×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

ट्रम्पको फोनपछि रुस र युक्रेन उग्र,पुटिन–ट्रम्प के कुरा भो ?

२६ कार्तिक २०८१

२६ कार्तिक,एजेन्सी ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्यादिमिर पुटिनलाई टेलिफोन गरेका छन् । अमेरिकी अखबार वासिङटन पोस्टका अनुसार ट्रम्पले पुटिनलाई फोन गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

Advertisement
Advertisement

बिहीबार अमेरिकी टेलिभिजन एनबीसीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूले चुनाव जितेर विश्वका ७० नेतासँग कुरा गरेको भन्दै पुटिनसँग नि कुरा गर्ने चाहेको बताएका थिए ।ट्रम्पले सोही दिन टेलिफोन गरेको खुलेको छ ।

युरोपको शान्ति, युक्रेन युद्धको अन्त्य आदि बारेको भएको कुराकानीमा ट्रम्पले युद्ध नचर्काउन पुटिनलाई आग्रह गरेको बताइए पनि पुटिनबाट आएको जवाफ भने के थियो भन्ने बारे वासिङटन पोस्टले उल्लेख नगरेको आरटीले उल्लेख गरेको छ ।

यसअघि पुटिनले ट्रम्पलाई आफ्नो बधाई सन्देशमा आफू ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका थिए । साथै उनले अमेरिका–रुस सम्बन्धलाई सुधार गर्न र युक्रेनमा युद्ध अन्त्य गर्ने दिशामा काम गर्नुपर्ने पक्षमा जोड दिएका थिए ।

रिपोर्टका अनुसार, डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको आफ्नो रिसोर्टबाट फोन गरेर पुटिनलाई युक्रेनमा युद्ध नबढाउन सल्लाह दिएका हुन् । साथै उनलाई युरोपमा वाशिंगटनको महत्त्वपूर्ण सैन्य उपस्थितिको पनि सम्झना गराएका थिए ।

यसअघि राष्ट्रपति पुटिनसँगको कुराकानीभन्दा पहिले डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग पनि कुरा गरेका थिए । रिपब्लिकन नेताले किभलाई अमेरिकी सैन्य र वित्तीय सहयोगको सीमा स्मरण गराउदै युद्धलाई छिटो अन्त्य गर्ने वाचा गरेका थिए ।

फोनकलमा उनीसँगै चर्चित उद्योगपति एलन मस्क पनि सहभागी थिए। पछिल्लो कुराकानी लगभग २५ मिनेटसम्म चलेको थियो । यो समयमा जेलेन्स्कीले ट्रम्पलाई जीतको बधाई दिएका थिए ।

जेलेन्स्कीका अनुसार चुनावपछि ट्रम्पको फोन आउनु सकारात्मक संकेत हो। कुराकानीमा ट्रम्पले युक्रेनलाई समर्थन गर्ने बताएका छन्। जेलेन्स्कीले पनि कुराकानीलाई सकारात्मक भनेका छन्।मस्कले भने आफ्नो स्टारलिंक उपग्रहहरूद्वारा युक्रेनलाई समर्थन जारी राख्ने बताएका छन्।

गत सेप्टेम्बरमा जेलेन्स्कीले अमेरिकाको भ्रमण गरेका बेला ट्रम्पसँग भेट गरेका थिए। त्यतिबेला दुवैले युद्धको कूटनीतिक समाधानबारे छलफल गरेका थिए।बाइडन प्रशासनले २० जनवरीअघि नै युक्रेनलाई थप सैन्य सहायता पुर्याउने योजना बनाइरहेको छ, जुन सहायता ट्रम्पले पदभार सम्हालेपछि बन्द गर्न सक्ने अनुमान छ।

ट्रम्पसँग कुरा गर्नु गलत होइन अमेरिका–रुस सम्बन्ध सुधार्ने चाहनामा ध्यान दिन आवश्यक रहेको भन्दै, गत हप्ता रूसको सोचीमा एक सार्वजनिक कार्यक्रममा पुटिनले भनेका थिए, “ट्रम्पसँग कुरा गर्नु गलत हो भन्ने नसोचौं। यदि संसारका केही नेताहरूले सम्पर्क पुनः स्थापित गर्न चाहन्छन् भने म यसको विरुद्धमा छैन। हामी ट्रम्पसँग कुरा गर्न तयार छौं।“

उनले ट्रम्पलाई एक बहादुर मानिसको रूपमा वर्णन गर्दै भने, “जुलाईमा हत्या प्रयासपछि ट्रम्पले आफूलाई कसरी सम्हाल्नुभयो भन्ने कुराले म प्रभावित भएको छु।“ युद्ध अन्त्यका लागि ट्रम्पले पहल सुरु गर्दै गर्दा अर्काे तर्फ रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन्।

आइतबार रुसी रक्षा मन्त्रालयले भन्यो, ‘हामीले युक्रेनी ड्रोनहरू छवटा क्षेत्रमा रोकेका छौँ। तीमध्ये केही राजधानी मस्कोतर्फ गइरहेका थिए। जसका कारण मस्कोका तीन प्रमुख विमानस्थलबाट उडानहरू डाइभर्ट गर्नुपरेको थियो।’

युक्रेनी वायुसेनाका अनुसार रुसले शनिबार राति १ सय ४५ वटा ड्रोन आक्रमणहरू गरेको थियो जसले देशको हरेक भागलाई लक्षित गरेको थियो। तीमध्ये अधिकांशलाई खसालिएका थिए।

रुस र युक्रेनबिचका यी घातक ड्रोन आक्रमणहरू यस्तो समयमा सुरु भएका छन् जब अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्य गर्न दुवै पक्षलाई दबाब दिन सक्ने अपेक्षा गरिएको छ।

आइतबारको युक्रेनी आक्रमण आक्रमण युद्ध सुरु भएयता रुसी राजधानीमा भएको सबैभन्दा ठुलो हमला हो। मस्कोका गभर्नरले पनि आक्रमणलाई ‘ठूलो’ भनेका छन्। अधिकारीहरूले अधिकांश ड्रोनहरू रामेन्सकोये, कोलोम्ना र डोमोडेडोभोमा खसालेको बताएका छन्।

रुसी रक्षा मन्त्रालयले मस्कोको दक्षिणपश्चिममा रहेको रामेन्सकोयेमा भग्नावशेष खसेर पाँच जना घाइते भएको र चारवटा घरमा आगलागी भएको बताएको छ । मन्त्रालयका अनुसार सहरमा ३४ ड्रोन खसालेका थिए ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top