Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 रवि लामिछानेको हिरासत बसाइ ९० दिनसम्म लम्बिन सक्ने - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Вопрос-автоответ РУП «Белорусские лотереи» मङ्लबार माघ ६ , २०८२
MELBET Ставки на спорт онлайн मङ्लबार माघ ६ , २०८२
Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией मङ्लबार माघ ६ , २०८२
Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция मङ्लबार माघ ६ , २०८२
1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

रवि लामिछानेको हिरासत बसाइ ९० दिनसम्म लम्बिन सक्ने

सोमवार कार्तिक २६ , २०८१
Reading Time: 1 min read
A A
पोखरा अशान्त, प्रहरीले हान्यो अश्रुग्यास, रविका लागि सोविता लड्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ कार्तिक, काठमाण्डौ।

सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाई लम्बिदै गएको छ। लामिछाने आइतबार मात्रै अदालतले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अदालतको आदेशसँगै पूर्वगृहमन्त्रीसमेत रहेका रवि अझै १३ दिन प्रहरी हिरासतमा रहनेछन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा रविलाई ६ दिन, ७ दिन र १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको थियो । चौथो पटक १३ दिन म्याद थप भएपछि उनको हिरासत बसाई ३६ दिन पुग्नेछ ।

अनुसन्धानको लागि हिरासतमा राख्न यो चौथोपटक म्याद थप गरिएको हो । उनीविरुद्द रुपन्देही प्रहरीले पनि पक्राउ पूर्जी जारी गरेको छ । कास्की प्रहरीले यहाँको अनुसन्धान सकेपछि पूरक अनुसन्धानको लागि रविलाई बुटबल पठाउने जानकारी दिएको छ ।

सभापति सहकारी प्रकरणमा अनुसन्धान रहदा पनि पार्टी भने रविले नै संचालन गर्ने भएका छन् । यसको जानकारी रास्वपाका उपसभापति डिपी अर्यालले दिएका छन् । उनले रवि लामिछाने जिउँदो रहेसम्म सभापति रहने बताएका छन् ।

रवि हिरासतमा रहदा समेत कार्यवाहक सभापति नतोकिएको भन्दै यसका बारेमा चासो बढिरहेका बेला अर्यालले सबैलाई चित्त बुझ्ने गरी रास्वपाको नेतृत्वको बारेमा जवाफ दिएका छन् ।

यस्तै अर्यालले दोस्रो चरणको सडक आन्दोलनको कार्यक्रम समेत चाडै सार्वजनिक गरिने बताएका छन् । आन्दोलन परिचालन समिति संयोजक समेत रहेका उनले यसका लागि पार्टी सभापति रवि लामिछानेसँग छलफल हुने जानकारी दिएका छन् ।

लामिछाने हिरासतमै रहे पनि हिरासत कक्षमै छलफल गरेर आवश्यक निर्णय लिने उनले बताएका छन् । यसका लागि अर्का उपसभापति स्वर्णिम वाग्लेले समेत पोखरा पुग्ने उनले जानकारी दिएका छन् ।

दुई उपसभापतिले आगामी रणनीतिबारे रपिसँग हिरासत कक्षमै निष्कर्ष निकाल्ने छन् । पार्टीको शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको थियो ।

मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय रास्वपाको छ ।

सोही कारण आन्दोलनको नयाँ कार्यक्रम तय गर्न छलफल गर्न लागिएको अर्यालको भनाई छ । सहकारीको बचत गोरखा मिडियामा ल्याएर अपचलनमा संलग्न रहेको संसदीय छानबिन समितिले निष्कर्ष सहितको प्रतिवेदन दिएपछि यतिवेला सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

तर रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा आइतबार अर्यालले रास्वपाले अर्को सभापतिको कल्पना नरहेको बताएका छन् । रवि हिरासतमा वा जेलमा बसे पनि सभापति नै भइरहने उनले बताएका छन् ।

जेलमै बसेर पार्टी सञ्चालन गरेको, प्रधानमन्त्रीको कुर्चीमै बसेको संसारमा धेरै उदाहरण रहेको दाबी उनले गरेका छन् । लामिछानेको रिहाइको माग गर्दै २३ दिनदेखि निरन्तर रास्वपाका नेता, कार्यकर्ता तथा शुभचिन्तक सडक संघर्षमा छन् ।

रास्वपा भन्छ प्रतिशोध भयो हिरासतमुक्त गरेर अनुसन्धान गर । तर प्रधानमन्त्री नै भन्छन् कानूनको कार्यान्वयन मैले सहकारीको छानविन गर्न मानेको थिइन् अनि म छानविपन समितिमा थिइन् ।अहिले सत्तारुढ दल र प्रतिपक्ष रास्वपाले यो प्रकरणलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

रवि हिरासतमुक्त भए नजिकिदो मंसिर १६ को उपनिर्वाचनमा यसको असर दिने डर सत्तारुढ दललाई रहेको छ । लामिछानेलाई सूर्यदर्शन सहकारीको अनुसन्धान सकिएपछि बुटवलको सुप्रिम सहकारीको छानविनका लागि पठाइने लगभग तय भइसकेको छ ।

शनिवार रास्वपा उपसभापति अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल गरेको थियो ।

साथै बैठकमा मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनबारे पनि छलफल भएको थियो । यसबीचमा रास्वपाले पहिलो चरणको शान्तिपूर्ण आन्दोलनबाट सरकार टसकोमस नभएपछि दोस्रो चरणको आन्दोलन नै घोषणा गरेको छ।

रास्वपाको केन्द्रीय समिति बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विभिन्न पाँच वटा सहकारीबाट गोर्खा मिडियामा रकम ल्याई अपचलन गरेको आरोप लामिछानेमाथि छ ।

सोही आरोपमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पनि कास्की प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो । छवि र रविको एउटै मुद्दा भएकाले आइतबार थप गरिएको १३ दिन जोड्दा ६० दिन पुग्छ ।

रवि लामिछाने छविलालभन्दा एक महिना पछाडि पक्राउ परे पनि सो मुद्दाको अनुसन्धान छविलाल पक्राउ परेको मितिदेखि नै गणना गरिएको छ । त्यस आधारमा संगठित अपराधको अनुसन्धानका लागि थुनामा राख्न पाउने ६० दिनको अवधि सकिएकाले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको देखिन्छ ।

सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।

Tags: #रवि लामिछाने# हिरासत बसाइ#रास्वपामा छ्रैन् रविको विकल्प

लोकप्रीय

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२

विचार

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२
Мелбет

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२
Мелбет

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.