आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपालीको क्षमताबारे प्रमले सन्देश दिने

आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपालीको क्षमताबारे प्रमले सन्देश दिने

न्यूयोर्क, असोज ९
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्रीले लोकतन्त्रतर्फको अविचलित निष्ठा तथा प्राथमिकता, आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपाली जनताको रचनात्मक क्षमता तथा समृद्ध तथा सुखी नेपालीको नाराका विषयमा अन्य मुलुकका नेतालाई सन्देश दिन चाहेको बताएका छन् ।

प्रमुख सल्लाहकार रिमालले न्यूयोर्कमा प्रधानमन्त्री ओलीले क्यानडाका समकक्षी जस्टिन ट्रुडुसँग भेटवार्ता गरिसकेको, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएको र अन्य केही नेताले उनीसँग भेट गर्न चाहेको जानकारी दिए ।

उनले प्रधानमन्त्री ओलीको अमेरिकामा बसोवास गर्ने केही नागरिक समुदायसँग पनि भेट भएको जानकारी दिँदै प्रधानमन्त्रीको नयाँ कार्यक्रम बनेको र समय मिलाउने काम भइरहेको बताए । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँं अधिवेशनमा भाग लिन न्युयोर्कमा छन् । उनी विभिन्न मुलुकका नेतासँग वार्ता तथा छलफलमा व्यस्त छन् ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.