जोशीविरुद्ध महाअभियोग लगाउने कुरा मलाई जानकारी छैन : मन्त्री यादव

विराटनगर, असोज ९
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सर्वोच्च अदालतका न्यायाधिशमाथि हचुवाको भरमा महाअभियोग प्रस्ताव ल्याउन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसंग कुराकानी गर्दे मन्त्री यादवले यस्तो बताएका हुन् । संसदीय सुनवाई बिशेष समितिबाट प्रधानन्यायाधिशमा हालै अस्वीकृत सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले हस्ताक्षर संकलन गरेको भन्ने पत्रकारहरुको जिज्ञासामा उनले महाअभियोगको विपक्षमा धारणा राखेका हुन् ।

यादवले जोशी बिरुद्ध ल्याउने भनिएको महाअभियोग प्रस्तावको बिषयमा आफुलाई आधिकारीक जानकारी नरहेका बताए । ‘महाअभियोग लगाउनु केटाकेटीको खेल होइन, उनले भने महाअभियोग लगाउनु अघि ठोस आधार प्रस्ट्याउनुपर्छ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top