पूर्ण बहादुरको सारङ्गीले फेरि बनायो नयाँ कीर्तिमान

२४ कात्तिक ८१, आइतबार

२५ कार्तिक ,काठमाण्डौ।

लक्ष्मीपूजाबाट प्रदर्शनमा आइ देशभरका हलमा आक्रामक व्यापार गरिरहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस चलचित्रले कैयौं कीर्तिमान बनाएको छ ।

यो सिनेमाले शनिबार कुनै पनि नेपाली सिनेमाले एकै दिन पाएको शो को नयाँ कीर्तिमान बनाएको छ । चलचित्र निर्माण कम्पनि सेभेन सिज सिनेमाका अनुसार फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी शो पाएर नयाँ कीर्तिमान बनाएको हो ।

Advertisement

यस अघि यस चलचित्रले बिहीबार मात्र देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएर कीर्तिमान बनाएको थियो । यो कीर्तिमान यसअघि यो रेकर्ड दशैँको घटस्थापनाको दिन फिल्म ‘बेहुली फ्रम मेघौली’ को नाममा थियो, यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो ।

चलचित्रले पहिलो सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको थियो भने त्यस यता हाउस फुलका साथ चलिरहेकाले पूर्ण बहादुरको सारंगीले बक्स अफिस कलेक्सनमा पनि नयाँ कीर्तिमान बनाउने निश्चित रहेको छ ।

Advertisement

अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुन लागेको फिल्म ‘केटी हराएको सूचना’ को रिलिज स्थगन गरिएको छ ।

यसैबीच ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप पनि लागेको छ । लेखक डा. शिवशंकर बस्यालले ९ बुँदे कथाको प्लट सार्वजनिक गर्दै फिल्मको मूल कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको दाबी गरेका हुन् ।

फिल्मको ट्रेलर हेर्दा नै शंका लागेको र फिल्म हेरेपछि आफ्नो उपन्याससँग जुधाउँदा फिल्मको मूल कथासँग मिलेको उनको जिकिर छ । उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको र पूर्णबहादुरको सारंगीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहे पनि बाबु–छोराको सम्बन्धलगायत फिल्मको मूल भावसँग मेल खाएको दाबी बस्यालले गरेका छन् ।

‘पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसंग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू उपन्यासको छाया चित्रसँग मिल्छन् । केही प्रसंगहरू बिलकुल विपरीत रूपमा प्रयोग गरिएका छन् ।

पूर्णबहादुरको सारंगीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ । तसर्थ यो संयोग होइन, यो नियोजित हो,’ लेखक बस्यालले फेसबुकमा लेखेका छन् । एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ मिल्दा बोल्ने नैतिक दायित्व भएको उनले उल्लेख गरेका छन् ।

यही कात्तिक १५ देखि प्रदर्शनरत यस फिल्ममा विजय बराल मुख्य भूमिकामा छन् । सरोज पौडेलको कथा र निर्देशन रहेको यस फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top