×

NEPAL TIMES UPDATES

Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026

भ्रष्टलाई हेर्दै नहेर्ने ओली क्याविनेटमा भ्रष्टचारी मन्त्री !

२७ कार्तिक २०८१

२७ कार्तिक , काठमाण्डौ ।

भ्रष्टचार गर्दै नगर्ने र भ्रष्टचारीलाई हेर्न समेत नरुचाउने प्रधानमन्त्री केपी शर्मा ओलीकै क्याबिनेट मन्त्रीमाथि खुलमखुला भ्रष्टचारको गम्भिर आरोप लागेको छ । र यो आरोप अरु कसैले नभएर उनी मन्त्री भएकै सत्तारुढ दलका सांसदले लगाएका छन् ।

Advertisement
Advertisement

यसले सत्तारुढ दलभित्र मात्रै होइन गठबन्धनको सरकारभित्र समेत कम्पन्न पैदा गरेको छ । नेपाली कांग्रेसबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका बद्री पाण्डेमाथि उनकै दलका सांसद राजेन्द्र बजगाईँले घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् ।

रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रुपैयाँ घुस बुझाएको आरोप बजगाईँले लगाएका हुन् । बजगाईँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर प्रचार गर्छ। हामी समकक्षी सुभाष म सुशान्तसँगै थियौँ, एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे ।’

बजगाईँले क्यासिनो सञ्चालन अनुमतिपत्र समेत सार्वजनिक गर्दै भनेका छन्– एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको पुष्टि गरे । मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन ग¥यो । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो । मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ । यो झुट हो किनभने सभापति ,गृह ,परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गर्दा १५ सांसद साक्षी छौं ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित टाइगर प्यालेस रिसोर्ट परिसरमा सञ्चालन हुनेगरी उक्त क्यासिनोले उक्त रिक्रियसनले साउन १२ गते पर्यटन विभागबाट क्यासिनो सञ्चालनको इजाजत पाएको थियो । त्यतिबेला नयाँ गठबन्धन अन्तर्गत सरकार गठन भएर पाण्डे पर्यटनमन्त्रीमा नियुक्त भएको दुई साता भएको थियो ।

त्यसको केही दिनपछि विभागले यसअघि क्यासिनो सञ्चालनको अनुमति पाएको एसएचएल म्यानेजमेन्ट सर्भिस (केटीएम) प्रा.लि. क्यासिनो सञ्चालनको अनुमतिपत्र खारेज गरेको थियो । रुपन्देहीस्थित तत्कालीन टाइगर हेरिटेज रिसोर्ट अहिले दुई कारणले विवादित छ ।

पहिलो उक्त रिसोर्टको १६ बिघा जग्गामध्ये केही जग्गा सरकारी स्वामित्वको क्षेत्रमा रहेकोले मिचिएको उक्त जग्गामा बनेको संरचना भत्काउन स्थानीयबासीले माग गर्दै आएका छन् । यो विषयमा २०७८ सालमै अदालत अन्तरिम आदेश समेत सुनाएको थियो ।

उक्त आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म कुनै यथास्थितिमा राख्नु भन्ने उल्लेख छ । सांसद बजगाईँ अहिले पनि अदालतको आदेश कायमै रहेको र यो अवस्थामा नयाँ स्वामित्व हस्तान्तरण र नयाँ लाइसेन्स दिनै नमिल्ने बताउँछन् ।

अर्को चाहिँ यो रिसोर्टको सञ्चालक कम्पनीको अफसोर कारोबारमा करोडौँको कर छली भएको आरोप समेत लाग्दै आएको छ । सिल्भर हेरिटेज लिमिटेड नामक कम्पनीले सञ्चालन गर्दै आएको एक्त होटलको स्वामित्व होटलमा यसअघि हङकङस्थित सिल्भर हेरिटेज ग्रुपको लगानीमा थियो ।

अघिल्लो वर्ष साउनमा यसको स्वामित्व हिमालयन टाइगर इन्भेष्टमेन्ट इंक नामक कम्पनीमा सारिएको छ । सांसद बजगाईँले पछिल्लो समय आफ्नो भनाइ तोडमोड गरेर आफूमाथि गलत प्रचार चलाएको समेत उल्लेख गरेका छन् ।

उनी भन्छन्, ‘मन्त्री पाण्डे र अधिकारीले भैरहवा विमानस्थल कसरी चल्छ पूर्वतयारी भएन भएन भन्ने मेरो विचारलाई भैरहवा विमानस्थल चल्दा राजेन्द्र बजगाईँको विरोध भनेर स्पोन्सर प्रचार चलाएका रहेछन् ।’

अहिले उक्त रिसोर्टमा बुद्धिसागर सुवेदी र दीपक गौतमको स्वामित्वमा छ । उनीहरू अमेरिकी नागरिक गैर आवासीय नेपाली हुन् । स्वामित्व परिवर्तन भएसँगै अहिले विभिन्न बैंकमा रहेका कर्जा समेत गैरकानुनी रुपमा नयाँ कम्पनीको नाममा ट्रान्सफर भएको पाइएको छ ।

यसमा पर्यटन मन्त्रालय, कम्पनी रजिष्ट्रार कार्यालयदेखि बैंकसम्मको गतिविधिमा कैफियत देखिएको छ । मन्त्री पाण्डेले कांग्रेसका कुन नेताको घरमा पैसा पठाउन लगाए भन्ने सांसद बजगाईले खुलाएका छैनन् ।

मन्त्री पाण्डेमाथि पर्यटन बोर्डको सिइओ नियुक्तिमा समेत पैसा खाएको आरोप छ । यद्यपी पाण्डेले भने गुटको नेताले भनेर नियुक्ति गरेको भन्दै पैसा आफूले नलिएको जिकिर गरेको बताइन्छ। बजगाईँ भने चर्चित पर्यटन व्यवसायीसहित गोरखा १ बाट निर्वाचित सांसद हुन् ।

पाण्डे भने डा.शेखर कोइराला र गगन थापा समूहको कोटाबाट मन्त्री बनेका हुन् । उनले कर्मचारीहरुलाई भने पटक पटक काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट नभएको बताउँदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top