायललाई सघाएको आरोप लागेको हो ।
तर अहिले इजिप्टको आलोचना गरेपनि अरब देशहरुले इजरायलको पनि खुलेर विरोध गरेका छैनन् । जारी युद्धमा प्यालेस्टाइनीहरुले कयौं पटक अरब कहाँ छ भनेर प्रश्न गरेका छन् । इजरायलको परम्परागत आलोचना वा कतार र मिस्रले यो युद्ध रोक्न मध्यस्तताको भूमिका निभाउनेका अलाबा कुनै पनि अरब देश प्यालेस्टाइनीको पक्षमा खुलेर उभिएको छैन ।
कुनै पनि अरब देशले इजरायलसंगको सम्बन्ध तोडेका छैनन् र कुनै यस्तो कदम पनि उठाएका छैनन जसले इजरायलमाथि कूटनीतिक वा आर्थिक दबाब बढोस वा युद्ध रोक्न सहयोग गरोस् ।