उत्तरी गाजामा अनिकाल, युद्धविराममा कतारले मध्यस्थता नगर्ने

२५ कार्तिक , एजेन्सी ।

उत्तरी गाजा क्षेत्रमा बढ्दो शत्रुता र खाद्य सहायतामा लगभग रोक लगाइएका कारण अनिकाल छाएको छ । संयुक्त राष्ट्रसङ्घको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनले गाजा क्षेत्रमा युद्धका कारण अनिकाल व्याप्त रहेको तथ्य खुलासा गरेको हो ।

प्रतिवेदनमा गाजा पट्टीमा तीव्र गतिमा बिग्रँदै गएको परिस्थितिले गर्दा भोकमरी फैलिने सम्भावना देखाएको छ । ’अनिकालको सीमा पार भइसकेको वा निकट भविष्यमा पनि अनिकाल व्याप्त बन्ने सम्भावना देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

Advertisement

सन् २०२५ को नोभेम्बरदेखि अप्रिल २०२५ को बीचमा गाजामा ‘विनाशकारी’ खाद्य असुरक्षाको सामना गरिरहेका मानिसहरूको सङ्ख्या तीन लाख ४५ हजार अर्थात् जनसङ्ख्याको १६ प्रतिशत पुग्ने अनुमान गरिएको थियो। इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी) को रिपोर्टले यसलाई आईपीसी फेज ५ को रूपमा वर्गीकृत गरेको छ ।

यस्तो अवस्था जब ‘भोकमरी, मृत्यु, अभाव र अत्यन्त गम्भीर तीव्र कुपोषणको स्तर स्पष्ट छ । उक्त प्रतिवेदनपछि गाजाको उत्तरी क्षेत्रमा खाद्य प्रणाली ध्वस्त भएको, मानवीय सहायतामा कमी आएको र पानी र सरसफाइको अवस्था नाजुक भएको समितिले जनाएको छ ।

Advertisement

’यो अनुमान गर्न सकिन्छ कि यी क्षेत्रहरूमा भोकमरी, कुपोषण र अन्य रोगका कारण मृत्युदर अत्यधिक तीव्र गतिमा बढिरहेको छ,’ प्रतिवेदनले भनेको छ । गत वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गरेको जवाफी आक्रमणका कारण गाजा पट्टीको ठूलो क्षेत्र तहसनहस भएको छ ।

इजरायली सेनाले अक्टोबरको सुरुदेखि नै गाजा पट्टीको उत्तरी क्षेत्रको ठूलो भूभागमा आफ्नो अभियान तीव्र पारेको छ । सन् २०२३ को अक्टोबरयता गाजा पट्टीमा प्रवेश गर्न अनुमति दिइएको सहायता सामग्री कुनै पनि समयको तुलनामा कम भएको प्रतिवेदनमा उल्लेख छ ।

कालोबजारीका कारण अत्यावश्यक वस्तुको मूल्य बढेसँगै खाद्यान्नको पहुँच निरन्तर खस्कँदै गएको छ । खाना पकाउने ग्यास दुई हजार ६१२ प्रतिशत, डिजेल एक हजार ३१५ प्रतिशत र दाउरा २५० प्रतिशतले बढेको छ ।

रिपोटमा भनिएको छ, ’अत्यावश्यक वस्तुको अत्यधिक उच्च र बढ्दो मूल्यवृद्धिसँगै खाद्यान्न र अन्य आधारभूत आवश्यकताका लागि खरिद वा विनिमय गर्न सक्षम हुने जीविकोपार्जन पूर्ण रूपमा धराशायी भएको छ।’

गत महिना इजरायलले प्यालेस्टाइनका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग (यूएनआरडब्लुए) सँगको सम्बन्ध तोडेकोमा चिन्ता व्यक्त गर्दै गाजामा ‘मानवीय कार्यका लागि अत्यन्त गम्भीर परिणाम’ आउने चेतावनी दिएको थियो ।

यसैबीच गाजा युद्धविराम र बन्धक सम्झौताका लागि प्रमुख मध्यस्थकर्ताको हैसियतबाट कतार पछि हटेको छ । कतारले हमासलाई उसको दोहा कार्यालयबाट गाजा युद्धविराम र बन्धक सम्झौताका लागि काम गर्न नसक्ने पनि जानकारी दिएको छ ।

’हमासले अब कतारबाट आफ्नो उद्देश्य पूरा गर्दैन,’ एक कूटनीतिक स्रोतले शनिबार एएफपीसँग भन्यो । नाम नबताउने शर्तमा स्रोतले भन्यो, ’कतारीहरूले इजरायली र हमास दुवैलाई जबसम्म सद्भावपूर्वक सम्झौता गर्न इन्कार गरिन्छ, तबसम्म उनीहरूले मध्यस्थता जारी राख्न सक्दैनन् भन्ने सूचित गरिसकिएको छ।

फलस्वरूप, हमासको राजनीतिक कार्यालयले अब आफ्नो उद्देश्य पूरा गर्दैन।’ संयुक्त राज्य अमेरिका र इजिप्टसँग कतारले बन्धक र कैदीहरूको रिहाईको लागि युद्धविरामको लागि महिनौंदेखि निरर्थक देखिएको वार्ताको नेतृत्व गरिरहेको छ ।

स्रोतका अनुसार कतारले आफ्नो निर्णयबारे इजरायल र हमासका साथै अमेरिकी प्रशासनलाई समेत जानकारी गराइसकेको छ । ’कतारीहरूले अमेरिकी प्रशासनलाई दुवै पक्षले वार्ताको टेबुलमा फर्कन इमानदार इच्छा प्रदर्शन गरेमा मध्यस्थतामा पुनः संलग्न हुन तयार रहेको पनि जानकारी गराएका छन्,’ स्रोतले भनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top